राष्ट्रिय बालअधिकार दिवसको सान्दर्भिकता

मोहन भट्टराई
मोरङ, २८ भदौ । केहि दिनअघि महेन्द्र मोरङ क्याम्पस नजिकै तीन जना बालकहरु घरको दिवाल नजिक फोहोर फालेको स्थानमा खाली खुट्टा प्लाष्टीक र कवाडी खोज्दै थिए । उनिहरु त्यस्तो कााडैकााडा र फुटेको कााच फालेको ठाउामा सहजै हिड डुल गरेको देखेर मेरो आङ सिरिङ भयो । केही कुरा गरौं भनेर बोलाउादा म तिर आउनुको साटो उनीहरु त मदेखि टाढा हुन खोज्दै थिए । मैले नजिकै गएर उनीहरुको नाम सोध्दा पहिले त नामै बताउन चाहेनन् । केहीबेर कर गरेपछि मात्र एउटाले भन्यो ‘विन्दे’ । थर चाहीं के भन्दा उसले भन्यो ‘थाहा छैन’ । उसकी आमा पनि यस्तै कवाडी भेला गर्छिन् रे । बाबुको चाहीं पहिले नै मृत्यु भएको रहेछ । अन्दाजी १३ वर्षको विन्देका परिवारमा २ वटा भाइ र एउटी दिदी छिन् रे । एउटा सानो भाइबाहेक सबैजनाको पेट पालो गर्ने आधार यही कवाडी भेलागर्ने र त्यही बेचेर आएको रकम नै रहेछ ।
महेन्द्र मोरङ क्याम्पस पछाडि प्लाष्टिक टिप्दै बालकहरु ।
विन्देसंगै आएका करिव १२ वर्षका रघु र ९ वर्षिय बिसे का परिवारपनि यस्तै काम गर्दा रहेछन् । तीनै जनालाई तिमीहरु स्कुल पढ्दैछौ भनेर सोध्दा मुन्टो हल्लाएर पढ्दैनौको जनाउ गरे । स्कुल गएर पढ्न मन लागेको छ भन्दा एउटाले भन्यो ‘त्यहा के के खान पाइन्छ ?’ मैले त्यहा किताब पढ्न पाइन्छ भन्दा उनीहरुले खान नपाइने स्कुल किन जाने भन्ने जस्तो अनुहार लगाएर मैले सोधेका अरु प्रश्नको उत्तरै नदिइ आफ्नै भाषामा कुरा गर्दै लागे ।
त्यस्तै अर्को दिन म पथरीबाट बसमा विराटनगर आउने क्रममा बेलवारीबाट पिठ्यूामा एउटा पनि वस्त्र नलगाएको दुधेबालक च्यापेर करिव १० वर्षिया बालिका चढीन् । उनले बसका यात्रीसंग मेरो आमा विरामी भएर ओछ्यान परेकी छन् केही पैसा दिनोस् न भन्दै सबैका अगाडि हात फैलाइरहेकी थिईन् । माग्दै गरेको अवस्थामा नाम सोध्न लाग्दा भनिन् ‘पैसा देउ अनि भन्छु ?’  नाम सुमीता बताउने ति बालीका विरगंजवाट साथीसंगै भागेकी रहिछन् । विभिन्न ठाउा हुादै बेलबारीकी एक त्यस्तै सडक महिलाको बच्चा लिएर माग्ने गर्दि रहिछिन् उनी । यसरी साथीकै लहलहैमा घरवाट भाग्दा अहिले घर न घाटको अवस्था झेल्ने बालबालीकाहरु मोरङमा धेरै छन् ।
त्यस्तै विराटनगर बसपार्कमा अरुले चुसेर फालेको फ्रिुटी चुसिरहेका बालकलाई आफ्नो घर सोध्दा सप्तरी बताउने ति बालकको पिडा भने घरेलु रहेछ । घरमा कान्छी आमाको पिटाई सहन नसकी यहाा आएको एक बर्ष भएको बताए । यसरी घरेलु हिंसाका कारण पनि अिधकांश बालवालीकाहरु अभिभावक विहिन भै सडकको बास बस्नु परेको छ । बुवाआमाको माया नपाएपछि घर छोडेर हिड्ने अधिकांश बालबालिकाहरु दुव्र्यसनमा लाग्ने गरेको पाइएको छ । त्यस्ता बालबालिकाहरु नै सञ्चारमाध्यममा हराएको भनि सूचना आउने गरेका छन् । बेवारिसे अवस्थामा फेला परेका अधिकांस बालबालिका परिवारबाट माया नपाएर घर छोडेको पाइएको सिविन हेल्प लाइन विराटनगरकी कार्यक्रम संयोजक विष्णु पौडेलको भनाई छ । त्यसमा पनि बुवा या आमाले दास्रो विवाह गरेपछि घर छोडेका छन् ।
त्यसमा पनि कसैका बाबु आमा सधैं झै–झगडा गर्ने, आमा बाबु भएर पनि अत्यधिक विपन्न परिवारका, विद्यालय जान नपाएका बालबालिकाहरु घर छोडेर हिड्ने गरेका छन् । तिनै घर छोडेर हिडेका बालबालिकाहरु कुलतमा लाग्ने गरेका छन् । उनिहरु धुम्रपान तथा मद्यपान गर्ने, चोरी गर्नेलगायतका गलत कृयाकलापमा फस्ने गरेको सिविन हेल्पलाइनको अध्ययनले देखाएको छ ।
भदौ २९ गते राष्ट्रिय बाल दिवस देशैभर बालबालिका सम्बन्धी कार्यक्रम गरि यो दिवस मनाइदै छ । बालअधिकार महासन्धीमा नेपालले हस्ताक्षर गरेको दिन पारेर पााच बर्ष अगाडी देखि प्रत्येक बर्षको भदौ २९ गते राष्ट्रिय बालअधिकार दिवस मनाउन थालिएको हो । नेपालले आजभन्दा ठीक २० बर्ष अगाडी बालअधिकार महासन्धीमा हस्ताक्षर गरेको थियो । बालअधिकार महासन्धीमा हस्ताक्षर गरेका मुलुकहरुले बालबालिकालाई खान बस्न पढ्न लेख्न खेल्न दिनु पर्ने प्रावधान राखिएको छ ।
बाल अधिकारको कुरा जतिसुकै ठूलो आवाजमा गरे पनि व्यवहारमा भने उतार्न सकिएको छैन । पढ्ने र खेल्ने उमेरका यी केटाकटीहरुले फोहोरको थुप्रोमा प्लाष्टिक टिप्दै गरेको, बसमा एक दुई रुपैयाा माग्दै हिडेको, यो दृष्य त्यसैको जीउादो उदाहरण हो । बालवालीका भविष्यको कर्णधार हुन् । यो वाक्य भन्न जति सरल र स्पष्ट लाग्छ व्यवहारमा लागु गर्न पनि त्यतिकै महामारी सावीत बनेकोछ ।
सडकमा आएका मध्ये अधिकांश बालबालिकाहरु र्आिथक अवस्था नाजुक भएका, घरेलुहिंसा तथा विस्थापीतहरु रहेका छन् । शहरको रमझममा रमाउन आएका त्यस्ता बालबहरु कोही खलासी भई दिन भरी गोरु सरह जोत्न परिरहेको छ । भने कोही सडक बालक भएर फोहोरको थुप्रोमा फ्याकिएका चिज खान परिरहेका छन् । कोही घरेलु कामदार भई श्रम शोषणमा परिरहेका छन भने कोही देह ब्यापारमा लाग्न बाध्य भएका छन् । ति कलिलो हात र दिमागले यसरी दिन काट्नु पर्दा यिनीहरुलाई राष्ट्रको कर्णधार भन्ने की नभन्ने ? अनि राष्ट्रले यिनीहरुवाट केही आशा राख्ने हो भने अहिले आधारभुत आवश्यकताको परिपुर्ती गरि दिने कि नदिने ?
सार्वजनिक सभा समारोह र दिवसमा बालबालिकालाई प्राथमिकताको रुपमा भाषण गरिए पनि व्यवहारमा लागु हुन सकेको छैन । सहरका गल्ली गल्ली र चोक चोकमा यस्ता बिजोक बालबालीकाहरु देखिन्छन्, घर घरमा बाल श्रमीक हुन्छन् हरेक होटल र भट्टीमा बालबालीकाहरु हुन्छन् । तर सरोकारवाला मौन छन् नेपालमा भएको डलर खेतीले वास्तवमै यीनीहरुको न्युनतम आधार निर्माण गर्न सकिन्छ । तर त्यस्ता संस्थाहरुमा रहेका बालवच्चाहरु समेत फोहोरी वातावरणमा हुकिर्रहेको प्रष्ट देख्न सकिन्छ ।
केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालमा ३४ प्रतिशत बालबालिका श्रमिकका रुपमा काम गर्दै आएका छन् । विराटनगर उपमहानगरपालिकामा मात्र २७८१ जना बालबालिकाहरु श्रमिकका रुपमा रहेको उपमहानगरपालिकाको सामाजिक सर्भेले देखाएको छ । नेपालमा कुल जनसंख्याको ४६ प्रतिशत बालबालिका रहेका छन ।

No comments:

Post a Comment