मोहन भट्टराई
यदि तपाइको घरमा स्थानिय जातका गाईभैसी छन्् र त्यसले कम दुध दिएछ भनेर दिक्दार मान्नु भएको छ भने त्यस्तो गाईभैसी पनि अब उपयोगि हुने भएको छ । व्यवसायीक पशूपालनको माध्यमबाट कृषकहरुको जीवनस्तर उकास्न मोरङका सामुदायिक वनका उपभोक्ताहरुलाई नस्ल सुधार कार्यक्रममा सहभागि गराउने कार्य प्रारम्भ भएको छ । सामुदायीक वनहरुले पूर्वी मोरङका गाँउ, नगरहरुमा त्यस्ता कार्यक्रम अगाडि बढाएका छन् ।
सामुदायीक वनका उपभोक्ताहरुलाई उन्नत जातका पशु पालन तर्फ आकर्षित गराएर उनीहरुको आर्थिक स्तर उकास्न सहयोग पु¥याउने उद्देश्यले चौतारी सामुदायिक वन उपभोतmा समूहले पशु नश्ल सुधार योजना ल्याएको छ । सामुदायस्तरमा नै नश्ल सुधार योजना सञ्चालन गर्दै स्था
नीय जातका गाई, भैसी र बाख्रालाई उन्नत जातको उत्पादन गर्ने योजना सामुदायिक वनको रहेको छ । अध्यक्ष मेघराज चापागाई ।
सामुदायीक वनका उपभोक्ताहरुलाई प्राकृतिक पशु आहारका लागि पर्या
प्त सम्भावना हुने र स्थानीय जातका पशुहरु विस्थापीत भई यहीं तयार गरिएका उन्नत नश्लका पशुहरुको व्यवसायीक पालन गर्दा थोरै जोखिममा बढी आम्दानी लिन सकिने अध्यक्ष चापागाई बताउनुहुन्छ । सो क्रममा चौतारी सामुदायिक वन उपभोक्ता समूहले गोरु, राँगा र बोकाको नश्ल सुधार कार्यक्रम अगाडि बढाएको छ । त्यसबाट स्थानीय कृषकहरुलाई फाइदा पुगेको अध्यक्ष चापागाईको भनाई छ ।
अहिले ४ वटा प्रजनन् वस्तुहरु चौतारी सामुदायिक वनले संरक्षण गरीरहेको छ । जसमा मुर्रा जातको राँगा, होलस्टेन गोरु, जमुना पार जात र बोयर जातको बोका बीऊको रुपमा पालिएको छ । अध्यक्ष चापागाईका अनुसार अहिले दैनिक २ देखी ५ वटा गाईभैसी, दर्जनबढी बाख्राहरु कृषकहरुले उन्नत जातको बनाउन ल्याउने गरेका छन्् ।
सामुदायिक वनले पालिएका विऊ पशुको आहारका लागि खाली रहेको वन क्षेत्रको जग्गामा घाँसे बाली लगाएको छ ।
यस्तै सामुदायिक वनले कृतिम गर्भाधान गराउन चाहने कृषकहरुका लागि प्राविधिक सहयोग समेत उपलव्ध गराउँदै आएको छ । स्थानीय जातका पशूहरुमा उन्नत नश्ल भएका पशुहरुको क्रस गराएर नश्ल सुधार गर्ने कार्यक्रम मोरङका पथरीशनिश्चरे, बयरवन, उर्लावारी, लेटाङभोगटेनी, इन्द्रपुरलगायतका स्थानमा संचालन भएका छन् ।
यसैगरी, पथरीशनिश्चरे नगर भरी सेवा दिने उद्देश्यले चार वर्ष अघि स्थापना गरिएको सामुदायिक पशु प्रजनन् केन्द्रले पनि गाईभैसीको खोजी गर्दै कृक्रिम गर्भाधानको माध्यमले उन्नत बनाउने काम गरिरहेको छ । स्थानिय जातका गाईभैसीमा कृत्रिम गर्भाधान गराएपछि त्यसबाट जन्मिने बाच्छी उन्नत जातको हुने र त्यसको दुध उत्पादनमा झन्डै पाँच गुणा बढीे भएको केन्द्रका अध्यक्ष चन्द्रकुमार लिम्बूले जानकारी दिनुभयो ।
अध्यक्ष लिम्बूका अनुसार उक्त प्रजनन केन्द्रमा जुन सुकै किसानले ए आई गरेबापत गाईको ३ सय, भैसीको ३ सय र बाख्राको समेत ३ सय रुपैया लिइने गरेको छ ।
स्थानिय जातका गाईभैसी बढीमा एकदेखी डेढ लिटर दुध मात्र दिने गरे पनि उसको अर्को पुस्ताले पाँच लिटरभन्दा बढी दूध पु¥याउने गरेको अध्यक्ष लिम्बूले दावी गर्नुभयो ।
आफूले चाहे अनुसारको उन्नत जातको पशुको उत्पादन हुने, छिटो, सजिलो र दूधको उत्पादनमा वृद्धि हुने भएकाले किसान कृत्रिम गर्भाधारण प्रक्रियामा आकर्षित भएको जिल्ला पशु सेवा कार्यालय मोरङले जनाएको छ ।
No comments:
Post a Comment