पुरस्कार ग्रहण गर्दै हरियाली सामुदायिक वनका अध्यक्ष काबुलबहादुर मगर । |
मोहन भट्टराई
लक्ष्मिमार्ग । ‘सम्वृद्धिका लागी वन र स्वच्छ वातावरण’ भन्ने मुल नाराको साथ बिहिवार जिल्ला वन कार्यालय मोरङले वर्षभरीमा उत्कृष्ट काम गर्ने सामुदायिक वन तथा कर्मचारीलाई पुरस्कृत गर्दै राष्ट्रिय बृक्षारोपण दिवश सम्पन्न गरेको छ । जिल्ला वन कार्यालयले लक्ष्मीमार्गस्थित लक्ष्मी सामुदायिक वन क्षेत्रमा वृहत्तर वृक्षारोपण कार्यक्रमको आयोजना गरेर राष्ट्रिय वृक्षारोपण दिवस मनाएको हो ।
पुरस्कार ग्रहण गर्दै सुवेदार टंक विश्वकर्मा । |
जिल्ला भरीका उत्कृष्ट सामुदायिक वन समुह, उत्कृष्ट कर्मचारीहरुलाई र स्कुल शिक्षा कार्यक्रम अन्तर्गत वक्तृत्वकला प्रतियोगितामा छानीएका छात्र छात्राहरुलाई पुरस्कार तथा प्रमाण पत्र समेत वितरण गरीएको थियो । जसमा पथरीशनिश्चरे–२ को हरियाली सामुदायिक वन उपभोक्ता समूहलाई प्रथम पुरस्कार प्रदान गरिएको थियो । हरियालीलाई आ.व. २०७४÷७५ मा वन संरक्षण, वनको वैज्ञानिक व्यवस्थापन, वन विकास तथा विपन्नमुखी कार्यक्रममा उल्लेखनीय कार्य गरी जिल्ला भरमा सबैभन्दा उत्कृष्ट प्राप्त गरी प्रथम भएको हो । हरियालीलाई प्रथम पुरस्कार वापत ७ हजार ५ सय र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदी, विशिष्ट अतिथि जिल्ला वन अधिकृत डा. विनोद देवकोटासहितले प्रदान गरेका थिए ।
यस्तै, बेलबारीको रमिते सामुदायिक वन दोस्रो, लक्ष्मिमार्गको लक्ष्मि सामुदायिक वन तेस्रो र
केराबारीको आमजुगी सामुदायिक वनलाई सान्तवना पुरस्कार प्रदान गरिएको थियो ।
सो अवसरमा उत्कृष्ट कार्य गरेवापत इलाका वन कार्यालय बाउन्नेका प्रमुख सहायक वन अधिकृत तुलसीलाल यादव र सेक्टर वन कार्यालय मंगलबारेमा कार्यरत सुवेदार टंक विश्वकर्मालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
वृक्षारोपण गर्दै ग्रामिण सुधार सामुदायिक वन क्षेत्र नं. ३ का कोषाध्यक्ष हेमन्त घिमिरे । |
राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा पुरस्कार प्रदान गर्नुका साथै लक्ष्मि सामुदायिक वन क्षेत्रमा वृक्षारोपण समेत गरिएको थियो । विगत पाँच वर्ष देखि निरन्तर रुपमा वृक्षारोपण गर्दै आएको लक्ष्मी सामुदायीक वन क्षेत्रमा हाल सम्ममा ११२ हेक्टर जमिनमा वृक्षारोपण गरीसकिएको र यस पटक १५ हेक्टरका वृक्षारोपण गर्न लागीएको लक्ष्मी सामुदायीक वनका अध्यक्ष लोकबहादुर बस्नेतले बताए ।
लक्ष्मी, सिर्जना र सिंहदेवी सामुदायीक वनले संयूक्त रुपमा सह आयोजकको रुपमा गरेको उक्त कार्यक्रममा १५ हेक्टर जमिनमा २५ हजार १ सय विरुवा रोपिने र जसमध्ये टिक १० हजार, मसला १० हजार, खयर ५ हजार र बाँसको विरुवा १ सय रोपिन लागीएको लक्ष्मी सामुदायीक वनका सचिव ज्ञानुराज राईले बताए । वृक्षारोपण गरीएको सबै क्षेत्रमा व्यवस्थीत काणेतारको घेराबारा गरेको छ ।
वृक्षारोपण गर्दै बसन्त हरियाली सामुदायिक वन समूहका अध्यक्ष सन्त राई । |
कार्यक्रममा स्कुल शिक्षण कार्यक्रम अन्तर्गत वक्तृत्वकला प्रतियोगितामा छानीएका छात्र छात्राहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरीएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा बेलवारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदि र बिशिष्ट अतिथिका रुपमा प्रदेश वन मन्त्रालयका निमित्त उप सचिव पूर्णेश्वर सुवेदिको उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment