हरियाली र चौतारी वन समूहद्वारा वृक्षारोपण


पथरी । मोरङको पथरीशनिश्चरे–३ स्थित चौतारी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रको खालीखाल्सा ठाउँमा वृक्षारोपण गरेको छ । वन समूहले वातवरणीय संरक्षणलाई उच्च प्राथमिकता दिई २ हेक्टर भन्दा बढि जग्गामा १ हजार विरुवा रोपेको छ । विशेष गरेर छिटो वृद्धिविकास हुने जातका विरुवाहरु हरेक वर्ष लगाउँदै आएको अध्यक्ष मेघराज चापागाईले जानकारी दिए ।
Tree Plantation
Tree Plantation
वृक्षारोपण कार्यक्रममा बोल्दै वन समूहका पूर्व अध्यक्ष रत्नबहादुर बस्नेतले स्थानियस्तरमा वातावरण संरक्षणको अभियानलाई सहयोग गर्न वृक्षारोपण गरिएको बताए । उनले समूह वातावरणीय संतुलन कायम गर्नका लागि हर संभव प्रयासमा लागिरहने प्रतिबद्धता जनाए ।
सामुदायिक वन क्षेत्र र सडकको आसपासमा बिरुवा लगाई हरियाली बढाएर पहिरो नियन्त्रण गर्न वृक्षारोपण गरिएको बताइएको छ । वन समूहले खोला किनारमा बाँसका विरुवा रोपेर भू–क्षय हुन बाट रोकेको छ ।
वन समूहकी उपाध्यक्ष विष्णुकला श्रेष्ठले वृक्षारोपणले वनक्षेत्रसँगै समग्र वातावरणलाई हरियाली बनाउने बताइन् । उनले नाङ्गा डाँडापाखा र खाली क्षेत्रमा वृक्षारोपण गर्न सकेमा यसबाट सामुदायिक वनले पर्याप्त आम्दानी समेत गर्न सक्ने धारणा व्यक्त गरिन् 

यसैगरी, मोरङको पथरीशनिश्चरे २ स्थित हरियाली सामुदायिक वनले खाली खाल्सो जमिनमा वृक्षरोपण गरेको छ । सोमबार वन समूहका पदाधिकारीहरु, सल्लारकारु, लेखा समिति र टोली प्रमुख सहित करिब ६५ जनाको सहभागितामा विभिन्न जातका ६ सय विरुवा रोपिएको हो ।
जसमा टिक, मसला, लटर, खजुर लगायतका विरुवाहरु पक्की चिहानको खाली भागमा रोपिएको समूहका अध्यक्ष काबुल बहादुर मगर (विकास)ले जानकारी दिए । हरेक वर्ष समूहले वृक्षरोपण गर्दै आएकोमा यस पटक करिब १७ कट्ठामा विभिन्न जातका विरुवाहरु रोपिएको मगरको भनाइ छ ।

No comments:

Post a Comment