सामुदायिक वनद्वारा विद्यार्थीलाई पोशाक वितरण

कुरकुरे डटकम
पथरी । मोरङ पथरीशनिश्चरे नगरपालिकामा रहेको दुर्गा माविमा अध्ययनरत ३० जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ । स्थानीय हरियाली सामुदायिक वन उपभोक्ता समूहले वनको आम्दानी मध्येबाट गरिवी न्यूनिकरण शीर्षक अन्तरगत उक्त छात्रवृत्ति वितरण गरेको हो ।
कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई सर्ट, पाइन्ट, एक÷एक थान कापी र पेन्सिल प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुलबहादुर मगर, सचिव कला गुरुङ, सह–सचिव लिला गुरुङ, एमाले नगर अध्यक्ष रमेश दाहाल, विद्यालयका प्रअ गोपाल भट्टराईलगायतले विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री प्रदान गरेका थिए । 
पोशाक तथा शैक्षिक सामग्री


वितरण कार्यक्रममा अतिथि नेकपा एमाले पथरीशनिश्चरे नगर अध्यक्ष रमेश दाहालले विपन्न वर्गका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न हरियाली सामुदायिक वनले प्रशंसनीय काम गरेको बताए । पोशाक र शैक्षिक सामग्री वितरणले विद्यालय पहूँच भन्दा बाहिर रहेका विद्यार्थीहरुलाई विद्यालयमा आउने वातावरण समेत बनाउने उनको भनाई छ ।
कार्यक्रममा हरियाली सामुदायिक वन उपभोक्ता समूहका सल्लाहकार संयोजक देवीप्रसाद भेट्वाल, विद्यालय व्यवस्थापन समितिका संस्थापक सदस्य राजु लामालगायतले बोलेका थिए । 
विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुलबहादुर मगरको प्रमुख आतिथि र विद्यालयका शिक्षक टिका दाहाल कार्यक्रम सञ्चालक थिए ।
कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री सहित दुई हजार नगद प्रदान गरिएको थियो ।

No comments:

Post a Comment