सेनाको गोलीले छेडेको देब्रे तिघ्रा देखाउादै ज्ञानबहादुर । |
मोरङ, १८ फागुन । ‘अब छोरालाई कसरी बचाउानु ? उसको दवाई पानी कसले गर्छ ?’– भन्दै उनी एक्लै बरबराउाछीन् । कहिले त त्यही घाइते छोरालाई बेस्सरी हिर्काउादै ‘मर ता बााचेर पनि के गर्न सक्छस् र ?’ भन्छिन् ।
मोरङ केराबारी–९ भलुवाकी रनमाया घिमिरेले जीवनको एक मात्र साहारा रहेको छोरा ज्ञानवहादुरलाई वि.सं.२०६२ असार १९ गते सेनाले गोली हानी घाइते भएपछि उपचार गर्न नसकी चिन्ताले अहिले मानसिक सन्तुलन गुमाएकी छिन् । जन्मैदेखि बोल्न र कान सुन्न नसक्ने ज्ञानबहादुरलाई गाउामा माओवादी खोज्दै एका विहानै नजिकैको भलुवा खोलामा आएका सेनाले बोलाउदा नसुनेपछि गोली हानेको थियो । ‘ढुंगा बोक्ने गाडीहरु खोलामा आइरहने भएकाले नानीहरु त्यता पो गए कि भनेर खोज्न गएको थियो, सेनाले बोलाउादा नसुनेर एकोहोरो हिडेपछि गोली हानेछन्’– ज्ञानबहादुरकी सौतेली आमा बच्छमायाले विगत सम्झदै भनिन् ‘छिमेकीहरुले यो लाटो हो भनेर कराएपछि मात्रै बााचेछ ।’
जन्मैदेखि अपांग भएपनि उनले खेती गरेर जसोतसो परिवारको बिहान–बेलुकाको गर्जो टार्दै आएका थिए । तर, ६ बर्षअघि सेनाले ज्ञानबहादुरको देब्रे तिघ्रामा तीन वटा गोली हानेपछि भने उनको परिवारमा ठूलो विपती आइपरेको छ । ३८ बर्षीय ज्ञानबहादुरकै चिन्ताले गर्दा उनकी आमा रणमाया मानसीक सन्तुलन नै गुमाएकी छन् । रणमाया ६ महिनासम्म त वेपता भइन् । आफन्तले भेटेर भर्खरै घरमा ल्याएपनि उनको कुनै भर छैन । ‘यसलाई दैवले पनि जन्मैदेखि ठग्यो, कान सुन्ने र बोल्न सक्ने भए त सेनाले गोली हान्दैनथ्यो होला’– बच्छमायाले भनिन् ‘हाम्रो परिवार पाल्ने एक मात्र सहारा यही थियो यसलाई सेनाले गोली हानेपछि त जति ओखतीमुलो गरेपनि विसेक हुनुको साटो झन देब्रे खुट्टो सुकेर सानो हुादैजादै छ ।’
जग्गा विक्री गरेर समेत उपचार गर्दा पैसा नपुगेर साहुसाग लिएको ऋण तिर्न नसक्दा र छोराको चिन्ताले रणमायाको मानसीक सन्तुलन गुमेको छिमेकी कर्मबहादुर खड्काले बताए । अहिले घिमिरे परिवारलाई बिहान–बेलुका कसरी छाक टार्ने ? समस्या छ । ज्ञानबहादुरलाई बेला–बेलामा उपचार गर्न अस्पताल पुर्याउाने पैसा जोहो गर्न साहु–माहजनको घरको ढोका नढक्ढकाई धर पनि छैन । घिमिरे परिवारका अनुसार उनको उपचार गरेबापत अहिलेसम्म छ लाख रुपैयाा खर्च भइसकेको छ । त्यसमध्ये अधिकांश साहूको ऋण छ भनें उपचार गर्नका लागि ४ कट्ठा जग्गा विक्री गरीसकेका छन् ।
उनको उपचार शुरुमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको थियो । पूर्णरुपमा सन्चो हुन नभएपछि जग्गा विक्री गरेर नेपाल अर्थोपेडिक हस्पिटल जोरपार्टी काठमाडौंमा उपचार गरेका थिए । अहिले उनको मासिक रुपमा १२ हजार सम्म औषधीमा खर्च हुने गर्छ । बर्खाका बेला त पुरै आगोले पोले जस्ता फोका देखिने गरेको सौतेली आमा बच्छमायाले बताइन् । यसै त आर्थिक अवस्था दैनिय भएको घिमिरे परिवारमा ज्ञानबहादुरलाई सेनाले गोली हानी घाइते बनाएपछि परिवारमा ठूलो विपत्ती आइपरेको हो ।
माओवादीका गतिविधी निगरानी गर्न कालीध्वज गण लेटाङबाट आएको टोलीले बोलाउादा एकोहोरो हिडेपछि ज्ञानबहादुरलाई गोली हानेको घटनाका प्रत्यक्षदर्शी राजमणी ढकालले बताए । ‘गोली हानेपछि सबैले त्यो लाटो हो भने पछि रोक्यो, ऊ आफैंले पनि इसाराले हैन भन्दा एक्टिङ गर्छस् भन्दै गोली हाने’– ढकालले भने ‘डिलमा उक्लीदै गर्दा गोली हानेपछि लडेर तल बयरको कााडामा पर्यो विचरा ।’ कान नसुन्ने समस्याले गर्दा सेनाको टोलीले बोलाउादा उनी रोकिने कुरा पनि भएन् । ‘सेनाले निदोषलाई गोली हानेपछि उपचार गर्ने दायित्व पनि उसैको हो, एउटा व्यक्तिका कारण पुरै परिवारका सदस्यलाई असर पर्छ भने त्यसको जिम्मेवारी सरकारले लिनुपर्छ’–स्थानीय गौरीबहादुर ठकुरीले भने । सेनाले ज्ञानबहादुरलाई गोली हानेर तत्काल गल्ती भएको स्वीकार गरी प्रारम्भिक चरणमा उपचार गरेपनि पूर्णरुपमा सन्चो नभईकन परिवारलाई जिम्मा लगाएको थियो ।
ज्ञानबहादुरका बुबाले जेठी श्रीमती बच्छमायाबाट सन्तान नभएपछि कान्छि श्रीमती रणमायाबाट जन्मिएका हुन् उनी । बुबाको मृत्युपछि ज्ञानबहादुरकी श्रीमतीको पनि तीन सन्तानलाई जन्मदिएपछि ब्रेन ट्युमरको समस्याले मृत्यु भइसकेको छ । अहिले तीन छोराछोरीसागै मानसिक सन्तुलन गुमाएकी आमा र सौतेनी आमाको भरण पोषणको जिम्मा ज्ञानबहादुरको कााधमा आइपरेको छ । जसमा १६ वर्षिय सुरेश कक्षा ९ मा, १४ वर्षिया सुजाता कक्षा ७ मा र ११ वर्षिया सुरक्षा कक्षा ५ मा स्थानीय लक्ष्मि माविमा अध्ययन गर्दैछन् ।
दाजुको उपचार लागि राजनीतिक दलका शीर्ष नेतालाई भेटेर हारगुहार गरे पनि कसैले चासो नदेखाएको ज्ञानबहादुरका काकाकी छोरी निर्मलाले बताइन् । ‘उसकै कारणले आमाले मानसिक सन्तुलन गुमाउनु भयो, बोल्न सक्ने भए त सबै संघसंस्था र राज्यको ढोका ढकढक्याउथ्यो होला लाटो भएकोले सकेन’– निर्मलाले भनिन् । स्थानिय शान्ति समितिले पनि राहतका लागि सिफारिस नगरेको उनको गुनासो छ ।
शान्ति समितिका सदस्य एवं मानवअधिकारवादी संस्था इन्सेकका पूर्वाञ्चल संयोजक सोमराज थापा शान्ति समितिमा पनि राजनीतिक दलको भागबण्डा चल्ने भएकोले गर्दा वास्तविक पीडितले राहत नपाएको बताउाछन् । ‘सामान्य घाइतेले पनि पाएका छन्, तर यत्रो ठूलो घाइतेले नपाउनु विडम्बना हो’– उनले भने ।
यता प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले भने आवस्यक छानविन गरी प्रमाण पुगेमा राहतको लागि पहल गर्ने जानकारी दिए ।