मोहन भट्टराई
टांडीमा रहेको नेसेलुङ्ग डांडाबाट देखिएको चुलीपोखरी डांडा |
पूर्वी नेपालका पर्यटकीय स्थानहरुमध्ये मोरङको नेसेलुङ्ग नयाँ र मनोरम गन्तव्य हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण, शान्त दृश्यावलोकनको हिसावले नेसेलुङ्गले विस्तारै आगन्तुकहरुलाई आकर्षित गरिरहेको छ ।
उर्लाबारीदेखि ७ किलोमिटर उत्तरमा अवस्थित टाँडी चोक देखि १ किलोमिटर उत्तर हुदै नेसेलुङ्ग डाँडामा पुग्न सकिन्छ । टाँडीको रतनपुरमा अवस्थित यो डाँडाको मुख्य विशेषता भनेको प्रकृतिक सौन्दर्यतामा रमाउनु हो । नेसेलुङ डाँडाबाट तराईका समथल भू–भागका अलवा मधुमल्ला, उर्लाबारी, दमक चौक देखिनुका साथै, टाँडीको सबैभन्दा ठूलो वगरले चिनिएको साखरे वगरको दृश्यवलोकन गर्न सकिन्छ । यस्तै, मिक्लाजुंग डाँडा अनि चुरे पहाड देख्न सकिन्छ । नेसेलुङ्ग डाँडाबाट टाँडीको अर्को पर्यटकीय स्थल चुली पोखरीको डाँडा समेत देख्न सकिने सकिने नेपाली कांग्रेस टाँडीका सभापति खगेन्द्र मादेन बताउनु हुन्छ ।
स्थानीयवासी ‘नेसेलुङ’लाई पवित्र ढुंगा मान्ने गर्छन् । आझेलमा परेको ठाँउलाई प्रचार प्रसार तथा यसको प्रर्वद्धनका लागि भनेर टाँडीका विभिन्न राजनीतिक दल, युवाहरु तथा स्थानीयवासीहरुले एक समिति समेत गठन गरेका छन् । जसमा नेपाली कांग्रेस टाँडीका गाँउ सभापति खगेन्द्र मादेनको संयोजकत्वमा १७ सदस्सीय नेसेलुङ डाँडा पर्यटन विकास समिति गठन गरिएको छ । समितिलाई वैधानिकता दिनका लागि दर्ता प्रक्रिया अगाडि बढाइएको मादनेले बताउनुभयो । मादनेका अनुसार उर्लाबारी, पथरी र दमकका मानिसहरुलाई लक्षित गरी यो ठाँउको प्रवद्र्धन गर्न लागिएको हो ।
सहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरु चुरे फेदी मन पराउने तथा प्राकृतिक सौन्दर्यतामा रमाउने गर्छन् । नेसेलुङ डाँडाले यी सबै चिजहरु समेटेको छ । हाइवे देखि नजिक तथा दृश्यावलोकन गरी सबेरै फर्कन सकिने भएकाले पनि डाँडाले आन्तरीक पर्यटकलाई लोभ्याउन सक्ने मादेनको तर्क छ । यस्तै, टाँडी क्षेत्रका विद्यार्थी, युवा/युवतीहरु पर्यटकीय ठाँउको खोजिमा अन्यत्र जानुपर्ने झन्झट नेसेलुङ डाँडाले हटाइदिने विश्वास गर्नुहुन्छ स्थानीय शिक्षक चन्द्र समी । समीका अनुसार नेसेलुङ डाँडामै पिक्निङ स्पट निर्माण गर्न सके आम्दानी बढ्नेछ ।
मोरङको टांडीबजार |
नेसेलुङ डाँडा पर्यटन विकास समितिले १४ लाखको लागतमा आगामी असोज देखि भ्यू टावर निर्माण गर्ने जनाएको छ । यतिबेला भौतिक संरचना निर्माण कार्य शुरु भइसकेको समितिका अध्यक्ष खगेन्द्र मादेनले बताउनुभयो ।
पिक्निक स्पटको लागि आवश्यक पर्ने चौर निर्माण कार्य पनि सुरु गरिने मादनेले जानकारी गराउनुभयो । २०७४ सालको वैशाखमा फ्रि–वाइफाई सहितको भ्यू टावर निर्माण सम्पन्न हुने मादनेको दावी छ । दुई विगाहा क्षेत्रफलमा पैmलिएको नेसेलुङ डाँडा पर्यटकीय क्षेत्रको विकासका लागि टाँडी गाविसको ०७३/०७४को गाँउ परिषदबाट दुई लाख बजेट स्वीकृत गरेको छ । टावर निर्माणका लागि आवश्यक पर्ने बजेट विदेशमा रहने टाँडीवासी तथा संघसंस्थाबाट सहयोग मागिने मादेनले बताउनुभयो ।
स्थानीय व्यापारिक केन्द्र भएकाले पनि भविष्यमा नेसेलुङगको पर्यटकीय सम्भावना बलियो देखिन्छ । टाँडी दुर्गम गाविस भएर पनि पर्यटन विकास हुँदै गए पछि चर्चाको विषय बन्दै गएकाले यसका लागि राज्य र स्थानीयबासिन्दाले पनि ठोस पहल गर्नु आवश्यक देखिन्छ ।
No comments:
Post a Comment