भुल्के जालपादेवी सिमसारमा रहेको पोखरी र जालपादेवी मन्दिर। |
जालपादेवी मन्दिर । |
भुल्के जालपादेवी सिमसारमा रहेको पोखरीमा जडित धारा । |
केही दिनअघि अवलोकन गर्न पुगेका पथरीशनिश्चरेका युवा उद्यमीहरु क्रमशः दायांबाट रोशन थुलुङ, धनकुमार तामाङ, विजय डांगी, साजन धिमाल, कुलबहादुर गुरुङ र नेत्रप्रसाद पोखरेल(माल्दाइ) । |
मोहन भट्टराई
मोरङको पथरीशनिश्चरे–१ स्थित भुल्के जालपादेवी सिमसार क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय युवाहरुले चासो देखाएका छन् । सिमसार क्षेत्रमा रहेको भुल्के पोखरीमा जडित पाँचवटा धार र जालपादेवी मन्दिरलगायतका पूर्वाधारले पर्यटकहरुको मन लोभ्याउन थालेपछि सिमसार क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन युवाहरुले चासो देखाएका हुन् ।
उक्त स्थानमा यसअघि नै स्थानीयवासीले पोखरी निर्माण गरी धारा जडान गर्नुका साथै जालपादेवी मन्दिर, विश्रामस्थल र प्रवेशद्वार निर्माण गरेका छन् । पथरीशनिश्चरेको गहनाको रुपमा रहेको यस सिमसार क्षेत्र संरक्षण अभावमा पानीको पानीको मुल सुकेर सिमसार नै लोप हुने खतरा बढेको भन्दै यसको संरक्षण गरी पर्यटकीय गन्तव्यकोरुपमा विकास गर्ने स्थानीय युवाहरुको लक्ष रहेको छ ।
‘यो सिमसारलाई पूर्वकै नमूना पर्यटकीय गन्तव्य बनाउने हाम्रो उद्देश्य हो’– स्थानीय युवा एवं शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुलबहादुर गुरुङले भने ‘तर यसका लागि सबै क्षेत्रको सहयोग र सुझाव अनिवार्य छ ।’ सिमसार भित्र रहेका झाडी सफा गरेर दक्षिणपट्टी बाँध निर्माण मात्र गरेपनि यसको आकर्षण बढ्ने उनले बताए । पोखरी निर्माण गरेपछि सुक्न लागेको सिमसारको संरक्षण मात्र नभई वन्यजन्तु एवम् चराहरु पानी खान त्यहाँ आउने र त्यसले पनि पर्यटकहरुलाई लोभ्याउने उनको तर्क छ ।
सिमसारसंगै पानीको मुहानलाई संरक्षण गरी रमणीय स्थल बनाउने उद्देश्यले पर्यटन मन्त्रालयसंग बजेट माग गरिएको भुल्के जालपादेवी मन्दिर समितिका अध्यक्ष वीरबहादुर बस्नेतले जानकारी दिए । ‘हामीले यस ठाउँमा पर्यटक भित्र्याउने उद्देश्य राखी जिल्ला वन, वन मन्त्रालय र पर्यटन मन्त्रालयमा समेत कुरा राखी सकेका छौं’– अध्यक्ष बस्नेतले भने ‘आस्वासन सबैतिरबाट पाइएको छ । तर प्रोपोजल बनाउन सकिरहेका छैनौं । त्यसको तयारीमा जुटेका छौ ।’
पर्यटकिय सम्भावना भएर पनि ओझेलमा परेको यो क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढदै गएको स्थानीय नेत्रप्रसाद पोखरेल बताउँछन् । उनका अनुसार भुल्के जालपादेवी सिमसार क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा समेत विकास गरेर लान सकिन्छ । पोखरेलले भुल्केमा तीर्थ श्राद्ध, रुद्री पूजा, काल सर्प योग जाप, नौरथामा चण्डी पाठ, मृत्यु पश्चात्को किरीया गर्नेहरुको भीड लाग्ने गरेको समेत जानकारी दिए ।
करिव चार हेक्टर क्षेत्रफलमा फैलिएको यो भुल्के जालपादेवी सिमसार क्षेत्रको पूर्वमा हरियाली सामुदायिक वन र पश्चिममा शान्ति सामुदायिक वन पर्दछ । पञ्जा आकारमा फैलिएको यो सिमसारको बीचमा उच्चो टापु छ भनें पाँचवटा औंला आकारका मुहानबाट निरन्तर पानी उम्लीएर निस्की सिमसारमा मिसिएको छ । यस्तै सिमसारको एक कुनामा पोखरी निर्माण गरी धारा जडान गरिएको छ भनें नजिकै सुन्दर जालपादेवीको मन्दिर निर्माण गरिएको छ । मन्दिरमा वीरबहादुर तामाङ पूजारी रहेका छन् ।
भुल्केको मुहानमा पोखरी बनाई संचित भएको पानी खानेपानी ट्याङ्कीमा मिसाइ पथरीबासीलाई वितरण गरिएको छ । जसमा १ हजार ३ सय उपभोक्तालाई दैनिक ७ लाख लिटर पानी वितरण भइरहेको छ । त्यतिमात्र हैन, यही सिमसारबाट उम्रिएको जरुवा पानीको लाटीखोलाबाट हजारौं विगाहा जमिन सिंचाई हुन्छ ।
भुल्के जालपादेवी सिमसारलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि पथरीशनिश्चरेका युवा व्यवसायीहरुको एक टोलीले केही दिनअघि स्थलगत अनुगमन समेत गरेको छ । उद्योग वाणिज्य संघ पथरीशनिश्चरेका अध्यक्ष धनकुमार तामाङ, पथरी स्पोर्टिङ क्लबका कोषाध्यक्ष एवं शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केबी गुरुङ, युवा व्यवसायी विजय डाँगी, साजन धिमाल, रोशन लिम्बूलगायतको जुझारु युवाहरुको समूहले स्थलगत अवलोकन गरेको हो ।
सिमसार क्षेत्र पानीको मुख्य स्रोत हुन् । यति मात्र होइन, जलचर उभयचर, नभचर तथा वनस्पति र जैविक स्रोतको आश्रय स्थलको रूपमा पनि लिइन्छ । सिमसार क्षेत्रको महत्व धेरै भए पनि यसको संरक्षणमा त्यति धेरै चासो देखाएको पाइँदैन । त्यसैले पनि सिमसारको संरक्षणमा सर्वसाधारण र स्थानीयवासीको सहभागिता अपरिहार्य छ । पथरीशनिश्चरे क्षेत्रमा पर्ने अधिकांस सिमसार क्षेत्रहरु संरक्षणको अभावमा सुक्दै गएका छन् ।
जलवायु परिवर्तनसँगै विश्वको तापमानमा भएको वृद्धिले पानीका स्रोतहरू सुक्ने र जमिनको मरुभूमीकरण हुने प्रक्रिया तीव्र बनेको छ । हिमशृंखलाहरू तीव्र गतिले पग्लिरहेकोले आगामी ३० देखि ५० वर्षमा विश्वका केही देश पानीविहीन बन्ने खतरा रहेको छ । यसैले करिब ७० प्रतिशत जनसंख्या अत्यन्तै संवेदनशील अवस्थामा पुग्ने र जीव एवम् वनस्पतिका कैयौं प्रजातिहरू लोप हुने सम्भावना रहेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । वैज्ञानिकहरूले दिएको चेतावनीप्रति समयमै सजग हुनु आवश्यक छ । सिमसारको संरक्षण र व्यवस्थापनका लागि दरिलो योजना निर्माण गरी कार्यान्वयनमा ल्याउन आक्रामक रणनीति अत्यन्तै आवश्यक छ ।

No comments:
Post a Comment