मोहन भट्टराई
सामान्यतया नेपालमा वनभोज (पिकनिक) खान जाने समय मङ्सिर–पुस हो । अर्थात् जाडो यामलाई वनभोजको मौसम मानिन्छ । यतिबेला पूर्वी नेपालका विभिन्न खोला किनार, डाँडा, सिमसार, पोखरीका डिललगायतका पर्यटकीय स्थलहरु वनभोज खाने मानिसहरुले भरिभराउ देखिन्छन् ।
अरुबेला सुनसान देखिने स्थानहरु हिउँदमा वनभोज खानेको घुइँचो देखिन्छ । वनभोजका लागि बनाइएका पाकशाला, पाटीहरू सबै परिपूर्ण छन् । त्यतिले नपुगेर पाल टाँगेर समेत रमाइलो गरिरहेका मानिसहरू भेटिन्छन् ।
त्यसो त पारिवारिक जमघट पनि रमाइलै हुन्छ त्यहाँ । विराटनगर पुष्पलालचोकबाट वनभोज खान बेलबारीको बेतना सिमसार क्षेत्रमा पुगेको समूहका एक जना भन्दै थिए, ‘हाम्रो त पारिवारिक जमघट हो । यस्तो जाडोमा पनि न्यानो महसुस भएको छ । कति रमाइलो छ वातावरण ।’ वरिपरिको जङ्गल, पोखरी, रंगीविरंगी विभिन्न जातका माछाहरु, कछुवा, छेवैमा बडेमाको ब्याँगे कमिलाको प्रतिमा, अग्ला हरिया वृक्षहरूको कारण जस्तोसुकै मौसममा पनि सयर गर्न सकिने स्थान छ बेतना सिमसार ।
विराटनगर सहर व्यस्तताको सहर हो । राजनीति, पैसा र प्रतष्ठाका लागि दगुर्दैमा यहाँका मानिसलाई फुर्सद हुँदैन । अनि तातो हावाभित्र गुम्सिएको मस्तिष्क । यस्तो अवस्थामा व्यस्ततालाई केही क्षण थाती राखेर मानिसहरु वनभोज खाने स्थान पनि चिसो हावा चल्ने ठाउँ नै छनौट गर्छन् ।
वनभोज स्थल आम्दानीको श्रोत
वनभोज कार्यक्रमसँगै फुटपाथमा पसल गर्दै आएका, पानी बोक्ने, होटल सञ्चालन, मासु काटेर बिक्री गर्ने स्थानीय बासिन्दालाई पनि भ्याइनभ्याई हुने गरेको छ । बिहान उठेर आ–आफ्नो दैनिकीमा निस्किएका स्थानीय बासिन्दा बेलुकासम्म त्यहिँ रहन्छन् । बेतना सिमसार संरक्षण समितिले गत वर्ष वनभोज खान आउने समूह र व्यक्तिहरुबाट प्रवेश शुल्कबाट र अन्य गरी करिव १ लाख बढी आम्दानी गरेको थियो । यसैगरी, बेतना सिमसार क्षेत्र आसपासका वासिन्दाले पनि त्यसको लाभ लिन पाएका छन् । त्यहाँ सामान्य चटपटे पसलदेखि होटल तथा माछामासु व्यवसाय गरेर मनग्यै आम्दानी गरेका छन् ।
बिदाको मौकामा वनभोज
झापा तथा मोरङका पर्यटकीय स्थलहरुमा सार्वजनिक बिदाको दिन उल्लेख्य भीड लाग्ने गरेको छ । सार्वजनिक बिदाको मौका पारी ती स्थानमा वनभोज खानेको भीड लागेको हो ।
झापाको सतासीधाम, दोमुखा, जामुनखाडी, चिल्लागढ पोखरी, धनुषकोटी धाम, केचना, बर्नेलगायत मोरङको बेलबारीस्थित बेतना सिमसार, उर्लाबारीको बेतिनी सिमसार, टाँडीको चुलीपोखरी, भोगटेनीको राजारानी पोखरीलगायत स्थानहरुको सार्वजनिक बिदाको दिन भीड लाग्ने गरेको पाइन्छ । ती स्थानमा साताको शनिवार र सरकारी बिदाको दिन वनभोज खाने र रमाइलो गर्नेको भीड लाग्ने गरेको सम्बद्ध पर्यटकीय स्थलका स्थानीयबासीले बताएका छन् । पूर्वका यी स्थानमा टाढा टाढाबाट पनि वनभोजका लागि मानिस आउने गरेको बेतना सिमसार संरक्षण समितीका अध्यक्ष इरानकुमार राईले बताए । ‘कहिले कहिले त ठाउँ नै पाउँदैनन्’, अध्यक्षले भने, ‘टाढाबाट ढिलोगरी वनभोज खान आउनेका लागि ठाउँको समस्या हुनेगरेको छ ।’ राईका अनुसार शनिबार पारेर आउने अधिकांस विद्यार्थी र सरकारी कर्मचारी हुन्छन् ।
वनभोजमा–झगडा कुटपिट
रमाइलो गर्न वनभोज गएका समूहहरुबीच र कतिपय आफ्नै समूहका साथीबीच नै एकआपसमा झगडा हुने गरेका छन् । वनभोजमा मदिरा सेवन गरेर झगडा भएपछि अर्काे दिनदेखि आफ्नै साथीभाइसंग सम्बन्ध विग्रने गरेका कैयौं उदाहरण छन् । ‘यस्ता केही झगडाहरु हामीले नै मिलाइदिएका छौं’– बेतना सिमसार संरक्षण समिति सदस्य नारायण राईले भने । कहिलेकाहीं त दिनभर झगडा व्यवस्थापनमा समय खर्चनु परेको उनको अनुभव छ । वनभोजका क्रममा मादक पदार्थ सेवनपछि एकअर्काबीच भनाभन सुरु भई झगडाको रुप लिने गरेको छ । कहिलेकाहीं त युवतीलाई जिस्क्याएको विषयलाई लिएर पनि झगडा हुने गरेको छ । एक समूहका युवाहरुले अर्को समूहका युवतीलाई जिस्क्याएको विषयमा झगडा हुँदा बेतनामा तीन जना घाइते भएका थिए । तत्कालै घटनास्थलमा पुगेको प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो ।
सामुदायिक वन पनि पिकनिक स्पोर्टका रुपमा विकास हुँदै
मोरङका सामुदायिक वनहरुमा पनि वनभोजका लागि जानेहरुको भीड नै लाग्ने गरेको छ । पूर्वी मोरङका ग्रामीणसुधार, चौतारी, सिरिजंगा तथा हरियाली सामुदायिक वन लगायतका वनक्षेत्रमा हिउँदको समयमा विभिन्न स्थानबाट वनभोज टोलीहरु आउने गर्दछन् । हिजोआज यी सामुदायिक वनमा दैनिक वीस भन्दा बढी समूह वनभोजका लागि आउने गरेका छन् । सुनसरी, झापा, मोरङ तथा विभिन्न स्थानबाट युवा समूह, आमा समूह तथा विद्यालय तथा कलेजका विद्यार्थी वनभोजका लागि आउने गरेका छन् । तर, यी सामुदायिक वनमा वनभोजका लागि अन्य पूर्वाधार भएपनि पानीको भने अभाव छ ।
दुर्घटना
केही समयअघि झापाको दोमुखा स्थित कन्काई नदीमा पौडी खेल्न गएका किशोरहरु डुबेर वेपत्ता भएको, झगडा हुँदा नदिमा डुबेको समाचारहरु हामीले सुनैकै छौं । ललितपुरको नखीवोटबाट पिकनिक आएका ३ जना विद्यार्थी पौडी खेल्न त्रिसुलीमा जाँदा बेपत्ता भएका थिए । त्यसैगरी केही वर्षअघि मोरङ बयरवनको एक समूह पिकनिक खाएर फर्किदै गर्दा इलामको कोल्बुङमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको थियो । दर्जनौं घाइते भएका थिए । धनकुटाको तमोरमा किनारमा पौडी खेल्न गएका बेला नदीले बगाएर बेपत्ता हुने, घाइते हुने पनि हामीले सुनेकै छौं ।
रमाइलो गर्ने बहानामा पिकनिकमा अत्यधिक मदिरा सेवन गर्ने, नसाको सुरमा सवारी चलाउने तथा बसको छतमा यात्रा गर्नाले पनि धेरै दुर्घटनाहरु भएका छन् ।
राम्रो पिकनिक स्पोर्टले मात्र पिकनिक पनि स्मरणीय हुन्छ । पूर्वी नेपालका केही राम्रा पर्यटकीय एवं बेस्ट प्लेस कुन कुन हुन् त ?
वेतना सिमसार
यो सिमसार जिल्लाकै मुख्य पर्यटकीय क्षेत्र हो । दुई प्रजातिका बेत वनस्पतिको जङ्गल रहेकाले यस्लाई वेतौना भनिएको हो । भर्खरै नगरपालिका बनेको बेलबारीमा
रहेको यस क्षेत्र पूर्व पश्चिम लोकमार्गमै रहेकाले सुगम स्थान छ । आकर्षक बोटिङ व्यवस्था सहितको पोखरी र जंगल छ । कृत्रिम फुलबारी, विश्राम स्थल, पार्क, पुल मात्र होइन एक कमिलाको प्रतिमा र ४ वटा दुर्लभ पन्छी सारसको पनि हेर्न लायक छ । कमिलाको प्रतिमा भने ७ फिट उचाइ र १२ फिट लम्बाइको छ । चराचुरुङ्गी, हा“स, विभिन्न जातको माछा, कछुवा
रहेकोले पनि वेतना गन्तव्य हो । वेतना सिमसार संरक्षण समितिले जैविक विविधता संरक्षण केन्द्र स्थापना गर्ने उद्देश्यका साथ देशकै ठूलो कछुवा उद्धार तथा संरक्षण केन्द्र स्थापना गरिएकाले पनि थप चर्चाको स्थान भएको छ । यहा“ दुर्लभ सुन, मयुरपंखी र ढकनी जातको कछुवा पाइन्छ । यसको क्षेत्रफल १५४.३२ हेक्टर छ ।
हसिना सिमसार
यो पूर्वपश्चिम लोकमार्ग सुन्दरदलारी नपा (बासबारी चोक) बाट करिब ७ किमी उत्तरमा छ । यातायातको साधन पनि सजिलै जाने हसिनामा स–साना थुम्का देखिने हसेनी जरुवाको शीरबाट पानीको जरुवा छ । यहा“ मन्दिर, विभिन्न वनस्पती, जन्तु, पशुपंछी पनि देख्न सकिन्छ । शान्त स्थानमा छ, हसिना । अग्ला होचा डा“डाका“डाले पनि पहाडको झल्को दिन्छ । यहा“ पनि प्रतिमाहरू देखिन्छ । परेवा, मानचित्र, डायनोसर, नागपोखरीको प्रतिमा अवस्थित छ । यहा“ बँदेल, मृग, दुम्सी, खरायो, वन कुखुरा लगायतका पशुपंछी पाइन्छ । स्थानीयले २०५८ सालदेखि योजना बनाइ हसिना सिमसार संरक्षणमा लागि पर्दै आएका छ । यो नमूना सामुदायिक वनको हाता भित्र पर्दछ । यसको क्षेत्रफल ः ५० हेक्टर छ ।
वेतेनी सिमसार ः
यो विराटनगरदेखि ५३ किमि पूर्व उत्तरमा छ । उर्लाबारीलाई चिनाउने यो सिमसार पूर्व पश्चिम लोकमार्ग मंगलबारेदेखि करिब ७ किमि उत्तर दिशा पार गर्नुपर्छ । जंगलस“ग जोडिएको सिमसार रमणीय पोखरी, पोखरी भित्र टापु रहेको छ । ठूलो जलासयको मनमोहक दृृश्य देखिने यस स्थानबाट लघु जलविद्युत निकाल्ने योजना सिमसारको रहेको छ । यहा“ होटल,
किराना पसल पनि छ । यसको क्षेत्रफल ४५ हेक्टर छ ।
राजारानी
मोरङ जिल्लाको पहाडी गाविस भोगटेनीमा पर्ने राजारानी सदरमुकामदेखि ५० किमि उत्तर पूर्वमा पर्छ । पूर्व पश्चिम राजमार्ग कानेपोखरीदेखि लेटाङ हु“दै सो स्थानमा पुग्न सकिन्छ । बेलबारी–बुधबारे हु“दै पनि सो स्थानमा पुग्न सकिन्छ । कच्ची सडक छिचोल्दै पुग्न सकिने
राजारानीमा ट्याक्सी पनि सञ्चालनमा छ । आदिवासी धिमालको ऐतिहासिक स्थल राजारानीमा राजा र रानी छुट्टाछुट्टै पोखरी रहेको छ । जंगलले पूरै घेरिएको राजारानी भित्र २ मन्दिर, विभिन्न जातका जन्तु्, विभिन्न जातको सुनाखरी फूलहरू पाइन्छ । विश्रामस्थल, सिडी निर्मित
राजारानी पहाडी पिकनिक स्पटको शान्त गन्तव्य हो । यसको क्षेत्रफल ः २० हेक्टर छ ।
मिक्लाजुङ्ग डा“डा
सदरमुकामदेखि करिब ६५ किमि टाढा पर्दछ । उर्लाबारी (किसान चोक) हु“दै जलकेनी (टा“डी), बैकुन्ठे बजार (रमिते) छिचोल्दै मिक्लाजुङ पुगिन्छ । पदयात्राको
राम्रो गन्तव्य हो, मिक्लाजुङ । वैकल्पिक बाटो उर्लाबारी–मधुमल्ला–साखफारा हु“दै लिम्बाबाट पनि पुगिन्छ । लिम्बाको उकालो पैदल यात्रा करिब ५ घण्टापछि मात्र गन्तव्यमा पुगिन्छ । समुन्द्र सतहबाट २ हजार ४ सय १० मिटर उचाइमा रहेको यो ठाउ“ जिल्लाकै सर्वाधिक उचाईमा छ । यहा“बाट तराईको मोरङ, झापा देख्न सकिन्छ भने धनुकटा, पाचथर र इलामको संगम स्थल भएकाले ती जिल्लाहरूको मनमोहक दृश्य देख्न सकिन्छ । यहा“ पुरानो थान, विश्राम स्थल पनि छ ।
सिरिजङ्गा धार्मिक स्मृति वन ः
यो पूर्व पश्चिम लोकमार्ग पथरीस“ग जोडिएको छ । सडक दक्षिण रहेका यो वन दशकअघि मरुभूमि थियो । हाल स्थानीयले वृक्षारोपण गरेर हराभरा बनाएका छन् । यहा“ माङ्हिम, याग्रामसिङ, विश्राम स्थल पनि छ भने डा“डाकाडा रहेकाले पिकनिक खाने र घुमफिरका लागि आन्तरिक पर्यटकहरू आउने जाने गरेका छन् । यो पथरीशनिश्चरे नगरपालिकाको बीच भागमा रहेको
सिरिजंगा दुवै क्षेत्रको दृश्यावलोकन गर्न सकिनेछ । प्राकृतिक वनावट नै डा“डाकाडा रहेकाले थप मनोरम सिरिजङ्गा बनेको छ । यसको क्षेत्रफल ः १७ हेक्टर छ ।
यति मात्र होइन, बयरवनको कानेपोखरी, पथरीशनिश्चरेकै मोरङ्गी खोला, चुलीपोखरी (टा“डी), बाघझोडा (इन्द्रपुर), धनपाल गढी (कसेनी), मनोहर पार्क, भूल्केपानी (पथरी) लगायत स्थानहरू पनि प्रकृतिँसँग रमाउने र घुम्नेहरुको लागि आकर्षक गन्तब्य बन्ने गरेको छ ।
बयरवन गाविसकै अर्काे कानेपोखरी, सालधुपी चौरी, भुल्केपानी, भलुवा सिमसार क्षेत्र पनि यति बेला वनभोज खानेको सुरक्षित गन्तव्यको रुपमा विकसित हुँदैछ । प्रचार अभावका कारण टाढावाट यस स्थानमा वनभोज खान आउनेको संख्या कम भएपनि स्थानीय रुपमा भने यति बेला सो स्थानमा भीड नै लाग्ने गरेको छ । ग्रामीणसुधार सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष खड्ग बस्नेतका प्रचार प्रसार नहुँदा यो क्षेत्र टाढाबाट आउनेका लागि दुर्गम स्थानको रुपमा लिने गरिएको छ । पूर्व पश्चिम राजमार्गको कानेपोखरी चोकबाट करीव ५ किलोमिटर दक्षिणमा ती रमणीय स्थलहरु रहेका छन् ।
ओझेलमा परेको यस वनभोज क्षेत्रको प्रचारप्रसारका लागि स्थानीय युवाकै बढी भूमिका रहने किरात राई यायोक्खा मोरङका अध्यक्ष एवं स्थानीय भलुवा सिमसार संरक्षण समितिका अध्यक्ष नविन राई बताउँछन् । ‘वनभोज क्षेत्रको प्रचारप्रसार गर्न स्थानीय युवा, राजनीतिक दल र यहाँ घर भई अन्यत्र बस्नेको समेत भूमिका महत्वपूर्ण हुन्छ,’ उनले भने ।
पिकनिक स्पट बनाउन सरकारले ४६ करोड २९ लाख छुट्यायो
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो वर्षदेखि विभिन्न जिल्लामा पिकनिक स्पट निर्माणमा बजेट छुट्याएको छ । आन्तरिक पर्यटनलाई आकर्षित गर्न र स्थानीयले पिकनिक स्पटको माग धेरै गरेपछि यो वर्षदेखि बजेटमा नै रकम विनियोजन गरेको हो ।
पर्यटन मन्त्रालयले स्वीकृत गरेको बजेटमा झण्डै एक दर्जन भन्दाबढी ठाउँमा पिकनिक स्पट बनाउनको लागि रकम छुट्याइएको छ । मन्त्रालयले पर्यटकीय पूर्वाधार निर्माणको अधिकांश बजेट पार्क, पिकनिक स्पट र मठमन्दिर, गुम्बा र मस्जिद निर्माण, मर्मतसम्भार तथा जिर्णोद्वार गर्न छुट्टयाएको छ ।
कहाँकहाँ बन्दैछन् पिकनिकस्पट
सुनसरीको महेन्द्रनगर–४ देवीघाटमा छ्यङ्कुटि पिकनिक स्पट, संखुवासभाको खाँदबारीमा थामडाँडा पिकनिक स्पट, ओखलढुङ्गाको माईस्थान क्षेत्रमा पिकनिक स्पोट, महोत्तरीको वनभोजस्थल निर्माणका लागि सरकारले रकम छुट्याएको छ । यसैगरी गोरखा, लमजुङ्ग, तनहुँ, स्याङ्जा, रोल्पा, रुकुम, बाँकेलगायतका करिव डेढ दर्जन जिल्लाहरुमा पिकनिक स्पट निर्माण र सबैजसो जिल्लामा मठमन्दिर बनाउन बजेट छुट्याएको छ । पर्यटकीय क्षेत्रको प्रवद्र्धन र विकास गर्न पर्यटन मन्त्रालयले पर्यटन पूर्वाधार विकास आयोजन मार्फत पिकनिकस्पट लगायत भौतिक संरचना बनाउन ४६ करोड २९ लाख रुपैयाँ विनियोजन गरेको छ ।
यसैगरी राजनीतिक दबाब र स्थानीय मागका आधारमा संस्कृति प्रबद्र्धनका लागि ३६ करोड ५८ लाख रुपैयाँ बजेट छुट्याएको छ । पर्यटन पूर्वाधारमा मन्त्रालयले भौतिक संरचना निर्माण तथा मर्मतसम्भार गर्छ भने संस्कृति प्रवद्र्धनमा मठमन्दिर, गुम्बा र मस्जिद निर्माण, मर्मत र जिणोद्वार गर्छ ।
पर्यटन पूर्वाधार विकास आयोजन मार्फत खर्च हुने रकममा १६ वटा जिल्लामा पिकनिक स्पट बनाइने छ । कम्तिमा ५ लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्म खर्च गरेर पिकनिक स्पट तथा पर्यटकीय पूर्वाधारको बनाइने छ ।
मन्त्रालयले चालू आर्थिक वर्ष २०७१ र ७२ को बजेट पर्यटन क्षेत्रको पर्यटकीय पूर्वाधार निर्माणमा केन्द्रित हुने गरि नै तय गरेको बताएको छ । ७५ वटै जिल्लामा कुनै न कुनै कार्यक्रम पर्ने गरी पर्यटन पूर्वाधार निर्माण आयोजनाका लागि ८२ करोड ८७ लाख रुपैयाँ खर्चको लागि छुट्याएको छ ।