ताला लगाउादै सहकारीका शेयर सदस्यहरु । |
पथरी, १६ माघ । सहकारी नीति विपरीत कर्मचारी नियुक्त गर्न लागिएको भन्दै बयरवन ९ शुक्रबारेको जनसम्पर्क वचत तथा ऋण सहकारी संस्था लि.का शेयर सदस्यहरुले बुधबार कार्यालयमा ताला लगाएका छन् ।
सञ्चालक समितीका केही व्यक्तिले मात्र एकलौटी ढंगले संस्था सञ्चालनमा अयोग्य व्यक्तिलाई कार्यालय सहायक पदमा नियुक्ति गर्न खोजेकोले योग्य र दक्ष व्यक्ति नियुक्तिको लागि निर्णय सच्याउन माग गर्दै सदस्यहरुले ताला लगाएका हुन् । सञ्चालक समितीका सीमित व्यक्तिहरु सहकारी नीति विपरीत गई कार्यालय सहायक पदमा विज्ञापन निकालेको उनीहरुको आरोप छ । ‘सहकारी सिद्धान्त अनुसार कार्यालय सहायक पदका लागि कम्तिमा आए ए पास र १९ वर्ष माथि ३० वर्ष ननाघेको हुनुपर्छ’– लेखा समिती संयोजक समेत रहेका संघर्ष समितीका सदस्य जीतबहादुर लिम्बूले भने ‘तर यहाा अयोग्य व्यक्तिलाई जागीर दिनकै लागि एसएलसी पास र उमेरको हदमा २३ वर्षमाथि ४५ वर्ष ननाघेको व्यक्ति भनेर तोकिएको छ ।’ सञ्चालक समितीले अन्य योग्य व्यक्ति प्रवेशमा रोक लगाई आइए समेत पास नगरेका संस्थाका पूर्व कोषाध्यक्ष टंकप्रसाद घिमिरेलाई नियुक्ती गर्ने नियतले धरौटी रकम पनि २० लाख तोकेको लिम्बूले बताए । ‘जवकी छिमेकी अन्य ठूला सहकारीले पनि यति ठूलो रकम धरौटी तोकेको छैन’– उनले भने । सहकारीले माघ १० गते कार्यालय सहायक पदका लागि विज्ञापन प्रकाशित गरेको छ ।
ग्रामिण स्तरका जनतालाई बैंङ्कीङ सेवा दिइरहेको सहकारीमा अयोग्य व्यक्ति नल्याई सहकारी सिद्धान्त भित्र रहेर योग्य व्यक्ति चयन होस भन्ने उद्देश्यले नीति विपरित खुलाईएको विज्ञापन रद्द गरी पुन: नीति नियम अनुरुप कर्मचारी नियुक्ती गर्न माग गरिएको सञ्चालक समितीका सदस्य समेत रहेका गोविन्दबहादुर कार्कीले बताए । सञ्चालक समितीलाई लिखित रुपमा जानकारी गराउादा पनि बेवास्ता गरिएको ताला लगाउन बाध्य भएको उनको भनाई छ । उनीहरुले नियम विपरीत कर्मचारी नियुक्ती रोक्न माग गर्दै डिभिजन सहकारी कार्यालय विराटनगर र जिल्ला वचत तथा ऋण सहकारी संस्थामा समेत निवेदन दिएका छन् ।
नेपाल वचत तथा ऋण केन्द्रीय सहकारीले संस्था सञ्चालनका लागि प्रकाशित गरेको पुस्तकमा सहायक पदका लागि वाणिज्य विषय वा अर्थशास्त्र लिई दश जोड दुई उर्तीण १९ वर्ष पुरा भई ३० वर्ष ननाघेको कम्प्युटर सञ्चालन सम्बन्धि ज्ञान भएको हुनुपर्ने उल्लेख छ ।
यता संस्थाकी अध्यक्ष शान्ता माझीले डिभिजन सहकारी र संस्थाको नियम अनुसार नै कार्यालय सहायक पदका लागि विज्ञापन प्रकाशित गरिएको दावी गरिन् । ‘हामीले डिभिजन सहकारीलाई जानकारी गराईकन सञ्चालक समितीले निर्णय गरेका हौं’– अध्यक्ष माझीले भनिन् ‘डिभिजन सहकारीको नीतिमा कार्यालय सहायक पदका लागि एसएलसी पास भए पुग्ने लेखिएको छ ।’ केही असन्तुष्ट व्यक्तिहरुले विरोध गर्दैमा आफूहरु नियम विपरित नगएकोले पुरानो निर्णय फेरबदल नगर्ने समेत माझीले बताइन् ।
२०५८ सालमा स्थापना भएको र ५३४ जना शेयर सदस्य रहेको उक्त सहकारीमा हालसम्म कुनै पनि कर्मचारी राखिएको छैन ।

No comments:
Post a Comment