सिंहदेवीमा होमस्टेले पर्यटक आकर्षित

मोहन भट्टराई
सिंहदेवी(मोरङ) । उत्तरी मोरङको सिंहदेवीमा रहेको प्राकृतिक सौन्दर्यले भरिपूर्ण, शान्त मनोरम जेफालेमा सञ्चालित होमस्टेले आगन्तुकहरुलाई आकर्षित गरिरहेको छ । पूर्वी नेपालका पर्यटकीय स्थानहरुमध्ये मोरङको जेफाले नयाँ र मनोरम गन्तव्य हो । त्यहाँ सुरु गरिएको होमस्टे(घरबास) आगन्तुकहरुका लागि आकर्षण बनेको हो । 
मोरङको उत्तरी गाविस सिंहदेवीको वार्ड नम्बर पाँच विहीबारे बजार, जसलाई हाबेचौरी पनि भनिन्छ । हाबेचौरी तराईबाट ३४ किलोमिटर पहाडी यात्रा गरेपछि पुगिन्छ जुन समुद्र सतहबाट १ हजार मिटर उचाइमा छ । यस हाबेचौरीलाई पूर्वका १६ जिल्लाको दृष्यावलोकन गर्न सकिने जेफाले डाँडाको आधारशिविरको रुपमा लिइन्छ । यस क्षेत्रमा सञ्चालित ‘होमस्टे’ पर्यटक तान्ने प्रमुख आधारका रुपमा विकसित हुँदै गएको छ । 
जेफाले सामुदायिक होमस्टे व्यवस्थापन समितिका सचिव भिम ठकुरीका अनुसार अहिले पर्यटनको मौसम नभएपनि जेफालेमा भने पर्यटकको अभाव छैन । दैनिक होमस्टेमा बस्न र जेफालेबाट मनोरम दृष्य हेर्नेको लर्काे नै लागिरहेको छ ।
अन्यत्रका होमस्टे पर्यटक नआएर बन्द भएको खबर सुन्दा यहाँ पनि त्यस्तै होला बेकारको झन्झट हुनेभयो भन्ने लागेको थियो रे उहाँलाई । तर जेफालेमा दैनिक समूह–समूहमा आन्तरिक पर्यटक पुगिरहेका छन् होमस्टे पनि राम्रो चलेको छ ।
जेफालेले दिएको सत्कार, सद्भाव र पर्यटकलाई दिने महत्वले गर्दा एक पटक पुगेका व्यक्तिहरु फेरी फेरी पनि त्यहाँ पुगिरहने गरेका छन् । मोरङको जेफाले प्राकृतिक रुपमा धेरै आकर्षक रहेको आन्तरिक पर्यटकहरु बताउँछन् ।
जेफाले घुम्न र होमस्टेमा बस्नका लागि मात्र नभएर जेफाले क्षेत्रमा पाइने विभिन्न प्रजातिका सुनाखरी, सेतो सर्प, अजिङ्गर र विभिन्न प्रजातिका चरा हेर्न जाने पर्यटक बढेका छन् । पर्यटक बढाउन होमस्टे झन् सहयोगी बनेको छ । खासगरीे छिन्छिन्मा बादल लाग्ने, पानी पर्ने, घाम लागी रहेको पाइने जेफालेमा शितल वातावरण, शिव पार्वती मन्दिर, तीनचाने ढुंगा, हरियाली जंगल, चिया बगान, सूर्याेदयको सुन्दर दृश्यावलोकन गर्न पाइने भएकोले पर्यटक लोभिने गरेका छन् । 
जेफालेमा सञ्चालित होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाद्यान्नहरुबाट पाहुनालाई स्वागत गर्ने गरिएको र बस्नका लागि पर्यटकको चाहनाअनुसारको व्यवस्था भएको जेफाले सामुदायिक होमस्टे व्यवस्थापन समितिका सचिव भिम ठकुरी बताउनुहुन्छ । 
परीक्षणका रुपमा पाँचवटा घरमा सञ्चालित होमस्टेमा एक दिनमा ५० व्यक्तिलाई बास बस्ने र खाना खुवाउनसक्ने व्यवस्था रहेको सचिव ठकुरीले जानकारी दिनुभयो । त्यहाँ बस्नका लागि प्याकेजमै व्यवस्था गरिएको छ । प्याकेजमा प्रतिव्यक्ति एक हजार पचास रुपैयाँमा चिया, खाजा, खाना, बास र घुमाउने समेतको व्यवस्था गरिएको छ । 
यसैगरी, पर्यटकलाई मनोरञ्जनका साथै स्थानीय परम्परा, रहनसहन, संस्कार र संस्कृतिको विषयमा पनि जानकारी दिने उद्देश्यले हुर्रा नाच देखाउने गरिएको छ । 
नाचमा पर्यटकले पनि भाग लिन पाउने सचिव ठकुरीले बताउनुभयो । पर्यटन विकासलाई संयोजन गर्न जेफालेमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ । 
आन्तरिक पर्यटन विकासको प्रचुर सम्भावना बोकेको जेफाले डाँडामा पर्यटन सूचना केन्द्र स्थापना भएपछि पर्यटकले पनि राहत महशुस गरेका छन् ।
जेफालेमा यतिका धेरै सम्भावनाहरु हुँदा हुँदै पनि त्यहाँसम्म पुग्ने फराकिलो मोटर बाटो, प्रहरी सुरक्षा र सञ्चारको अत्यावश्यक रहेको छ । पर्यटक र स्थानीयवासीहरुका सुविधाका लागि टेलिफोन टावर, इन्टरनेट र प्रहरी पोष्टको खाँचो रहेको होमस्टे सञ्चालक भिम ठकुरी बताउनु हुन्छ ।
स्थानीय व्यापारिक केन्द्र भएकाले पनि भविष्यमा जेफालेको पर्यटकीय सम्भावना बलियो देखिन्छ । यसका लागि राज्य र स्थानीयबासिन्दाले पनि ठोस पहल गर्नु आवश्यक देखिन्छ ।

सामुदायिक वनद्वारा विद्यार्थीलाई पोशाक वितरण

कुरकुरे डटकम
पथरी । मोरङ पथरीशनिश्चरे नगरपालिकामा रहेको दुर्गा माविमा अध्ययनरत ३० जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ । स्थानीय हरियाली सामुदायिक वन उपभोक्ता समूहले वनको आम्दानी मध्येबाट गरिवी न्यूनिकरण शीर्षक अन्तरगत उक्त छात्रवृत्ति वितरण गरेको हो ।
कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई सर्ट, पाइन्ट, एक÷एक थान कापी र पेन्सिल प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुलबहादुर मगर, सचिव कला गुरुङ, सह–सचिव लिला गुरुङ, एमाले नगर अध्यक्ष रमेश दाहाल, विद्यालयका प्रअ गोपाल भट्टराईलगायतले विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री प्रदान गरेका थिए । 
पोशाक तथा शैक्षिक सामग्री


वितरण कार्यक्रममा अतिथि नेकपा एमाले पथरीशनिश्चरे नगर अध्यक्ष रमेश दाहालले विपन्न वर्गका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न हरियाली सामुदायिक वनले प्रशंसनीय काम गरेको बताए । पोशाक र शैक्षिक सामग्री वितरणले विद्यालय पहूँच भन्दा बाहिर रहेका विद्यार्थीहरुलाई विद्यालयमा आउने वातावरण समेत बनाउने उनको भनाई छ ।
कार्यक्रममा हरियाली सामुदायिक वन उपभोक्ता समूहका सल्लाहकार संयोजक देवीप्रसाद भेट्वाल, विद्यालय व्यवस्थापन समितिका संस्थापक सदस्य राजु लामालगायतले बोलेका थिए । 
विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुलबहादुर मगरको प्रमुख आतिथि र विद्यालयका शिक्षक टिका दाहाल कार्यक्रम सञ्चालक थिए ।
कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री सहित दुई हजार नगद प्रदान गरिएको थियो ।

पथरीमा सितोरियर कराते गठन

पथरी । मोरङ जिल्ला सितोरियर टेक्निकल कमिटि अन्तरगत पथरीशनिश्चरे नगर कमिटि गठन गरिएको छ । कमिटिका जिल्ला उपाध्यक्ष विकाश चौधरीको अध्यक्षतामा सम्पन्न भेलाले काबुलबहादुर मगरको अध्यक्षतामा नौ सदस्यीय नगर कमिटी गठन गरेको हो । 
युवाहरु सामाजिक विकृति र कुलतमा लागेको भन्दै खेलकुदको माध्यमबाट सभ्य समाज निर्माण गर्ने उद्देश्यले उक्त कमिटी गठन गरिएको बताइएको छ । नव गठित कमिटिको उपाध्यक्षमा विरेन्द्रराज प्रसाई, सचिव सुरेन्द्र तुम्बाफो, सह–सचिव दिपा राई, कोषाध्यक्ष बवी मगर चयन भ
एका छन् । यसैगरी, सदस्यहरुमा सुरेन लिम्बू, सन्जिव मगर, टिकामाया मगर, सुमन लिम्बू रहेका छन् ।
भेलाले खेलकुद क्षेत्रको विकासका लागि एक संयुक्त सल्लाहकार समिति समेत गठन गरेको छ । जसमा डम्बर चेम्जोङ, जगन्नाथ धिमाल, लिलाबहादुर कटुवाल, मविन्द्र लिम्बू, धनकुमार तामाङ, रोशन हाङवाङ, विजय डाँगी, प्रतिक सुब्बा, र आइता तुम्बाफो रहेका छन् ।

सिमसार संरक्षणमा जिल्ला वन

मोहन भट्टराई 
पथरी । जिल्ला वन कार्यालय मोरङले विगत राष्ट्रिय वन कार्यक्रम अन्तरगत वनक्षेत्रमा रहेका सिमसार व्यवस्थापनका लागि लगानी गर्न थालेको छ । वनक्षेत्रमा भएका सिमसारको संरक्षण गर्दै पर्यापर्यटनलगायत माटो पानी जोगाउने उद्देश्यले कार्यक्रम सुरु गरेको हो । 
जिल्ला वन कार्यालयले सामुदायिक वन क्षेत्रभित्र रहेका सिमसारलाई संरक्षण गर्दै पर्यटकीय स्थलको रुपमा विकास गर्न विभिन्न स्थानका सिमसारलाई अनुदान सहयोग गरेको छ । संरक्षणको अभावमा वन क्षेत्रभित्र रहेका सिमसार सुक्न थालेको र त्यसले ओगटेको जमिन त्यसै खेर गइरहेकोले सिमसारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी आम्दानी गर्ने उद्देश्यले लगानी गरिएको सेक्टर वन कार्यालय मंगलबारेका प्रमुख सहायक वन अधिकृत एकराज दाहालले जानकारी दिनुभयो । यो कार्यक्रमले वनक्षेत्रमा भएका अवस्था विग्रिदै गएका र सुक्न लागेका सिमसार संरक्षणमा मद्दत पुग्ने उहाँको भनाई छ । 
बयरवनको ग्रामीण सुधार सा.व.उ.स.को कानेपोखरी
जिल्ला वन कार्यालयले आर्थिक वर्ष २०७२÷७३ मा मधुमल्ला स्थित मावा नुनसरी सामुदायिक वन क्षेत्रमा रहेको देवीथान सिमसारलाई १ लाख ५० हजार, मधुमल्लाकै मिक्लुङ्ग सामुदायिक वनमा रहेको कत्ले बेतीनी सिमसारलाई ३ लाख रुपैयाँ अनुदान दिएको छ । कार्यालयका अनुसार पथरीशनिश्चरेस्थित शान्ति सामुदायिक वनमा रहेको भुल्के जालपादेवी सिमसारलाई १ लाख ५० हजार, बेलबारीको ऐतिहासिक धनपाल गढीको पोखरीलाई ४ लाख र सुन्दरदुलारीस्थित हसिना सिमसारलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
मधुमल्लास्थित मावा नुनसरी सामुदायिक वन उपभोक्ता समूह भित्र रहेको देवी थान सिमसारलाई संरक्षणका लागि जिल्ला वन कार्यालयले गत वर्ष  ४ लाख रुपैयाँ सहयोग गरेको थियो । यसवर्ष समूहले आफ्नै आम्दानीबाट ५० हजार र जिल्ला वनको १ लाख ५० हजार खर्च गरी पोखरी निर्माण गरिएको छ । १७ कठाभित्र फैलिएको पोखरीको डिलमा विभिन्न जातका फुल, धुपीलगायतका विरुवा रोपिएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने र पिकनिक स्पटको रुपमा विकास गर्ने समूहको लक्ष रहेको अध्यक्ष  राजेन्द्रप्रसाद घिमिरे बताउनुहुन्छ । 
मधुमल्लास्थित मिक्लुङ्ग सा.व.उ.स.को कत्ले बेतिनी 
अतिक्रमणको चपेटामा परेको पोखरीलाई समूहले संरक्षण गर्दै आएको र जिल्ला वनको सहयोगले अझ विकास भएको समूहका सहायक लेखापाल जगत बस्नेत बताउनुहुन्छ । बस्नेतका अनुसार मधुमल्लालाई चिनाउने महत्वपूर्ण स्थानमध्ये यो पोखरी पनि एक हो । उक्त पोखरीबाट उम्रिएको जरुवा पानी नाइटे पानी भन्ने स्थानमा गएर मिसिन्छ । एक समयमा इनार, ट्युबवेलहरु नभएको बेला ताप्लेजुङ्ग, पाँचथर, इलामदेखि नुन, कपडा बोक्न आउने भरियाहरुले जंगलमा बासबस्दा त्यही नाइटेपानीको पानी पिउने गरेको सहायक लेखापाल बस्नेतको भनाई छ । 
हिउँदको खडेरीमा मधुमल्लाका प्रायः खोलाहरु सबै सुके पनि यस देवीथान पोखरीको जरुवा पानी नसुक्ने भएकाले कहीं आगलागी भएमा त्यहींको पानी प्रयोग गर्न सकिने भएकाले पनि त्यस पोखरीको संरक्षणको आवश्यकता रहेको उहाँ बताउनुहुन्छ ।
यस्तै, जिल्ला वनले सहयोग गरेपछि मधुमल्लाकै मिक्लुङ सामुदायिक वन क्षेत्रमा रहेको कत्ले सिमसार पोखरीलाई सुन्दर र मनमोहक बनाउन स्थानीय जुटेका छन् ।
मधुमल्लास्थित मावा नुनसरी सा.व.उ.स.को देवीथान
चालु आर्थिक बर्षमा उक्त सिमसार संरक्षणको लागि जिल्ला वन कार्यालय र जिल्ला भू–संरक्षण कार्यालयबाट करिव ८ लाख रुपैयाँ सहयोग भएपछि उपभोक्ताहरु सिमसार संरक्षणमा उत्साहीत भएका हुन् । सिमसार संरक्षणका लागि जिल्ला वन कार्यालयबाट तीन लाख रुपैयाँ र जिल्ला भू–संरक्षण कार्यालयबाट चार लाख ७६ हजार रुपैयाँ अनुदान सहयोग प्राप्त भएको मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सन्तोष लावतीले जानकारी दिनुभयो । भविष्यमा सिमसारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर वनको आम्दानी बढाउने लक्ष्य रहेको अध्यक्ष लावतीको भनाई छ । 
पोखरीको डिलमा बाल उद्यान, पिकनिक स्पट, डुङ्गा सयर, विभिन्न पशुपंक्षी समेत संरक्षण गरेर पर्यटक भित्रयाउने योजना रहेको अध्यक्ष लावती बताउनुहुन्छ । 
पञ्च बर्षीय यौजना रहेको ‘कत्ले सिमसार क्षेत्र’ ५ हेक्टरमा फैलिएको छ भने, पोखरी बीचमा टापुुरहेर वरिपरी घुमेको देखिन्छ । तीनतिर चोसो देखिने पानीको चाप रहेको पोखरीको वरिपरी धुपी, टिकलगायतका विरुवा समेत रोपिएको छ । 



पथरीशनिश्चरेस्थित शान्ति सा.व.उ.स.को भुल्के जालपादेवी
मोरङको पथरीशनिश्चरे–१ स्थित शान्ति सामुदायिक वन क्षेत्रभित्र रहेको भुल्के सिमसार क्षेत्रलाई व्यवस्थित गर्ने कार्यलाई तीव्रता दिइएको छ । जिल्ला वन कार्यालय मोरङले सिमसार तथा पर्यटकीय क्षेत्र विकासको लागि १ लाख ५० हजार सहयोग गरेपछि शान्ति सामुदायिक वनले सिमसार क्षेत्र विस्तारको लागि कार्य सुरु गरेको हो । पथरीशनिश्चरेलाई पर्यटकीय स्थलको रुपमा विका गर्ने उद्देश्यले सो कार्यको थालिएको समूहका कोषध्यक्ष तकवीर लिम्बूले जानकारी दिए । पथरीशनिश्चरेको गहनाको रुपमा रहेको त्यस सिमसार क्षेत्र संरक्षण अभावमा पानीको मुल सुकेर सिमसार नै लोप हुने खतरा बढेको भन्दै यसको संरक्षण गरी पर्यटकीय गन्तव्यकोरुपमा विकास गर्ने लक्ष रहेको कोषाध्यक्ष लिम्बू बताउँछन् । 
लगानी गर्ने संस्थाको नजर नपुगेका जिल्लाभरी दर्जनौं यस्ता सिमसारहरु संरक्षणको पर्खाइमा रहेका छन् । यस्तै संरक्षणको पर्खाइमा रहेको मोरङ बयरवनको ऐतिहासिक कानेपोखरी, पथरीशनिश्चरेको हरियाली सामुदायिक वन क्षेत्रमा रहेको सिमसार, सुन्दर सामुदायिक वनमा रहेको पोखरी पनि संरक्षण अभावमा सुक्ने खतरामा पुगेका छन् । कतिपय सिमसारहरु अस्थित्वमा मात्र सीमित छन् जसलाई संरक्षण र विकास गर्न सके पर्यटक भित्रयाएर वार्षिक लाखौं आम्दानी गर्न सकिन्छ ।

पशुमा नश्ल सुधार गरी आम्दानी दोब्बर

मोहन भट्टराई 
यदि तपाइको घरमा स्थानिय जातका गाईभैसी छन्् र त्यसले कम दुध दिएछ भनेर दिक्दार मान्नु भएको छ भने त्यस्तो गाईभैसी पनि अब उपयोगि हुने भएको छ । व्यवसायीक पशूपालनको माध्यमबाट कृषकहरुको जीवनस्तर उकास्न मोरङका सामुदायिक वनका उपभोक्ताहरुलाई नस्ल सुधार कार्यक्रममा सहभागि गराउने कार्य प्रारम्भ भएको छ । सामुदायीक वनहरुले पूर्वी मोरङका गाँउ, नगरहरुमा त्यस्ता कार्यक्रम अगाडि बढाएका छन् । 
सामुदायीक वनका उपभोक्ताहरुलाई उन्नत जातका पशु पालन तर्फ आकर्षित गराएर उनीहरुको आर्थिक स्तर उकास्न सहयोग पु¥याउने उद्देश्यले चौतारी सामुदायिक वन उपभोतmा समूहले पशु नश्ल सुधार योजना ल्याएको छ । सामुदायस्तरमा नै नश्ल सुधार योजना सञ्चालन गर्दै स्था
नीय जातका गाई, भैसी र बाख्रालाई उन्नत जातको उत्पादन गर्ने योजना सामुदायिक वनको रहेको छ । अध्यक्ष मेघराज चापागाई ।
सामुदायीक वनका उपभोक्ताहरुलाई प्राकृतिक पशु आहारका लागि पर्या

प्त सम्भावना हुने र स्थानीय जातका पशुहरु विस्थापीत भई यहीं तयार गरिएका उन्नत नश्लका पशुहरुको व्यवसायीक पालन गर्दा थोरै जोखिममा बढी आम्दानी लिन सकिने अध्यक्ष चापागाई बताउनुहुन्छ । सो क्रममा चौतारी सामुदायिक वन उपभोक्ता समूहले गोरु, राँगा र बोकाको नश्ल सुधार कार्यक्रम अगाडि बढाएको छ । त्यसबाट स्थानीय कृषकहरुलाई फाइदा पुगेको अध्यक्ष चापागाईको भनाई छ ।
अहिले ४ वटा प्रजनन् वस्तुहरु चौतारी सामुदायिक वनले संरक्षण गरीरहेको छ । जसमा मुर्रा जातको राँगा, होलस्टेन गोरु, जमुना पार जात र बोयर जातको बोका बीऊको रुपमा पालिएको छ । अध्यक्ष चापागाईका अनुसार अहिले दैनिक २ देखी ५ वटा गाईभैसी, दर्जनबढी बाख्राहरु कृषकहरुले उन्नत जातको बनाउन ल्याउने गरेका छन्् । 
सामुदायिक वनले पालिएका विऊ पशुको आहारका लागि खाली रहेको वन क्षेत्रको जग्गामा घाँसे बाली लगाएको छ । 
यस्तै सामुदायिक वनले कृतिम गर्भाधान गराउन चाहने कृषकहरुका लागि प्राविधिक सहयोग समेत उपलव्ध गराउँदै आएको छ । स्थानीय जातका पशूहरुमा उन्नत नश्ल भएका पशुहरुको क्रस गराएर नश्ल सुधार गर्ने कार्यक्रम मोरङका पथरीशनिश्चरे, बयरवन, उर्लावारी, लेटाङभोगटेनी, इन्द्रपुरलगायतका स्थानमा संचालन भएका छन् । 
यसैगरी, पथरीशनिश्चरे नगर भरी सेवा दिने उद्देश्यले चार वर्ष अघि स्थापना गरिएको सामुदायिक पशु प्रजनन् केन्द्रले पनि गाईभैसीको खोजी गर्दै कृक्रिम गर्भाधानको माध्यमले उन्नत बनाउने काम गरिरहेको छ । स्थानिय जातका गाईभैसीमा कृत्रिम गर्भाधान गराएपछि त्यसबाट जन्मिने बाच्छी उन्नत जातको हुने र त्यसको दुध उत्पादनमा झन्डै पाँच गुणा बढीे भएको केन्द्रका अध्यक्ष चन्द्रकुमार लिम्बूले जानकारी दिनुभयो । 
अध्यक्ष लिम्बूका अनुसार उक्त प्रजनन केन्द्रमा जुन सुकै किसानले ए आई गरेबापत गाईको ३ सय, भैसीको ३ सय र  बाख्राको समेत ३ सय रुपैया लिइने गरेको छ ।
स्थानिय जातका गाईभैसी बढीमा एकदेखी डेढ लिटर दुध मात्र दिने गरे पनि उसको अर्को पुस्ताले पाँच लिटरभन्दा बढी दूध पु¥याउने गरेको अध्यक्ष लिम्बूले दावी गर्नुभयो । 
आफूले चाहे अनुसारको उन्नत जातको पशुको उत्पादन हुने, छिटो, सजिलो र दूधको उत्पादनमा वृद्धि हुने भएकाले किसान कृत्रिम गर्भाधारण प्रक्रियामा आकर्षित भएको जिल्ला पशु सेवा कार्यालय मोरङले जनाएको छ ।

युवाको पहलमा सरसफाई


बयरवन, २३ साउन । स्थानीय युवाहरुको पहलमा आइतबार मोरङको बयरवनस्थित स्वास्थ्य चौकी परिसरमा वृहत्त सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । 
भर्खरै स्थापित नव युवा सञ्जाल र युथ फर सोसाइटीको संयुक्त आयोजनमा स्वास्थ्य चौकी हाताभित्र सरसफाई  गरिएको हो । स्वास्थ्य चौकी परिसरलाई सफा गर्नका लागि स्वास्थ्य चौकीका कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु र सर्वसारधणहरु आएर फोहोर सफा गर्नुका साथै परिसरको सडक बढारेका थिए । 



२०३० सालमा स्थापना भएको स्वास्थ्य चौकीलाई व्यवस्थित गर्दै वातावरण समेत स्वच्छ राख्न पहल थालिएको सञ्जालका संयोजक प्रकाश नाइका राईले बताउनु भयो ।
सरसफाईको सन्देश दिनका लागि सहभागिहरुको ¥यालीले बयरवन बजार समेत परिक्रममा गरेको थियो । स्वास्थ्य चौकीबाट सुरु भएको सरसफाई अभियान हरेक हप्ता बजार तथा चोकहरु समेतमा गरिने बताइएको छ ।

हरियाली र चौतारी वन समूहद्वारा वृक्षारोपण


पथरी । मोरङको पथरीशनिश्चरे–३ स्थित चौतारी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रको खालीखाल्सा ठाउँमा वृक्षारोपण गरेको छ । वन समूहले वातवरणीय संरक्षणलाई उच्च प्राथमिकता दिई २ हेक्टर भन्दा बढि जग्गामा १ हजार विरुवा रोपेको छ । विशेष गरेर छिटो वृद्धिविकास हुने जातका विरुवाहरु हरेक वर्ष लगाउँदै आएको अध्यक्ष मेघराज चापागाईले जानकारी दिए ।
Tree Plantation
Tree Plantation
वृक्षारोपण कार्यक्रममा बोल्दै वन समूहका पूर्व अध्यक्ष रत्नबहादुर बस्नेतले स्थानियस्तरमा वातावरण संरक्षणको अभियानलाई सहयोग गर्न वृक्षारोपण गरिएको बताए । उनले समूह वातावरणीय संतुलन कायम गर्नका लागि हर संभव प्रयासमा लागिरहने प्रतिबद्धता जनाए ।
सामुदायिक वन क्षेत्र र सडकको आसपासमा बिरुवा लगाई हरियाली बढाएर पहिरो नियन्त्रण गर्न वृक्षारोपण गरिएको बताइएको छ । वन समूहले खोला किनारमा बाँसका विरुवा रोपेर भू–क्षय हुन बाट रोकेको छ ।
वन समूहकी उपाध्यक्ष विष्णुकला श्रेष्ठले वृक्षारोपणले वनक्षेत्रसँगै समग्र वातावरणलाई हरियाली बनाउने बताइन् । उनले नाङ्गा डाँडापाखा र खाली क्षेत्रमा वृक्षारोपण गर्न सकेमा यसबाट सामुदायिक वनले पर्याप्त आम्दानी समेत गर्न सक्ने धारणा व्यक्त गरिन् 

यसैगरी, मोरङको पथरीशनिश्चरे २ स्थित हरियाली सामुदायिक वनले खाली खाल्सो जमिनमा वृक्षरोपण गरेको छ । सोमबार वन समूहका पदाधिकारीहरु, सल्लारकारु, लेखा समिति र टोली प्रमुख सहित करिब ६५ जनाको सहभागितामा विभिन्न जातका ६ सय विरुवा रोपिएको हो ।
जसमा टिक, मसला, लटर, खजुर लगायतका विरुवाहरु पक्की चिहानको खाली भागमा रोपिएको समूहका अध्यक्ष काबुल बहादुर मगर (विकास)ले जानकारी दिए । हरेक वर्ष समूहले वृक्षरोपण गर्दै आएकोमा यस पटक करिब १७ कट्ठामा विभिन्न जातका विरुवाहरु रोपिएको मगरको भनाइ छ ।

नेसेलुङ डांडा पूर्वको नयां पर्यटकीय गन्तव्य

मोहन भट्टराई
Tourism in Morang
 टांडीमा रहेको नेसेलुङ्ग डांडाबाट देखिएको चुलीपोखरी डांडा
पूर्वी नेपालका पर्यटकीय स्थानहरुमध्ये मोरङको नेसेलुङ्ग नयाँ र मनोरम गन्तव्य हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण, शान्त दृश्यावलोकनको हिसावले नेसेलुङ्गले विस्तारै आगन्तुकहरुलाई आकर्षित गरिरहेको छ ।
उर्लाबारीदेखि ७ किलोमिटर उत्तरमा अवस्थित टाँडी चोक देखि १ किलोमिटर उत्तर हुदै नेसेलुङ्ग डाँडामा पुग्न सकिन्छ । टाँडीको रतनपुरमा अवस्थित यो डाँडाको मुख्य विशेषता भनेको प्रकृतिक सौन्दर्यतामा रमाउनु हो । नेसेलुङ डाँडाबाट तराईका समथल भू–भागका अलवा मधुमल्ला, उर्लाबारी, दमक चौक देखिनुका साथै, टाँडीको सबैभन्दा ठूलो वगरले चिनिएको साखरे वगरको दृश्यवलोकन गर्न सकिन्छ । यस्तै, मिक्लाजुंग डाँडा अनि चुरे पहाड देख्न सकिन्छ । नेसेलुङ्ग डाँडाबाट टाँडीको अर्को पर्यटकीय स्थल चुली पोखरीको डाँडा समेत देख्न सकिने सकिने नेपाली कांग्रेस टाँडीका सभापति खगेन्द्र मादेन बताउनु हुन्छ ।
स्थानीयवासी ‘नेसेलुङ’लाई पवित्र ढुंगा मान्ने गर्छन् । आझेलमा परेको ठाँउलाई प्रचार प्रसार तथा यसको प्रर्वद्धनका लागि भनेर टाँडीका विभिन्न राजनीतिक दल, युवाहरु तथा स्थानीयवासीहरुले एक समिति समेत गठन गरेका छन् । जसमा नेपाली कांग्रेस टाँडीका गाँउ सभापति खगेन्द्र मादेनको संयोजकत्वमा १७ सदस्सीय नेसेलुङ डाँडा पर्यटन विकास समिति गठन गरिएको छ । समितिलाई वैधानिकता दिनका लागि दर्ता प्रक्रिया अगाडि बढाइएको मादनेले बताउनुभयो । मादनेका अनुसार उर्लाबारी, पथरी र दमकका मानिसहरुलाई लक्षित गरी यो ठाँउको प्रवद्र्धन गर्न लागिएको हो ।
सहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरु चुरे फेदी मन पराउने तथा प्राकृतिक सौन्दर्यतामा रमाउने गर्छन् । नेसेलुङ डाँडाले यी सबै चिजहरु समेटेको छ । हाइवे देखि नजिक तथा दृश्यावलोकन गरी सबेरै फर्कन सकिने भएकाले पनि डाँडाले आन्तरीक पर्यटकलाई लोभ्याउन सक्ने मादेनको तर्क छ । यस्तै, टाँडी क्षेत्रका विद्यार्थी, युवा/युवतीहरु पर्यटकीय ठाँउको खोजिमा अन्यत्र जानुपर्ने झन्झट नेसेलुङ डाँडाले हटाइदिने विश्वास गर्नुहुन्छ स्थानीय शिक्षक चन्द्र समी । समीका अनुसार नेसेलुङ डाँडामै पिक्निङ स्पट निर्माण गर्न सके आम्दानी बढ्नेछ ।
Tourism in Morang.
मोरङको टांडीबजार
नेसेलुङ डाँडा पर्यटन विकास समितिले १४ लाखको लागतमा आगामी असोज देखि भ्यू टावर निर्माण गर्ने जनाएको छ । यतिबेला भौतिक संरचना निर्माण कार्य शुरु भइसकेको समितिका अध्यक्ष खगेन्द्र मादेनले बताउनुभयो ।
पिक्निक स्पटको लागि आवश्यक पर्ने चौर निर्माण कार्य पनि सुरु गरिने मादनेले जानकारी गराउनुभयो । २०७४ सालको वैशाखमा फ्रि–वाइफाई सहितको भ्यू टावर निर्माण सम्पन्न हुने मादनेको दावी छ । दुई विगाहा क्षेत्रफलमा पैmलिएको नेसेलुङ डाँडा पर्यटकीय क्षेत्रको विकासका लागि टाँडी गाविसको ०७३/०७४को गाँउ परिषदबाट दुई लाख बजेट स्वीकृत गरेको छ । टावर निर्माणका लागि आवश्यक पर्ने बजेट विदेशमा रहने टाँडीवासी तथा संघसंस्थाबाट सहयोग मागिने मादेनले बताउनुभयो ।
स्थानीय व्यापारिक केन्द्र भएकाले पनि भविष्यमा नेसेलुङगको पर्यटकीय सम्भावना बलियो देखिन्छ । टाँडी दुर्गम गाविस भएर पनि पर्यटन विकास हुँदै गए पछि चर्चाको विषय बन्दै गएकाले यसका लागि राज्य र स्थानीयबासिन्दाले पनि ठोस पहल गर्नु आवश्यक देखिन्छ ।