कर छुटले बढायो हौसला

मोरङ, २२ भदौ । सरकारले महिलाहरुलाई प्राथामिकता दिएर जग्गा पास गर्दा लाग्ने दस्तुरमा छुट दिएपछि मोरङमा महिलाहरुको नाममा जग्गा पास गर्ने क्रम बढेको छ । गत वर्ष १६  हजार ७ सय ४१ जना महिलाका नाममा जग्गा रजिष्ट्रेस पास भएको थियो ।
सरकारले माहिलाहरुको नाममा जग्गा पास गराउदा ग्रामिण क्षेत्रका महिलालाई ३० प्रतिशत र शहरी क्षेत्रमा २५ प्रतिशतसम्म छुट दिने व्यवस्थापछि महिलाहरुको नाममा जग्गा पास गर्ने क्रम बढेको हो ।
आर्थिक वर्ष २०६६÷०६७ मा १३ हजार ४ सय ६६ जना माहिलाको नाममा जग्गा पास भएकोमा आ.ब. ०६७÷०६८ मा १६ हजार ७ सय ४१ जना महिलाको नाममा जग्गा पास भएको मालपोत कार्यालय मोरङले जनाएको छ । यो संख्या   अघिल्लो वर्षको तुलनमा गत वर्ष १० प्रतिशतले वढि हो ।
मालपोत अधिकृत मधुसुधन पोखरेलले सरकारले रजिष्ट्रेशन दस्तुरमा छुट दिएपछि महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेको वताए । सरकारले जमिनमा महिलाको स्वामित्व स्थापित गर्न उनीहरुको नाममा  जग्गा पास गर्दा छुट दिने नीति लिएको हो ।

No comments:

Post a Comment