पर्ल एकेडेमी इंग्लिस स्कुल मोरङ बयरवन–८ रमाइलोमा वि.सं. २०५२ सालमा स्थापना भएको हो ।
गुणस्तरीय अंग्रेजी माध्यमको शिक्षा, अतिरिक्त कृयाकलापहरु, अंग्रेजी वाचन एवं अन्तरकृयाका माध्यमबाट अंग्रेजी शिक्षालाई समय सापेक्ष, प्रतिष्पर्धी र दैनिक बोलचालको जीवनशैलीसंग अवलम्बन गराउने उद्देश्यले विद्यालयको स्थापना भएको हो । हाल यस विद्यालयमा २८ जना शिक्षक कर्मचारीहरु कार्यरत छन् भनें ६ सय ६ जना विद्यार्थीहरु अध्ययनरत छन् ।
ग्रामिण क्षेत्रमा स्थापना भई न्यूनतम शुल्क लिई संचालन भइरहेको यस विद्यालयले महंगो शुल्क लिई सहरमा संचालित विद्यालयहरुले जस्तै स्तरीय र समय सापेक्ष शिक्षा दिन सफल भएको छ । माध्यमिक तहसम्म संचालित यस विद्यालयले विगतका प्रवेशीका परीक्षाहरुमा उत्कृष्ट नतिजा ल्याउन सफल भैसकेको र निकट भविष्यमा प्लस टु कक्षा संचालन गर्ने लक्ष लिएको प्रिन्सिपल मनकुमारी गुरुङ बताउँछिन् । नाफामुखी नभई सेवामुखीको भावनाले गुणस्तरीय शिक्षामा प्रतिबद्ध भएको दावी गर्दै गुरुङ भन्छिन् –‘यस विद्यालयबाट प्रवेशीका पास गर्ने विद्यार्थीले देश विदेशका प्रतिष्ठीत कलेजमा छात्रवृत्ति पाई अध्ययन गरिरहेको कुराले त्यको पुष्टि गर्छ ।’ शिक्षा घोकन्ते ९च्यतभ भिबचलष्लन० भन्दा व्यवहारीक र सृजनशिल हुनुपर्छ भन्ने मान्यताका साथ विद्यार्थीहरुलाई प्रयोगात्मक र अतिरिक्त कृयाकलापमा पनि उत्तिकै सहभागिता गराइने गरेको उनको भनाई छ ।
परिवर्तनशिल राष्ट्रिय राजनीति एवं सामाजिक मूल्य र मान्यता अनुरुप उदार भावना प्रस्फुटित गराई देश र समाजलाई खाँचो परेका दक्ष, शुशिल, कर्तव्यनिष्ट र सकारात्मक सोंच भएको जनशक्ति उ
त्पादन गर्न यस विद्यालयले सदैव दृढ संकल्प राखेको छ । गाविसको सिफारीसमा गरिव तथा जेहेन्दार एवं असहाय विद्यार्थीहरुलाई छात्रवृृत्ति प्रदान गर्दै आएको छ । त्यसका अतिरिक्त अपाङ्ग, विपन्न वर्गका बालबालिकाहरुलाई स्थापनाकाल देखि नै छात्रवृत्ति प्रदान गर्दै आएको छ । विद्यालयले निरन्तर सफलता हासिल गर्नुको मूल कुराको सहस्य खोल्दै प्रिन्सिपल गुरुङले विद्यालय सफलताका अन्य कारणहरु बुँदागत रुपमा यसरी प्रस्तुत गरिन् ः
—विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरु दक्ष, अनुभवि र परिश्रमी हुनु ।
—सम्पूर्ण शिक्षकहरु लामो समयदेखि निरन्तर रुपमा यसै विद्यालयमा कार्यरत रहनु ।
—शिक्षक कर्मचारीहरुका सेवा र सर्तहरु सरकारी तलब स्केलको ७० प्रतिशत भन्दा बढी तलब भत्ता उपलब्ध हुनु । ठीक समयमा तलबभत्ता खुवाउनु । विद्यालय प्रकाशन र शिक्षक कर्मचारीहरुबीच शितल सम्बन्ध र सफल सहकार्य यस विद्यालयको पहिचान हो ।
No comments:
Post a Comment