जाडो बढेपछि धुनियाहरुलाई भ्याइनभ्याई

विराटनगरको गुद्री बजारमा सिरक डस्ना सिलाउादै धुनियाहरु ।
मोरङ, १० मंसिर । जाडो बढ्दै गएपछि मोरङको विराटनगर र आसपासका वजारहरुमा सिरक डस्ना बनाउने व्यवसाय निक्कै फस्टाएको छ ।
खासगरी कात्तिक, मंसिर, पुष र माघमा यो व्यवसायबाट राम्रो आम्दानी हुने गरेको छ । विराटनगरको गुदरी बजारमा सिरक डस्ना बनाउने व्यवसाय सञ्चालन गरीरहेका धुनिया मोहमद आविदले सिजनको बेला मासिक १० देखि १५ हजार रुपैयाा कमाई गर्ने गरेको बताए । ‘अतिबेला अर्डरको माल टाइममा दिन सकिएको छैन’– आविदले भने । उनी एउटा सिरक बनाएको दुई सय, डस्ना बनाएको दुई सय पचास र सिरानीको २५ देखि ३० रुपैयाा लिन्छन् । विगत २० वर्षदेखि धुनियाको काम गर्दै आएका आविदले विराटनगरका व्यापारी र अन्यले गरेको अर्डर अनुसार सिरक र डसना तयार बनाउने अन्य आठजनालाई रोजगारी समेत दिएका छन् ।
त्यस्तै विराटनगर हाटखोलामा डसना बनाउदै गरेका महम्मद जुमाई मन्सुरले किलोको २५ रुपैयााका दरले ठेक्का लिएर डसना तयार पार्न लागेको बताए । सामान्यतया: दुई सय रुपैयामा सिरक र २५ देखि ३० रुपैयामा सिरानी तयार पारेर व्यापारीलाई दिने गरेको उनको भनाई छ । मन्सुरले यही पेसाबाट १० जनाको परिवार पाल्दै आएका छन् । विराटनगरमा धुनिया पेसामा रोजगार पाएका कामदारहरुले दैनिक १ सय ५० देखि तीन सय रुपैयाासम्म ज्याला पाउने गरेका छन् । एक जनाले एक दिनमा तीनदेखि चारवटा सिरक बनाउन सकिने धुनियाहरु बताउाछन् । विराटनगर क्षेत्रमा सिरक डसना बनाउने काममा संलग्न करिव ७० जना धुनिया छन् ।
भारतको फारविसगंजमा पान कुखुराको मासु बेच्ने काम छोडेर कमाउनका लागि भनेरै दुई महिनाअघि विराटनगर आएका महम्मद साविरले दैनिक तीन सय रुपैया कमाउने गरेको बताए । ‘तीन महिना काम गरेपछि घर फर्कंदा २५ हजार रुपैया लिएर जान्छु’– उनले भने ।
विराटनगर क्षेत्रमा मात्र होइन, पूर्वी मोरङको विराटचोक, बेलबारी, पथरी, उर्लावारी र रंगलीमा पनि धुनियाहरुले सिरक डसना बनाएर मनग्ये आम्दानी गरी रहेका छन् । मोरङको पथरीमा सिरक डसना पसल व्यवसाय संचालन गर्दै आएका अशोक मण्डल आफैं सिरक डसना बनाउाछन् । चार जनालाई रोजगारी समेत दिएका मण्डलले सिरक डसना बनाउने एवं बिक्री गर्ने कामबाट मासिक २० हजार रुपैयासम्म कमाउने गरेको बताए । विराटचोक, बेलबारी, पथरी, रंगेली र उर्लाबारीमा करिव ५० जनाको हाराहारीमा धुनिया छन् ।
मोरङमा सिरक र डसना बनाउने पेसामा भारतीयहरु आएर आफुहरुको रोजगारी खोसेको स्थानीय धुनियाहरुको गुनासो छ । ‘पारीका मान्छेले मेसिन राखेर हाम्रो पेटमा लात मारीरहेका छन्’– धुनिया मोहम्मद अस्लमले भने । भारतको विहारको अररिया जिल्ला र पश्चिम बंगालबाट आएर धुनियाको पेसा अंगाल्नेहरु जिल्लामा करिव ५० जनाको हाराहारीमा रहेका छन् । यी मध्ये ५० जना विराटनगरमा वर्षोंदेखि बस्दै आएका छन् भने बााकी सिजनका बेला भारतबाट आउने गर्छन् ।

लिम्बुवान प्राप्ती नभएसम्म लडिरहने

 लिम्बुवान सभामा सहभागिहरु ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष कुमार लिङदेन ।

सभालाई सुरक्षा प्रदान गर्दै लिम्बूवान भोलेन्टीयर्सका सदस्यहरु ।
मोरङ, १० मंसिर । लिम्वुवानवादी नेताहरुले लिम्वुवान प्राप्ती नभएसम्म आन्दोलन   जारी राख्ने बताएका छन् ।
शनिवार विराटनगरमा आयोजित विशाल आमसभामामा बोल्दै उनिहरुले यस्तो बताएका हुन् । आमसभामा वोल्दै मञ्च सम्बद्ध संघिय लिम्वुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेनले विभिन्न राजनीतिक दलहरुले लिम्बूवानको विरोध गर्दै आएकोप्रति रोश प्रकट गरे । लिम्बुले एकात्मकवादीहरुको लोभमा संघियतावादीहरु कहिल्यै नफस्नेभएकोले आफु र आफना कार्यकर्ताहरुलाई लोभमा फसाउने कुचेष्टा नगर्न आग्रह गरे । अरुण पूर्वका नौ जिल्ला प्राप्तीका लागि संघीय लिम्बूवान राज्य परिषद्ले हजारौं जनतालाई सडकमा ओराल्ने बताउादै अध्यक्ष लिङदेनले वर्तमान राज्यको शासन प्रणाली आफूहरुलाई मन नपरेको धारणा राखे ।
उनले आफुहरुको लडाई पहिचानको भएकोले लिम्वुवान प्राप्ती नभएसम्म कुनैपनि हालतमा निस्तेज नहुने उदघोष समेत गरे । ‘लिम्वुवान प्राप्तीमा धोका भए एकहजार वर्षसम्म पनि हामी पहिचानकालागि लडिरहने छौ’– उनले भने ।  राज्य पुर्नसंरचना आयोगले लिम्वुवान वीनाको संघिय खाका ल्याए शान्तिपुर्ण आन्दोलन शसस्त्र संघर्षमा फेरिने चेतावनी दिए ।
यसैगरी मञ्च सम्वद्ध लिम्बूवान राज्य परिषद्का महासचिव खगेन्द्र चेम्जोङले एकात्मक शासनका पक्षधरहरुले अहिले लिम्बूवान राज्य विरुद्ध बोलेर केही हुन नसक्ने दावी गरे । महासचिव चेम्जोङले लिम्बूवान विरुद्ध बोल्नेहरुका लागि लिम्बूवान राज्य विरानो हुने बताए । ‘जसले लिम्बूवान राज्य विरुद्ध बोल्छ, उसले लिम्बूवानमा बस्न पाउने छैन’ महासचिव चेम्जोङले भने ।
सुनसरी , मोरङ , झापा , पााचथर , ईलाम लगायतका जिल्लावाट सास्कृतिक झााकी र जातिय पोशाकमा आमसभामा सहभमागी हुन आएका लिम्वुवान समर्थकहरुल अरुणपुर्वका ९ जिल्लालाई  लिम्वुवान राज्य घोषणा गर , संघियता र लिम्वुवान जिन्दावादको नारा लगाएका थिए ।
सभामा लिम्बूवान भोलेन्र्टीयर्स (एलभी)ले सुरक्षा दिएको थियो । एलभीका सदस्यहरुले सभास्थल आसपासमा उभिएर सुरक्षा दिएका हुन् । मञ्च सम्वद्ध लिम्बूवान राज्य परिषद्को आयोजनामा सम्पन्न सभामा लिम्बूहरु मात्र नभई गैरलिम्बूसमेतको उपस्थिति रहेको थियो । सभामा लिम्बूहरु भन्दा बढीको संख्यामा ब्राम्हण, क्षेत्री, राई, धिमाल र थारुहरुको उपस्थिति देखिन्थ्यो ।

उपचार खर्चको पर्खाईमा माओवादी लडाकुहरु

छिङताङ सुखानी ब्रिग्रेडमा कार्यरत लडाकुहरु दायााबाट क्रमश: मोहन कोइराला, प्रदिप पाण्डे, जमुना र रचना ।
मोरङ, २६ कात्तिक । सशस्त्र द्धन्द्ध र त्यसपछिको मधेस आन्दोलनका पीडितहरुले समेत राहत पाइसकेको अवस्थामा मोरङस्थित दुई वटा माओवादी शिविरका लडाकुहरुका लागि राहत त परैको कुरा भयो राम्रो उपचार समेत नपाई पीडा सहेर बस्न बाध्य छन् ।
द्धन्द्धकालमा शरिरमा गोली लागेका अधिकांश लडाकुहरु अहिले पनि शरिरमा बमका छर्रा र गोली बोकेर कष्टपूर्ण जीवन विताई रहेका छन् । ‘जब जाडो सुरु हुन्छ अनि सहनै नसक्ने गरी दुख्छ, कट्कटी खान्छ’– प्रथम डिभिजन अन्तरगतको छिङताङ सुखानी ब्रिग्रेडकी कम्पनी भिसी जमुना लक्ष्मी वि क ले दाहिने खुट्टाको कुर्कचामा लागेको गोलीको खत देखाउादै भनिन् । शान्ति मन्त्रालयले पारीत गरेपछि मात्र राहत रकम पाइन्छ भने पनि राहत पाउने आशमा निवेदन दिएको तीन वर्ष वितिसक्दा पनि केही उपलव्धी हुन नसकेको दुखेसो उनले पोखिन् ।
‘शिविर व्यवस्थापन मार्फत सिडिओलाई निवेदन दिएर कयौं पल्ट जिल्ला धाइयो, नत पार्टीले पहल गर्‍यो, नत सिडिओले नै ठाडा कान लगाए’– ८ वर्ष अघि पेटमा लागेको गोली निकाल्न नपाई कष्टपूर्ण जीवन भोगीरहेका कम्पनी भिसी मोहन कोइरालाले भने ‘कसैको हात छैन, कसैको आाखा छैन, कोही शरिरमा गोली र बमको छर्रा बोकेर बसेका छन् ।’ जाडोको समयमा अति दुख्ने र गर्मीमा अति पोल्ने गरेको उनले सुनाए । सबैको विवरण सहित स्थानिय शान्ति समिति मार्फत जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए पनि बेवास्ता गरेको उनको गुनासो छ । अरु जिल्लामा दुई पल्टसम्म पाइसकेको तर मोरङले चाहीं राहतको लागि आफुहरुलाई विभेद गरेकोमा आफुलाई दु:ख लागेको उनले बताए ।
‘आज यो पुगेन भन्छ भोली अर्को वैधानिक विल ले भन्छ, त्यतिबेला सामान्य घरेलु उपचार मात्र गरेका हामीले काहाबाट ल्याउने वैधानीक विल ?’– कम्पनी भीसी कोइरालाले आक्रोश पोखे ‘उनीहरु कमिशन पाए मात्र काम गर्छन् ।’ स्थानिय शान्ति समितिले पहुाच पुग्नेको मात्र काम गरेको उनको आरोप छ । जहिल्यै प्रकृया पुगेकै छैन भनेर स्थानिय शान्ति समितिले दु:ख दिएको उनले बताए । आफ्नै पार्टीका जिल्ला इन्चार्ज स्थानिय शान्ति समितिको संयोजक भएको समयमा पनि कुनै पहल नभएको समेत उनले दुखेसो गरे । राज्यले अहिले सम्म लडाकुहरुको सम्मान गर्न नसकेको अरोप लागाउदै यसमा पार्टीका प्रमुख नेताहरु दोषिरहेको बताए ।
शान्ति तथा पुन: निर्माण मन्त्रालय पार्टी नेतृत्वले बेवास्ता गरेकोले आफुहरु राहत पाउनबाट बञ्चित भएको सशस्त्र द्धन्द्धका समयमा घाइते भएका लडाकुहरुको गुनासो छ । राहतका लागि निवेदन दिए पनि सिफारिसमा ढिलाई गरेकाले आफुहरु राहत लिनबाट बञ्चित भएको उनीहरुको बुझाई छ ।
सरकारले शान्ति तथा पुन:निर्माण कार्यक्रम शुरु गरेर राहत प्रदान गर्ने नीति लिएपछि मोरङका दुई वटा शिविरबाट करिव ७० जना घाइते लडाकुहरुले निवेदन दिएको  प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीले बताए । ‘आवेदन दिएका सबैको विवरण सहित हामीले शान्ति मन्त्रालयमा पठाइसकेका छौं’– प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीले भने ‘मन्त्रालयबाट अख्तियारी आउनासाथ रकम उपलब्ध हुन्छ ।’
द्धन्द्धका क्रममा घाइते भएका लडाकुहरुले अन्य नागरिक र नेपाली सेना सरह उपचार खर्च तथा राहत पाउने व्यवस्था छ । तर मोरङका घाइते लडाकुहरुले अहिलेसम्म कुनै राहत तथा उपचार खर्च नपाउनु दुखद कुरा हो । स्वास्थ्य उपचार गरेको बील भरपाई, उपचार सम्वन्धी मेडिकल विवरण र पीडितको शारीरिक अवस्था हेरेर राहतका लागि सिफारिस गरिने प्रावधान रहेको छ ।
स्थानीय शान्ति समिति पूर्व संयोजक तथा माओवादी मोरङ इन्चार्ज शिवकुमार मण्डलले द्धन्द्धका क्रममा पीडित सवैलाई राहत वितरण गर्ने व्यवस्था भएपनि सरकारी संयन्त्रहरुको ढिलाईका कारण घाइते लडाकुले राहत पाउन नसकेको बताए । ‘हाम्रै पार्टीको नेतृत्वमा सरकार भएको बेला र म स्थानिय शान्ति समितिको संयोजक हुादा पनि घाइते जनमुक्ति सेनाको राहतका उल्लेख्य काम हुन सकेकै हो’–मण्डलले भने ‘प्रयास गर्दा गर्दै पनि सरकारी संयन्त्रको ढिलासुस्तीले काम अगाडि बढ्न सकेन ।’