एकै परिवारका पाच जना अपाङ्ग

खाना खादै पाचै जना अपांगहरु ।
मोहन भट्टराई
मोरङ, ४ असोज ।
‘दुखीको घरमा मात्र तेरो बास हुनेभए हे इश्वर दया राखी अझै मलाई दे’ नाट्य सम्राट बालकृष्ण समको यो मार्मिक भनाई यतिबेला मोरङ इटहरा–७ सिक्किमे टोलका तुलसी ढुङगानाको जीवनमा चरितार्थ भएको छ । उनका ७ सन्तान मध्ये ५ जना शारिरक अपाङग रहेका छन् ।
सुस्त मनस्थितीका पााच सन्तानमा ३३ वर्षिया छोरी निर्मला, ३२ वर्षिय निर्मल, २८ वर्षिय उमेश, १९ वर्षिया पार्वता र १७ वर्षिया गोमा रहेका छन् । छोराछोरी ठुला भएर वाबुआमाको साहारा बन्लान भनेको त उल्टै उनिहरुकै साहरा बाबुआमानै हुनुपरेपछि ढुङगाना दम्पती अहिले आफ्नो मृत्यु पछि छोराछोरीलाई कसले हेर्ला भन्ने चिन्तामा डुबेका छन् ।
दुई बटी श्रीमतीबाट जन्मीएका सात जना मध्ये पााच जना मानसिक अपाङग भएका हुन । वि.सं. २०२८ सालमा जेठी श्रीमती कोकीलासंग विहे गरेपछि उनबाट दुई वटा सन्तान भनें सबलाङ्ग नै जन्मिए । जसमा ०३१ सालमा छोरी सिता र ०३३ सालमा छोरा दिपक सबलाङ्ग भए । तर उनै जेठी श्रीमती कोकीलाबाट जन्मीएका दुई छोरा र दुई छोरी मध्ये छोरी निर्मला र छोरा निर्मल जन्मदै अपाङ्ग भए ।
०३८ सालमा जेठी श्रीमतीको मृत्यु भएपछि तुलसी ढुङ्गानाले आफ्नै साली सृजनासंग विवाह गरे । सृजनाबाट जन्मिएका तीन सन्तानमा सबै अपाङग भए । ढुंगानाको पूख्र्यौली कसैलाई पनि नभएको समस्या उनको पालामा आइलाग्यो । डाक्टरले पोलियो भएको भनेपछि दमक लगेर पोलियोको औषधी पनि खुवाए तर ठिक नभएको उनको भनाई छ । ‘यस्तो त मेरा बजे बराजु र ससुराली तिर पनि कसैलाई भएको थिएन’–तुलसीले भने ‘म भगवान छन् भन्ने मान्दिन, छन् भने एउटै घरमा किन यस्तो सजाय दिए त ?’ ढुङ्गानाका दम्पतीलाई घर, आगन र बाटो सफा गर्दै दिन वित्छ । रोगी र बृद्ध अबस्था रहेका ढुङगाना दम्पतीको दिन चर्या नै सरसफाईमा वित्न थालेको धेरै बर्ष वितिसकेका छन् ।
घरमा पाच पाच जना छोराछोरी भएपनि उनिहरुलाई सघाउने कोही छैनन् ।  ‘खेतवारीको त कुरै छोडौ छिमेकीकोमा गएर यसो दु ख सुखका कुरा नगरेको पनि बर्षांै वितिसकेको छ’– तुलसीकी श्रीमती सृजनाले भनिन् । घरमा भएका पाचै जना छोराछोरी मानसिक र शारिरिक अपाङग भएपछि ढुङगाना दम्पती भविश्य कसरी वित्ला भन्ने चिन्तामा परेका छन् । ‘यिनिहरु केही काम गर्न सक्दैनन् नत सम्झाउदा सम्झन्छन् नै’–सृजनाले भनिन् ‘दिशा पिसाव समेत घर भित्र, आगन, बाटो र कट्टुमै गरी दिन्छन ।’ र्याल सिगान,दिसा, पिसाप सबै एकै ठाउ हुन्छ, अझ घर माथि गएर दिसा गरीदिने गरेको सृजनाले सुनाइन् । बजारमा सामान किन्न जानुपर्यो वा घरको काम गर्नुपर्दा उनिहरुलाई कोठामा थुनेर जाने गरेको उनले बताइन् । उनिहरुले लुगा ल्याइदिए पनि लगाइदिएको एक घण्टामै सबै च्यातेर धुजा धुजा पारिदिने गरेका छन् ।
घरमा पााच जनानै उस्तै हुनु र आर्थिक अबस्था कमजोर भएका कारण अहिले ढुङ्गाना परिवारको कन्त विजोग भएको छ ।
केही वर्षदेखि दाहिने हात र देब्रे खुट्टामा समस्या भएको साथै मधुमेह र हाइड्रोसिलबाट पिडित ढुंगानालाई अपांग छोरा छोरीको लालन पालनका लागी धौ धौ परिरहेको छ । आम्दानीको श्रोत डेढ विगाहा जमिन भएको पनि काम गर्ने कोही नभएका कारण अधियामा लगाएका छन । ‘अधियाबाट एक बर्षमा तिस मन धान आउछ खानै पुग्दैन’ –ढुंगानाले भने ‘श्रीमतीको पाठेघर अप्रेसन गरेको छ, दुवै जना रोगी छौं काम गर्न नसकेर त्यही भएको डेढ विगा जग्गा पनि अधियाा दिएको छु ।’
भएको एउटा काठको टाढेघर पनि भत्कन लागेको र शौचालय पनि नभएको गुनासो गर्दै सृजनाले अपाङग मैत्री घर र शौचालय भए आफुलाई छोराछोरीको स्याहार गर्न सजिलो हुने बताइन् । भर्खरै अप्रेसन गरेको भएपनि सृजनालाई घरमा खाना पकाउन पालो दिने पनि कोही छैनन् ।
अपाङ्ग छोरा छोरीलाई कही कतैबाट त्यति ठुलो सहयोग नभएको ढुङ्गाना बताउाछन् । सहयोगको नाममा सरकारले पााचै जनालाई एक हजारका दरले हरेक महिनामा पाउने सामाजिक सुरक्षा भत्ता बाहेक कहींबाट पनि नभएको उनको गुनासो छ । ५ वर्ष अगाडि इटहरा गाविसले घरैमा गएर ३ जनालाई नागरिकता प्रमाण–पत्र दिएको छ ।
अपाङगता भएका ब्यक्तिहरुको समुह इटहराका अध्यक्ष भिम बरालले अभिभावकको लागि आय आर्जनको बाटो,अपाङग मैत्री घर र शौचालयको निर्माण भए उनिहरुको जिवन केही सहज हुने बताए ।

No comments:

Post a Comment