जाडो छल्ने मेलो

विराटनगर ७ रामपुर स्थीत मुसहर बस्तीका मानिसहरु आगो ताप्दै । उनीहरुले चिसो सिरेटो छल्नका लागि घुर तापेर रात काट्ने गरेका छन् ।

‘पेशाविहीन मान्छे राजनीतिमा लागेकाले भ्रष्टाचार मौलाएको हो’

उनले पालेका बंगुरहरु ।

गाईलाई घास हाल्दै कार्की ।
मोरङ, ६ पुष । मेहनत गरे पैसा कमाउन ऋण काडेर विदेश गइरहनु पर्दैन भन्ने बलियो उदाहरण बनेका छन् मोरङ बवियाविर्ता–३ का जनक कार्की ।
मेहनत र कामप्रति लगनशीलता भए घरमै बसीबसी पनि राम्रो आम्दानी गर्न सकिने भएपछि उनले एकिकृत कृषी फर्म सञ्चालन गरी वार्षीक रुपमा मनग्गे आम्दानी गरेका छन् । उनि जिल्ला भरीका बहुमुखी प्रतिभा भएका उदाहरणीय व्यक्ति कहलिएका छन् । राजनीति र कृषी पेसा दुई फरक धार हुन् । यी दुवैलाई अंगालेर एकैसाथ अगाडि बढ्न निक्कै कठिन विषय हो । तर कार्कीले दुवै पेसालाई संगसंगै अगाडि बढाएका छन् । राजनीतिमा राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङको जिल्ला अध्यक्ष र केन्द्रिय सदस्य भनेर परिचित छन् । ‘मैले यो व्यवसाय सुरु गर्नु भन्दा पहिले म अलिकति राजनीतिमा लागेको हुनाले कृषीलाई ह्वाइट पेशाको रुपमा लिएको थिएा’–उनले प्रष्ट्याउदै भने ‘राजनीतिलाई पहिलो प्राथमिकतामा राख्दा आयस्रोत कम हुन थाल्यो, त्यसैले २०४६ सालदेखि मैले ६ विगाहामा पोखरी निर्माण गरेर माछा पालन गर्न थालें ।’
माछा पालनबाट व्यवसायीक कृषी पेसामा प्रवेश गरेका कार्कीले २०५१ सालदेखि एकिकृत रुपमा भैसी पालन पनि सुरु गरे । पहिला १० वटा भैंसीबाट सुरु गरेका कार्कीको भैंसी गोठमा रहेका ७० भैंसी मध्ये अहिले २२ वटा मात्र लैना छन् ।
त्यस्तै गाई एक दुई वटाबाट सुरु गरी अहिले १० वटा छन् । भारतको इलाहवादबाट कृषी विषयमा स्नातक गरेका कार्कीले बवियाविर्ता–३ खोरियामा ईश्वर एकिकृत कृषी फर्म सञ्चालन गरिरहेका छन् ।
दैनिक रुपमा उनले एक क्विन्टल माछा विक्री गर्ने गरेका छन् । माछा बाहेक उनी दैनिक ५० लिटर गाई र भैंसीको दुध समेत विराटनगरमा विक्री गर्छन् । व्यवसाय गर्दै जाादा आय स्रोत बढाउने उद्देश्यले बंगुर पालन समेत सुरु गरेको बताउाछन् उनी । उनी बंगुर पालन व्यवसायलाई सामाजिक क्रान्तिको संज्ञा दिन्छन् । ‘आफुले नछोए नखाए पनि यो एउटा सामाजिक क्रान्ति हो’–भन्छन् ‘विदेशमा गएर मान्छेले जे पनि गर्छ, नेपालमा किन गर्न नहुने भनेर मान्छे राखेर बंगुर पालन सुरु गरेको करिव ८ वर्ष भयो ।’ अहिले मोरङमा सबैभन्दा ठूलो फर्म उनै मात्र छ ।
बंगुर चाहीं ड्युरोक, ल्याण्डरेस, योर्कसायर, पाख्रिबास, हेमसायर गरी पााच जातका छन् । यसमा ड्युरोकको माग बढी छ । स्थानिय व्यापारी, किसानदेखि लिएर भारतको सिक्कीम, दार्जिलिङ, भुटानसम्म यसको माग बढी छ । ‘वर्षमा करिव १६–१७ अर्बको मासु आयात भइरहेको छ’–कार्की भन्छन् ‘त्यतिका रकम बाहिर देश गइरहेको छ, यहीं उत्पादन गरेर यहीं फाइदा किन नलिने ?’
उनले बच्चा उत्पादनमा बढी जोड दिए पनि मासुको लागि बंगुर पालीरहेका छन् । २५–३० वटाबाट सुरु गरेकोमा अहिले माउ ५० वटा, भाले ७ वटा र मासुको लागि ७० वटा बंगुर छन् । कार्कीले बंगुर पाल्न सुरु गरेपछि उनको देखेर धेरै क्षेत्री बाहुनले पनि पाल्न थालेका छन् । कार्कीको फर्ममा अहिले २७ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् ।
एकिकृत कृषी फर्म सञ्चालन गरी उनले शिक्षित भएपछि कृषी पेसाबाट अलग हुनेहरुलाई सन्देश दिएका छन् । ६३ वर्षिय कार्कीले अहिले ७ विगाहा जलाशयमा सघन माछा पालन, ३ विगाहामा विभिन्न फलफुलका बगैंचा लगाएका छन् । उनको कृषी फर्ममा भारतको पञ्जाबबाट ल्याइएको रावी जातको एक दिनमा १२ लिटरसम्म दुध दिने भैंसी, उन्नत जातकै जर्सी गाई र डिगो जातको बंगुर समेत छन् ।
कृषी प्रधान देश भनिएपनि सरकारले दिगो एकिकृत कृषी उत्पादनलाई प्रोत्साहन गर्ने नीति नल्याएकोले कृषी क्षेत्रको विकास र आधुनिकीकरण हुन नसकेको उनको गुनासो छ । सरकारी नीतिको अभावमै शिक्षित व्यक्तिहरु कृषी पेसामा आकर्षित हुन नसकेको कार्कीको बुझाई छ । ‘जबसम्म कृषी पेशा एउटा उद्योग सरह व्यवसाय हुदैन, तबसम्म मान्छेले यसमा लगानी गर्न हिच्कीचाउछन्’–कार्कीले भने ‘कारण के छ भनें किसानले किन्नु पर्ने सम्पूर्ण सामान पनि अर्का कै भाउमा किन्नुपर्छ, बेच्नु पर्ने सम्पूर्ण चिज पनि अर्काकै भाउमा बेच्नु पर्छ, उत्पादन गरेर मात्र किसानलाई फाइदा छैन ।’ जसले कृषीमा व्यापार गरिरहेको छ, किसानको फाइदा जति त्यही व्यापारीको हातमा परिरहेको उनले दावी गरे । त्यस्तै एकचिजको भाउ बढेपछि समानान्तर रुपमा सबै चिजको भाउ बढेर जानु पर्ने उनको भनाई छ । समानान्तर किसिमले भाउ बढेर गएन भनें पेसाबाट पलायन हुनु पर्ने खतरा रहेको कार्कीको अनुमान छ । बजार प्रबर्धनको अभावमा भारतबाट आयात गरिएका कम गुणस्तरका सामानबाट उपभोक्ताहरु ठगिइरहेको र नेपालमा उत्पादन भएका सामानहरुले बजार पाउन नसकेको उनि बताउछन् । उपभोक्तामा जागरण नआइकन नेपाली उत्पादनले प्रोत्साहन पाउन नसक्ने कार्कीको धारणा छ । सरकारले बजार नीति ल्याउन आबस्यक रहेको उनले बताए ।
कार्कीले उत्पादन गरेका उन्नत जातका बंगुरहरुको भारतीय बजारमा धेरै माग भएपनि भन्सार खुल्ला नभएकाले समस्या भएको उनले बताए । ‘अहिलेको सरकार कस्तो भयो भनें जसले नारा जुलुस, ढुंगा–मुढा गरेर माग गर्छन् तिनीहरुको कुरा सुन्ने खालको छ’–उनले सरकारप्रति रोष प्रकट गर्दै भने ‘किसान स्वयम्मा संगठित छैनन्, संगठन गरेर हिड्ने फुर्सद पनि छैन ।’ उनका अनुसार सरकारले कुनै किसिमको सहुलियत नदिएका कारणले पढेलेखेको मान्छे गाउामा बसेर कृषी पेशामा लागेर गुल्जार हुन्छ भन्ने सोचमा छैनन् । शान्ति सुरक्षादेखि लिएर सरकारको नीति राम्रो हुादा कृषी पेसामा पढेलेखेका युवा इन्भल्व भए भनें टेक्नोलोजी ल्याउन सक्ने र बढी उन्नत तरिकाले खेती गर्न सक्ने उनको अनुभव छ ।
सरकारले अब किसानको लागतको आधारमा मूल्य पाउने वातावरण सिर्जना गर्नुपर्ने उनको धारणा छ । ‘कुनै फैक्ट्रीमा सम्पूर्ण लागतको आधारमा उसले मूल्य तोक्न पाउाछ’– किसानले त आफुले उत्पादन गरेको वस्तुको कुनै मूल्य तोक्न पाउादैन ।’ कृषी पेसालाई उद्योग सरह सरकारले लागतको आधारमा न्यूनतम दाम पाउने अवस्था बनाइदिनु पर्ने कार्कीको माग छ । किसानलाई मल, विउ, विजुली, लागयतका विषयमा सहुलियत हुनुपर्नै बताउदै उनले भने ‘बैंकको व्याज पनि किसानलाई सस्तो हुनु पर्छ किसानको उत्पादनको मूल्य किसान स्वंयमले राख्न पाउनु पर्छ ।’ कृषि प्रदान देश भएर पनि सरकारले दिगो रुपमा कृषि उत्पादनलाई प्रोत्सहन गर्ने कार्यक्रम नल्याएकोमा उनी दुखी छन् ।
आफुहरुले भारतको बजारसंग प्रतिष्पर्धा गर्नुपर्ने बाध्यता रहेको उनि सुनाउछन् । ‘त्यहाा बैंक व्याज धेरै कम छ, किसानलाई विजुली, आवस्यक सामाग्रीमा सुविधा छ, टेक्नोलोजि दिएको छ’–उनले भने ‘त्यसको तुलनामा उत्पादन पनि ज्यादा छ, हामीले यहाा उत्पादन गर्नलाई महंगो चिज किनेर लगानी गर्नु पर्छ अनि भारतको किसानको दााजोमा बेच्नु पर्छ ।’
कृषी पेसामा जत्तिकै कार्की राजनीतिमा पनि उत्तिकै सकृय छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेर अहिलेसम्म विभिन्न समयमा जिल्ला अध्यक्ष र केन्द्रिय सदस्य भई कार्य सम्हाली सकेका छन् । हाल पनि उनि जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाली रहेका छन् । तर पनि राजनीति तिर भन्दा पनि कृषी पेसालाई उनले बढी समय दिने गरेको बताए । ‘कहिले काहीं जिल्लाको मिटिङ र भेलाहरुमा जान्छु बााकी समय यतैतिर दिन्छु’–कार्कीले भने ‘जसको केही पेसा छैन, त्यो मान्छे राजनीति मात्र गर्छ ।’ पेशाविहीन मान्छे राजनीति गर्ने नेपालमा धेरै भएकाले भ्रष्टाचार धेरै मौलाएको उनको धारणा छ । जसको आफ्नो स्थायी आयस्रोत छ, उसले पेसा र राजनीतिलाई पनि समय दियो भने त्यो मान्छेले कम भ्रष्टाचार गछ भन्ने उनको ठहर छ । ‘जो राजनीति मात्र गर्छ बेलुका घरमा खाने छैन भनें भ्रष्टाचार नगरे के गर्ने ?’उनि भन्छन् ‘पेसा विहीन मान्छे चाहीं २४ सै घण्टा कुद्छ उसको दिमाग जाल, झेल, षड्यन्त्र, अनियमितता बाहेक केही हुादैन । त्यही राजनीतिबाट उसले कमाउनु पर्ने हुन्छ अनि उसले भ्रष्टाचार गर्न बाध्य हुन्छ ।’ पेसा हुने मान्छेले राजनीतिमा पनि समय दिनु पर्ने र त्यसमा भएन भनें आफ्नो पेसाबाट बााच्ने आधार बनाउनु पर्ने उनको भनाई छ । आफु राजनीतिबाट वितृष्णा जागेर कृषीमा लागेको नभई उदाहरणीय बन्न कृषी पेसा पनि अंगालेको उनि बताउछन् ।  ‘राजनीतिमा यो हुनै पर्छ भनेर ज्यान फालेर यो कुरा हुनै पर्छ भनेर चाहीं  लाग्दीन’–कार्कीले भने ।