वन्यजन्तु चोरीशिकारी बढ्दो

मोहन भट्टराई
जिल्लाका जंगलहरुमा पाईने विभिन्न वन्यजन्तु र पंक्षिहरुको चोरीशिकारी बढेको छ । चोरी शिकारीका कारण वन्यजन्तु र पंक्षिहरुको अस्तित्व संकटमा पर्न थालेको छ ।
जिल्लाको पूर्वीउत्तरी क्षेत्रमा पर्ने भोगटेनी, सिंहदेवी, लेटाङ, जाँते, टाँडी, मधुमल्ला, रमितेखोला एवं बयरवन, केरौन, बेलबारी, पथरीशनिश्चरेलगायतका गाविसको जंगलमा पाइने वन्यजन्तु तथा पंक्षिहरुको चोरीशिकार हुने क्रम तीव्ररुपमा बढेको हो । केही वर्षयता ती क्षेत्रका जंगलमा बाँदर, मृग, हरिण, स्याल, बँदेल, दुम्सी, सालक, सुनगोरोजस्ता वन्यजन्तु र कालिज, हुचिल, गिद्ध जस्ता पंक्षिहरुको संख्या चोरी शिकारीका कारण घटेको हो ।
२ वर्षअघि मानववस्ती भएको ठाउँमा आउने वन्यजन्तु अहिले जंगलमा भेट्न गाह्रो पर्ने गरेको मोरङ बयरवनस्थित ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष खड्ग बस्नेत बताउँछन् । शिकारीहरुले दिनदहाडै वन्यजन्तुमार्ने गरेको उनको भनाई छ ।
पैसाको प्रलोभन र शौखपुरा गर्न चोरीशिकारी ः
जुन चीज बजारमा कम पाइन्छ, त्यसको बजार भाऊ र माग पनि बढी नै हुन्छ । यो त अर्थशाश्त्रको नियम नै  हो । यस्तै, कतिपय यस्ता वन्यजन्तु तथा पंक्षी पनि छन् जुन चाहीं नेपालमा मात्र पाइन्छ । पाएसम्म जीउँदै र नपाएमा ती वन्यजन्तु र पंक्षीहरुका अंगप्रतयंगमात्र पनि धेरै मूल्यमा विक्री हुने भएकोले धेरै पैसा कमाउने प्रलोभनमा पारी तस्करहरुले स्थानीयलाई प्रयोग गर्ने गरेका हुन्छन् ।
अझैपनि गाउँघरमा जमिनदार, महाजनहरु शिकार गर्नुप्रतिष्ठा कै रुपमा लिने गरेका छन् । उनीहरु वर्षमा एकदुई पटक शिकार गर्न जंगल जाने गरेका छन् । अरुबेला सहरतिर या विदेशमा रहेका व्यक्तिहरु दसैंतिहार जस्ता चाडपर्वमा घर आउने र यसैबेला नजिकैको जंगलमा शिकारखेल्न जाने गर्छन् । यसले पनि लोपोन्मुख सुचीमा रहेका वन्यजन्तुहरुको अस्तित्व संकटमा परेको छ । चाडपर्वमा घरभरी मासुको उरुङ भएपनि शौख पूरागर्न शिकार गर्नेगरेकोले पनि चोरीशिकारी बढेको हो ।
तर, सामुदायिक वनहरुले संरक्षण गरेका कारण उजाड भएको वन क्षेत्र घनाभएपछि वन्यजन्तुको संख्या बढेको र चोरीशिकारी पनि बढेको सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ मोरङका अध्यक्ष अग्नी पौडेलको बुझाई छ । ‘विगतको तुलनामा वन्यजन्तु चोरीशिकारी अली बढेको सही हो, यसको मुख्य कारण भनेको उपभोक्ता समूहले वन संरक्षण गरेपछि घनाजंगल बढ्दै गयो, वन्यजन्तुको संख्या पनि बढेपछि चोरी शिकारी पनि बढेको हो भन्ने लाग्छ’ उनले भने । सालक, दुम्सी, चित्तल, हुचिल लगायतका लोपोन्मुख वन्यजन्तु चोरी निकासी बढेको हो । हाड, छाला, मासु, पित्त, रौं, दाँत बिक्री गरेर धेरै पैसा कमाउनका लागि वन्यजन्तुको चोरी शिकारी हुने गरेको स्थानीयको भनाइ छ । सालकको खपटा किन्नकालागि खरिदे गाउँमै आउने भएकाले शिकारीहरु लुकीछिपी सालकको चोरी शिकारीमा लाग्ने गरेका छन् । उनीहरुका अनुसार एउटा सालकको खपटा १० हजार देखि २० हजारसम्ममा बिक्री हुन्छ ।
यस्तै, १ लाखदेखि ३ लाख सम्ममा बिक्री हुने भएकाले जिल्लामा हुचिलको चोरी शिकारी बढ्दो छ । वन्यजन्तु मारिएको विषयमा जानकारी आएपछि घट्नास्थल पुग्ने प्रहरी समेत उल्टै त्यसको मासु खाएर फर्किने गरेको स्थानीयको आरोप छ ।
हतियार फिर्ता गरेका कारण चोरीशिकारी बढ्यो ः
द्वन्द्वका समयमा स्थानिय प्रशासनमा बुझाईएका हतियार फिर्ता भएपछि वन्यजन्तु र पंक्षिहरुको चोरीशिकारी मौलाएको छ । तिनै फिर्ता भएका भरुवा बन्दुक शिकारीले बढी मात्रामा प्रयोग गर्ने गरेका छन् । बयरवनको ग्रामिणसुधार सामुदाियक वनका पदाधिकारीहरुले विभिन्न समयमा गरी आधादर्जन घरेलु हतियार बरामद गरेका थिए । वन क्षेत्रमा चोरीशिकारी गर्न लागेको अवस्थामा वन पदाधिकारी र गस्ती टोलीले हतियारसहित केही शिकारीहरुलाई समातेका थिए । उनीहरुलाई वन समूहले आन्तरिक कारवाही गरेर आइन्दा नगर्ने सर्त छोडेको वन समूहका कोषाध्यक्ष खड्ग बस्नेत बताउँछन् ।
तस्करको सञ्जाल ः
केही महिनाअघि प्रहरीले बँदेलसहित चोरी शिकारीमा संलग्न ३ जनाशरणार्थीलाई पक्राउ गरेको थियो । भुटानी शरणार्थी शिविर शनिश्चरेका २६ वर्षीय डिकबहादुर राई, २८ वर्षीय कर्णबहादुर सुब्बा र पथरी १ का मारुती भेन चालक ३९ वर्षीय हेमकुमार लिम्बूलाई उर्लाबारी प्रहरीले पक्राउ गरेको थियो ।
तीन युवाले पथरीको जंगलमा गोली हानेर बँदेल मारी हेमकुमार लिम्बूको को १ च ४२७९ नम्बरको भेनमा हालेर बिहान साढे चार बजेको समयमा उर्लाबारीतर्फ लैजाँदै गरेका उनीहरुलाई प्रहरीले आवश्यक कारबाहीका लागि बँदेल, पक्राउ परेका व्यक्ति तथा भेनलाई सेक्टर वन कार्यालय मंगलबारेमा बुझाएको थियो । पक्राउ परेकाहरूले तस्करीमा संलग्न पथरीका अर्कै व्यक्तिले आफूहरूलाई प्रयोग गर्ने गरेको प्रहरीमा बयान दिएकाले तस्करीको सञ्जाल रहेको पुष्टि भएको प्रहरीको भनाई छ ।
त्यस्तै, जाँतेको बसन्तहरियाली सामुदायिक वनका पदाधिकारीले विक्री गर्न लागिएको अवस्था तीन वटा टोक्के (गोरो) फेला पारी सेक्टर वन कार्यालय मंगलबारेलाई बुझाएका थिए । ती भेटिएका टोक्के सेक्टरवनकै कार्यालय हाता भित्र रहेको जंगलमा छोडिएको थियो । यसैगरी, बयरवनको ग्रामिणसुधार सामुदायिक वन क्षेत्रमा दैनिक जसो शिकारीहरु बँदेल र दुम्सी मार्न पासो थापेर बसेको भेटिने गरेको एक स्थानिय बताउँछन् । तस्करहरुले बँदेलको मासु प्रतिकिलो ७ सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्ममा उर्लाबारी, पथरी, बेलबारी, इटहरी, विराटनगरसम्म लगेर बिक्री गर्ने गरेको स्रोत बताउँछ । शिकारीहरुले चोरी गरेर वन्यजन्तु मारेको प्रहरी प्रशासन तथा सम्बन्धित निकायमा खबर गर्नेलाई ज्यानमार्ने किसीमका धम्की दिने गरेकाले कतिपय यस्ता घटनाहरु बाहिर नआउने स्रोतको भनाई छ ।
छुट्टै वन्यजन्तु अपराध नियन्त्रण इकाइ स्थापना ः
वन्यजन्तु चोरी शिकार तथा अवैद्य व्यापार नियन्त्रण गर्ने विषयमा नेपाल प्रहरीको अनुसन्धान व्युरो र विश्व वन्यजन्तु कोषबीच गत असार सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
नेपालका दुर्लभ तथा महत्वपूर्ण वन्यजन्तुको चोरी शिकारी तथा तीनको अंग प्रत्यंगको गैरकानूनी व्यापार नियन्त्रणका लागि ती दुई संस्था मिलेर पाँच वर्षसम्म कार्यक्रम सञ्चालन गर्न सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
सो सम्झौताअनुसार वन्यजन्तुको चोरी शिकारी नियन्त्रणको लागि नेपाल प्रहरीले चलाउने कार्यक्रमका लागि कोषले आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउनेछ । उक्त समझदारीअनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोअन्तर्गत छुट्टै वन्यजन्तु अपराध नियन्त्रण इकाइ स्थापना गर्ने, नेपाल प्रहरीका विभिन्न इकाइलाई वन्यजन्तुको चोरी सिकार तथा अवैध व्यापार नियन्त्रण कार्यमा परिचालन गर्न समन्वय गर्ने, सुक्ष्मरुपमा अनुसन्धान तथा अन्वेषण गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट स्रोत तथा साधनको आवश्यक व्यवस्था गर्नेलगायत कार्य रहेका छन् ।
त्यस्तै प्रहरीको जनशक्तिलाई वन्यजन्तु तथा अपराध नियन्त्रण एवम् अनुसन्धानसँग सम्बन्धित विषयमा दक्षता अभिवृद्धि गर्न सहयोग गर्ने तथा वन्यजन्तु अपराध नियन्त्रणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रयोग भएका नवीनतम प्रविधिको प्रयोगमा कर्मचारीको क्षमता अभिवृद्धि गर्न पहल गर्ने उद्देश्य राखिएको छ ।
नियन्त्रणका लागि ः
वन्यजन्तु तथा पंक्षी चोरीशिकारी नियन्त्रणका लागि पहिलो कुरा घरेलु हतियार निर्मूल गरिनु पर्ने र जनचेतना वृद्धि गर्नु आवश्यक हुन्छ । जिल्ला वन उपभोक्ता महासंघ मोरङका अध्यक्ष अग्नी पौडेल वन कर्मचारीले हतियार सहित वन गस्ती गर्ने र वन समूहहरु पनि सचेत भएर लाग्ने हो भने चोरीशिकारी नियन्त्रण हुने विश्वास व्यक्त गर्छन् ।
कारवाहीमा समस्या ः
सामुदायिक वन क्षेत्रभित्र भएका चोरीशिकारीका घटनामा संलग्नलाई गाउँघरतिरै मिलाएर छोडिने गरेकोले त्यस्ता मुद्दाहरु जिल्लासम्म आइनपुग्ने गरेको जिल्ला वन कार्र्यालय मोरङमुद्दा फाँटका रामलाल ठाकुर बताउँछन् । यस्तै, हतियारसहित पक्राउ परेका व्यक्तिहरुको सवालमा हातहतियार तथा खरखजाना सम्बन्धि मुद्दा जिल्ला प्रशासन कार्यालयले हेर्ने भएकोले वन कार्यालयको त्यसमा त्यति हात नहुने उनको भनाई छ ।
सजाय ः
वन ऐन ०४९ मा संरक्षित सूचीमा पर्ने २७ किसिमका वन्यजन्तु चोरी शिकारी गर्नेहरूका लागि १५ वर्षसम्म कैद र डेढलाख रुपियाँसम्म जरिवानाको व्यवस्था छ । सामान्य वन्यजन्तुका लागि दुई वर्षसम्म कैद, १० हजार रुपियाँ जरिवाना अथवा दुवै सजाय हुने व्यवस्था छ ।

वैज्ञानिक वन व्यवस्थापनबाट फाइदै फाइदा

मोहन भट्टराई
सालका नया“ बिरुवा उत्पादन हुने क्रम रोकिएपछि सरकारले वैज्ञानिक वन व्यवस्थापनमार्फत बिरुवा उत्पादन कार्य सुरु गरेको छ ।
जिल्ला वन कार्यालय मोरङले लाटीझोडा वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन थालेको हो । वन कार्यालयले जिल्लाको पूर्वीउत्तरी क्षेत्रका पाँच गाविसलाई समेटेर साझेदारी वन व्यवस्थापन समिति गठन गरी वैज्ञानिक वन व्यवस्थापनको काम सुरु गरेको हो ।
कार्यालयले मोरङको केराबारी, सुन्दरपुर र याङशिला गाविसमा पर्ने १९५ हेक्टरमा साझेदारी वनको अवधारणाअनुसार वैज्ञानिक व्यवस्थापन शुरु गर्न थालेको हो । जिल्ला वन कार्यालयले वैज्ञानिक वन व्यवस्थापन गर्ने योजना अनुरुप पहिलो चरणमा १९५ हेक्टरलाई चार खण्डमा विभाजन गरेर वन व्यवस्थापनको काम भइरहेको छ । तयार गरिएको चारवटा कम्पाटमेन्ट मध्ये एउटा ४ सय हेक्टरको छ भनें एउटा कम्पाटमेन्टमा ५० हेक्टरका दरले आठवटा सव–कम्पाटमेन्ट बनाई रेखाङ्कन गर्ने कार्य सुरु गरेको हो । जसमा वन कार्यालयका प्राविधिक, कर्मचारी र साझेदारी वन व्यवस्थापन समिति समेत मिलेर फायरलाईन (अग्नी नियन्त्रण रेखा) निर्माण कार्य थालिएको हो ।
लाटीझोडा वन क्षेत्रलाई एउटा आधार बनाई प्रत्येक १० वर्षसम्म एक भागमा कार्य गर्ने योजनाका साथ काम सुरु गरिएको सहायक वन अधिकृत जनक पाध्याले जानकारी दिए । सम्पूर्ण वनलाई सालवनमा परिवर्तन गर्ने उद्देश्यलाई कार्यान्वयन गर्न वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको जानकारी पाध्याले दिए ।‘साझेदारी वनको अवधारणा अन्तरगत वैज्ञानिक वन व्यवस्थापन गर्न सके यस क्षेत्रको वन संरक्षण हुनुका साथै दक्षिणी सीमा क्षेत्रका उपभोक्ताको वनमा अधिकारसमेत कायम हुने छ’– सहायक वन अधिकृत पाध्याले भने । उनले वन क्षेत्रमा फायर लाइन निर्माण गर्दा डढेलोबाट वनजङ्गल जोगाउन सहज भएको समेत जानकारी दिए ।
जिल्लामा पहिलो पटक सञ्चालन हुन लागेको सो कार्यक्रम मोरङको सुन्दरपुर गाविसलाई केन्द्रमा राखेर वरपरका दुई गाविस समेटी आगामी ८० वर्षभित्रमा १ सय ९५ हेक्टर क्षेत्रका बुढा र पुराना सबै रुख काटिसक्नेगरी वैज्ञानिक वन व्यवस्थापनको कार्यक्रम अघि बढाइएको लाटीझोडा साझेदारी वन व्यवस्थापन समिति संयोजक राजकुमार राईले बताए । वैज्ञानिक वन व्यवस्थापन अनुसार यस वर्ष काम शुरू भएका सव–कम्पाटमेन्टमा पनि नियमित रूपमा काम जारी राखिरहनु पर्नेछ । यसरी विभाजित गरिएका सव–कम्पाटमेन्टमा ८० वर्षमा काम पुरा हुँने र यो चक्र पुनः पहिलो सव–कम्पाटमेन्टमा शुरू हुने हुँदा वनबाट हुने उत्पादनको प्रतिफल प्रभावकारी रूपमा लिन सकिने प्रगति लाटीझोडा साझेदारी वन समितिका संयोजक राजकुमार राईले बताए ।
वैज्ञानिक वन व्यवस्थापन रणनीति–२०६८ ले निर्धारण गरेको कानूनी परिधिभित्र रहेर वन व्यवस्थापनको काम अघि बढाइएको जिल्ला वन कार्यालय मोरङका प्रमुख दीपक ज्ञवालीले जानकारी दिए । अहिले जसरी वन पैदावारको उपभोग भएको छ सोही अनुसार संरक्षण पनि हुन सकेन भने भावी पुस्ताले वन पैदावार उपभोग गर्न नपाउने भएकाले भावी पुस्ताको उपभोग अधिकार सुनिश्चितताका लागि पनि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यान्वयन गर्नु अनिवार्य रहेको ज्ञवालीको भनाई छ ।
मोरङमा रहेको चारकोशे झाडीमध्ये १० हजार हेक्टर क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन गर्न सकिने र त्यसबाट वनको अवस्थामा सुधार आई राज्यले प्रशस्त लाभसमेत लिन सक्ने उनको भनाइ छ ।
पहिलो चरणमा सुन्दरपुरको लाटिझोडामा वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत पुराना उमेर पुगेका तथा धोजपोच भएका रुखहरु निकाल्ने कार्य जिल्ला वन कार्यालयले गरेको छ । यसबाट खेर गइरहेको काठको सदुपयोग हुने र प्रत्येक वर्ष औसतमा ८४ हजार क्युविक फिट काठ आपूर्ति गर्न सकिने बताइएको छ ।
अहिले जिल्लामा वार्षिक ३० हजार क्युविक फिट काठ उत्पादन हुँदै आएको छ भने माग झण्डै एक लाख क्यूविक फिटभन्दा बढी छ ।
साझेदारी कार्यक्रमअन्तर्गत पहिलो चरणमा शुरु गर्न लागेको सुन्दरपुर क्षेत्रले वनदेखि टाढाका पाँच गाविसलाई आफ्नो उपभोक्ता बनाएको छ । चालु आर्थिक वर्षमा साझेदारी वनबाट ७४ हजार ३ सय २० क्युविक फिट काठ र १ सय २८ चट्टा दाउरा संकलन हुने बताईएको छ ।
वनभित्रको व्यवस्थापन, वन संरक्षण र वनबाट गर्न सकिने आयआर्जनलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सो क्षेत्रका चार वटा सामुदायिक वन समेटिएका छन् । वन संरक्षणसँगै स्थानीयको आयआर्जनसँगै जोडेर कार्यक्रम सञ्चालन गरिने वन कार्यालयको भनाइ छ ।
नेपालमा कुल जमिनको २९ प्रतिशत अर्थात चार करोड, २६ लाख ८८ हजार हेक्टर वन क्षेत्र छ । त्यसमा ५१ प्रतिशत अर्थात् दुई करोड १७ लाख ९३ हजार हेक्टर जमिन सदुपयोग गर्न सकिने सरकारको अनुमान छ ।
के हो वैज्ञानिक वन व्यवस्थापन ?
सामान्य अर्थमा वैज्ञानिक वन व्यवस्थापन भनेको व्यवस्थित रूपमा जंगलमा गरिने गोडमेल हो । पुराना रूख हटाउनु र नयाँ बिरुवा उत्पादन हुने गरी व्यवस्थापन गर्नु वैज्ञानिक वन व्यवस्थापन हो । यसमा निश्चित वन क्षेत्र पहिचान गरिन्छ र वैज्ञानिक टुल्सद्वारा वनको माउ रूख पत्ता लगाइन्छ । यसरी वैज्ञानिक र आधुनिक प्रविधि प्रयोग गरेर पुराना रूख हटाएर नयाँ बिरुवा हुर्काउने पद्धति नै वैज्ञानिक वन व्यवस्थापन हो ।
वैज्ञानिक वन व्यवस्थापन गरे ४० अर्ब आम्दानी
वैज्ञानिक वन व्यवस्थापनबाट साविकमा जति फाइदा लिन सकिन्छ त्यसको दोब्बर आम्दानी हुने जिल्ला वन कार्यालय मोरङका प्रमुख दीपक ज्ञवाली बताउँछन् । उनले मोरङ जिल्लामा आधुनिक वन व्यवस्थापन लागू गरी यस क्षेत्रका जनताको काठको माग पूरा गर्ने विश्वास व्यक्त गरे । यस्तै, सहायक वन अधिकृत जनक पाध्याले वैज्ञानिक वन व्यवस्थापन लागू भएमा सालको काठको मूल्य रु २ हजार ४०० क्युफिट कायम हुने दावी गरे ।
सरकारी अध्ययनअनुसार नेपाली वनको वैज्ञानिक व्यवस्थापन गरिए वार्षिक ४० अर्ब रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ । जुन अहिले भइरहेको वार्षिक औसत आम्दानीको ८५ गुणा बढी हो । तर, सरकारले सम्पूर्ण वनको वैज्ञानिक व्यवस्थापन गर्न तदारुकता देखाएको छैन । वन विभागले केही समयअघि गरेको अध्ययनअनुसार वनको वैज्ञानिक व्यवस्थापन गरिए अर्बाैंमा आम्दानी बढ्ने मात्रै होइन, पाँच लाखभन्दा बढीले वर्षैभरि रोजगारीसमेत पाउनेछन् । जसले मुलुकको आर्थिक विकासमा समेत उल्लेख्य योगदान पु¥याउने प्रतिवेदनले औंल्याएको छ ।
वन विभागका अनुसार पछिल्ला दश वर्षमा वनबाट औसत वार्षिक ४७ करोड रुपैयाँ राजस्व उठिरहेको छ । आर्थिक वर्ष ०७० र ७१ मा ९४ करोड २५ लाख राजस्व उठेको छ ।
‘वैज्ञानिक व्यवस्थापन गर्न सक्ने हो भने वनबाट अर्बाैं रुपैयाँ आम्दानी हुन्छ, तर त्यस्तो सम्भावनाबाट राज्यले फाइदा लिन नसक्नु दुःखद् हो,’ एकीकृत नेकपा माओवादीका जिल्ला नेता एवं जिल्ला वनक्षेत्र समन्वय समिति सदस्य ज्ञानेन्द्र ढकालले भने ।
कार्यान्वयमा चुनौतिहरु ः
दक्ष जनशक्ति अभाव
वैज्ञानिक वन व्यवस्थापन लागू गर्न आवश्यक पर्ने दक्ष र तालिमप्राप्त जनशक्ति नहुनु पनि थप समस्या भएको छ । हाल वनमा रहेको जनशक्तिलाई दक्ष र क्षमतावान बनाउन तालिमको आवश्यकता रहेको वन अधिकृत ज्ञवालीले जानकारी दिए । त्यस्तो तालिम दिन स्रोतको अभावसमेत रहेको अधिकृत ज्ञवालीले बताए ।
राजनीतिक प्रतिबद्धता र सरकारको प्राथमिकतामा नपर्नु
वैज्ञानिक वन व्यवस्थापन लागू गर्ने विषयमा राजनीतिक दलहरुले चासो नदिएका कारण कार्यान्वयनमा समस्या भएको भुक्तभोगीहरुको अनुभव छ । दलहरुले एजेण्डाका रुपमा लानुको सट्टा यसलाई गलत प्रचार गरी प्रोपोगाण्डा गर्ने गरेको बताइन्छ । राजनीतिक प्रतिबद्धता नहुनु र सरकारको प्राथमिकतामा समेत नपरेका कारण वैज्ञानिक वन व्यवस्थापन गर्न कठिनाइ भएको छ । वन मन्त्रालयका अनुसार ०२४ देखि नै नेपालमा वैज्ञानिक वन व्यवस्थापनको अवधारणा आएपनि तत्कालीन सरकारहरूले यो अवधारणालाई व्यावहारिक रूप दिन चासो देखाएनन् ।
पाँच जिल्लाका केही वनमा भने परीक्षणका रूपमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु गरिएको छ । कपिलवस्तु, रुपन्देही, कैलाली, मोरङ र नवलपरासीका केही वनमा कार्यक्रम सुरु गरिएको वन विभागले जनाएको छ ।
वन मन्त्रालयका अनुसार नेपालको कुल वन क्षेत्रको ५१ प्रतिशत ९२१ लाख ८० हजार हेक्टर० वन क्षेत्र उत्पादनमूलक वैज्ञानिक व्यवस्थापन गर्न योग्य छ । राम्रा वैज्ञानिक वन व्यवस्थापन हुँदा राम्रा जंगलबाट मात्रै वार्षिक एकदेखि डेढ करोड क्युफिटसम्म काठ निकाल्न सकिन्छ । नेपालमा ४२ लाख ६८ हजार आठ सय हेक्टर वन क्षेत्र रहेको छ । जुन समग्र भू–भागको २९ प्रतिशत हो । बुट्यान र झाडीसहितको वन क्षेत्र भने ५८ लाख २८ हजार रहेको छ । जुन समग्र भू–भागको ३९ दशमलब ६ प्रतिशत हो ।
यस कारण वैज्ञानिक वन व्यवस्थापन
—    वार्षिक राजस्व ४० अर्ब संकलन गर्न ।
—    पाँच लाखभन्दा बढीलाई रोजगारी दिलाउन ।
—    काठ आयातमा बिदेसिने अर्बाैं रुपैयाँ स्वदेशमै राख्न ।
वन जोगाउन वन अधिकृतसँग सम्झौता
वन संरक्षणलाई जवाफदेही र परिणाममुखी बनाउन वन तथा भूसंरक्षण मन्त्रालयले पूर्वका नौ जिल्लाका वन अधिकृतसित सम्झौता गरेको छ । वन तथा भूसंरक्षण मन्त्रालय र जिल्ला वन अधिकृत तथा भूसंरक्षण अधिकृतसँग कात्तिक ७ गते धनगढीबाट सुरु भएको वन अधिकृतसँग कार्यसम्पादन सम्झौता अभियान विराटनगर आएर सम्पन्न भएको छ ।
सम्झौतापत्रमा वनको संरक्षण, वैज्ञानिक वन व्यवस्थापन, वन क्षेत्र थप गर्ने वा पुनःस्थापन गर्ने तथा गुणस्तरीय विरुवा उत्पादन र नयाँ कार्यक्रम गर्ने उल्लेख छ । मन्त्रालय र वन अधिकृतबीच भएको सम्झौता समयावधि एक वर्षको रहनेछ । वन संरक्षणलाई प्रभावकारी बनाउन मन्त्रालयले यो अभियान थालेको बताइएको छ ।
अभियानमा देशभरिका ३६ जिल्लाका वन तथा भूसंरक्षण अधिकृतसँग सम्झौता भएको छ । सम्झौताले २६ लाख ९० हजार १५ हेक्टर  वन संरक्षण हुने जनाइएको छ । त्यसैगरी सम्झौताले ९१ हजार ८ सय ९८ हेक्टर वन क्षेत्रको वैज्ञानिक व्यवस्थापन हुने तथा २५ हजार ६५ हेक्टर वन पुनःस्थापन र थप हुने प्रस्तावमा उल्लेख गरिएको छ । सम्झौताअनुसार ती जिल्लामा १ करोड ७२ लाख ४१ हजार विरुवा उत्पादन हुने दावी गरिएको छ ।

युवाको प्रयासमा स्थापना भएको अस्पताल

स्वास्थ्य उपचारकालागि कठिनाइ भोग्दै आएका ग्रामिण एवं सहरी क्षेत्रका वासिन्दाहरुको सुविधाकालागि झापाको दमकमा स्थापना गरिएको नमस्ते पब्लिक हस्पिलले सात वर्षसम्मको अवधिमा हजारौंलाई सेवा प्रदान गरिसकेको छ । 
निजी क्षेत्रको लगानीमा सञ्चालित सुविधा सम्पन्न अस्पताल मध्येको दमकमा नमस्ते पब्लिक हस्पिटल प्रालि यहााको दोस्रो ठुलो अस्पताल हो । प्रालिका अनुसार अस्पतालमा नाक, कान, घााटी रोग विशेषज्ञ सेवा र बाल तथा नवजात रोग विशेषज्ञको नियमित ओडिपी सेवा सञ्चालनमा ल्याइसकेको जानकारी दिएको छ । प्रालिका अध्यक्ष कुबेर भट्टराईका अनुसार नेपाल सरकारले तोकेको नियम पुरा गर्दै आवश्यक भौतिक पूर्वाधार, स्वास्थ्य उपकरणहरुसमेत पर्याप्त छ । अध्यक्ष भट्टराईले भने–‘यस अस्पतालले यहाा आउने विरामीहरुलाई छिटोभन्दा छिटो र सस्तो मूल्यमा गुणस्तरीय सेवा प्रदान गरेकोछ ।’
युवाको दृढ चाहना भयो भने गुणस्तरीय स्वास्थ्य सेवा दिएर नमूनाका रुपमा चिनाउन सकिन्छ भन्ने कुरा पब्लिक हस्पिटलले प्रमाणित गरेर देखाएको छ । २०६६ सालमा ४ जना युवा चिकित्सकको अठोट र दृढतामा खोलिएको यो अस्पताललाई उदाहरणीय रुपमा विकास गरी हाल एउटा नमूना अस्पतालको रुपमा देख्न सकिन्छ । एउटा लक्ष्यका साथ लगनशील भएर अघि बढेको खण्डमा सफलता मिल्छ भन्ने कुराको उदाहरणका रुपमा पब्लिक हस्पिटलललाई लिन सकिन्छ । झापा जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित सुन्दर नगरी दमक नगरपालिकाको वार्ड नं. १३ स्थित पूर्व पश्चिम लोकमार्गसागै पश्चिम बस स्टेण्डमा स्थानीय स्वास्थ्यकर्मीद्वारा स्थापना गरिएको हेल्य केयर सेन्टर स्थापनाको छोटो समयमा नै स्थानीयवासीको चाहाना अनुरुप २०६९ सालमा नमस्ते पब्लिक हस्पिटल स्तरोन्तरी भएको हो । 
यस अस्पतालको विकास तीव्रगतिमा हुनुको प्रमुख कारण भनेकै सकारात्मक सोच बोकेका युवाहरुको नेतृत्व भएको प्रमाणित भैसकेको छ । यस अस्पतालका संचालक समितिका अध्यक्ष कुवेर भट्टराई भन्छन् –‘युवाशक्तिलाई विश्वास गरेर जिम्मेवारी दिएको खण्डमा जस्तोसुकै कठिन काम किन नहोस्, सही मार्गमा अघि बढाउाछन् भन्ने थुप्रै आधारहरु हाम्रा सामु स्थापित भैसकेका छन् ।’
अस्पतालमा हाल बाल तथा नवजात रोगको सेवा, मानसिक रोग, नाक, कान, घााटी रोगको सेवा, छाला रोगको उपचार सेवा दिइरहेको जनाएको छ । यसैगरी, अटोमेटिक कम्प्युटराइज मेशिनबाट ल्याब सेवा, फार्मेसी सेवा, एक्स रे सेवा, सञ्चालनमा ल्याएको जनाएको छ । अस्पतालले आफ्नै स्रोत र साधानबाट भविष्यमा विभिन्न स्वास्थ्यसाग सम्बन्धित शैक्षिक कार्यक्रमहरु पनि सञ्चालन गर्ने लक्ष्य लिएको छ । यसैगरी, डिजिटल एक्स रे, भिडियो एक्स रे, २४ सै घण्टा प्याथोलोजी सेवालगायत इमरजेन्सी सेवा सञ्चालन भइरहेको छ । ‘भविष्यमा रोग निधानको सम्पूर्ण विशेषज्ञता सहित नेपालको एउटै मात्र अस्पतालका रुपमा नमस्ते पब्लिक हस्पिटललाई स्थापित गर्ने हाम्रो चाहना हो । हामी त्यसतर्फ लम्किरहेका पनि छौा’–अध्यक्ष भट्टराईले भने ‘मेरो चाहना त कोही पनि विरामी नहुन् भन्ने हो तर, विरामी भइसकेपछि आफ्नै देशमा सम्पूर्ण सुविधा पाउनुपर्छ ।’ अध्यक्ष भट्टराईले सधैं निरोगी रहनलाई शारीरिक स्वतन्त्रता राख्नुपर्ने हानिकारण वस्तु सेवन नगर्ने  खानपिनमा कन्ट्रोल राख्नुपर्ने र निरन्तर व्यायाम गर्नुपर्ने सुत्र दिए । 
हाल यस अस्पतालमा ११ जना डाक्टरहरु सहीत ३५ जना प्रविधिक तथा कर्मचारीहरुबाट दैनिक ३ सयजना बिरामीलाई सेवा दिईरहेको छ । हस्पिटलले सेवाग्राहीहरुका लागि विभिन्न अतिरिक्त सुविधाहरु प्रदान गर्दै आएको छ । जसमा वृद्धवृद्धा, गरिब, अपाङ्गहरुलाई विशेष छुटको सुविधा, पर्याप्त उपचार कक्ष भएको, उपचार कक्षहरुमा एसी जडान गरिएको, कोलाहल रहित शान्त क्याविन सहितको विरामी भर्ना कक्ष रहेको छ । त्यसैगरी, अस्पताल परिसरमा २४ सै घण्टा सीसी क्यामराद्वारा निगरानी, बिजुली तथा




शुद्ध खानेपानीको २४ सै घण्टा ब्यवस्था, पर्याप्त पार्किङ्गको व्यवस्था गरिएको छ । तालिम प्राप्त तथा अनुभवी स्वास्थ्यकर्मीहरुद्वारा सेवा प्रदानका साथै सिर्जनशील स्वास्थ्यकर्मी युवाहरु संचालक रहेको चुस्त व्यवस्थापनमा सञ्चालित यस हस्पिटलले भविष्यमा पनि अन्य सुविधाहरु थप गर्दै जाने लक्ष लिएको छ ।
नमस्ते पब्लिक अस्पताललाई यसरी पनि हेर्न सकिन्छ : चिकित्सा पेसालाई इथिकल प्राक्टिस गर्ने उत्कृष्ट नमुना थलो । बिरामीको उचित ध्यान दिई सरल र सुलभ सेवा प्रदान गर्ने थलो । सहर केन्ऽित मात्र नभई गाउा एवम् दुर्गम भेगका जनतामा केन्ऽित सेवा । 
निकट भविष्यमा सुविधा सम्पन्न आफ्नै निजी भवन बनाउने उद्देश्य रहेको अध्यक्ष भट्टराईले जानकार दिए । ‘विभिन्न शिक्षण अस्पतालसाग सहकार्य गरी थप विशेषज्ञ डाक्टरको सुविधा विस्तार गर्ने हाम्रो योजना छ’–उनले भने ‘थप सेवा प्रदान गर्नका लागि अस्पताललाई १०० शैयामा विस्तार गर्नेछौं ।’ त्यसैगरी एक अक्षय कोष स्थापना गरी बृद्धा, अपाङ्ग, असाहाय, गरिव, दु:खीलाई नि:शुल्क सेवा प्रदान गर्ने व्यवस्था मिलाउने, आधुनिक प्रविधिलाई आत्मासात गर्दै प्रविधियुक्त अस्पताल बनाउने समेत तयारी भइरहेको उनको भनाई छ । 
स्वास्थ्य सेवा भनेको यस्तो क्षेत्र हो, जुन सरल तरिकाले उपलब्ध हुनुपर्छ । स्तरीय सेवा तथा सबैको पहुाच हुनु पनि अति जरुरी छ । 

पशुपालनमै समर्पित लीलादेवी

लीलादेव न्यौपाने, उर्लाबारीभरीमा परिचित नाम हो । उहाा बिहान सबेरै उठेदेखि बेलुका सुत्नुअघिसम्म गाईगोठमै भेटिनुहुन्छ । यो स्तम्भकार रिपोर्टिङका लागि उहााको उर्लाबारी–१ खोर्सानीबारीस्थित गाईफर्ममा पुग्दा लीलादेवी गाईलाई कुटी काट्दै हुनुहुन्थ्यो ।
विहान ४ बजेतिर उठ्यो गाईको गोबर सोहोर्‍यो अनि दूध दोहेर क्यान सफा गरेर बजार लान ठीक्क पारी दिएपछि उहााका श्रीमान्ले डेरीसम्म पुर्‍याउनुहुन्छ । श्रीमान्लाई दूध पठाइसकेपछि गाईलाई घाास कुाडो दिएर बाच्छा बााध्दैमा उनलाई विहानको करिव ८ बजिसक्छ । त्यसपछि हत्तपत्त घरमा खाना पकाएर छोरीहरुलाई स्कुल पठाउन हतारो हुन्छ उहाालाई । छोरीहरु स्कुल, कलेजबाट फर्किएपछि भनें लीलादेवीलाई काममा केही सहयोग पुग्दो रहेछ । छोरीहरुले बारीबाट घाास ल्याउने, पराल मिसाएर कुटी तयार गर्ने, गाईलाई पानी दिने नुहाइदिने काममा सहयोग गर्दा रहेछन् । घरपरिवारका सबैजनाले सहयोग गरेर यतिका मेहनत गर्दा लीलादेवी खर्च कटाएर मासिक २५ हजार आम्दानी गर्नुहुन्छ ।
४४ वर्षीया लीलादेवी न्यौपानेले एक वर्ष अगाडी २ लाख रुपैयाा ऋण लिनुभएको थियो । २ लाख ऋण लिएपछि उहाालाई आधुनिक तरिकाबाट गाईपालन गर्न मन लाग्यो । गाईपाल्ने त भइयो तर कसको सहयोग लिने न्यौपानेको मनमा अनेक प्रश्नहरु उब्जिएको थियो रे । पति नन्दकिशोर स्वदेशमा केही गर्न नसकेर विदेश पलायन हुने सोचमा हुनुहुन्थ्यो । उहााले आफ्नो पतिलाई आफू गाईपालन गर्ने सोच रहेको कुरा खुलासा गर्नुभयो । त्यत्तिकैमा उहााले श्रीमानलाई विदेश जानबाट रोक्नुभएको रहेछ । उहााका श्रीमान त्यही पुरानै पेशा(कपडा पसल)लाई निरन्तरता गर्नु थाल्नुभएको थियो । 
सधैंभरी श्रीमनकै पौरखमा बाच्नुपर्दा लीलादेवीलाई कहिले काहीा नरमाइलो लाग्थ्यो । मानिसले चाहयो भने के पो हुदौन भन्ने कुरा उहााको मनमा सधौभरि आइरहन्थ्यो । त्यो दुई लाख रुपैयालाई गाई पालनमा लगानी गर्ने निश्चित भइसकेको थियो । घर देखि ५० मिटर पश्चिम–उत्तर तिरको धान रोप्ने खेतको करिब १ कठ्ठा जमिनमा गाई पालनका लागि चाहिने भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न त भयो । तर त्यतिखेरसम्म पनि न्यौपानेलाई गाई कताबाट ल्याउने कुराको टुङ्गो भएको थिएन ।
विभिन्न जानकार व्यक्तिको सल्लाहमा युवा स्वरोजगार कोषबाट लिएको ऋणबाट एक वर्ष अगाडी ५५ हजारका दरले दुईवटा गाई ल्याउनुभएको थियो । जसमा जर्सी र  होलस्टेन जातका रहेका छन् । अहिले आएर उहााको गोठमा ६ वटा माउ र तिनका ५ वटा बाच्छा छन् । जसमा ५ वटा दूधालु रहेका छन् । उहााको गोठबाट दैनिक २५ लिटर दूध उत्पादन हुने गरेको छ । कम मुल्यमा दूध बेच्नुपर्ने बाध्यता रहेको उहााको गुनासो छ भन्नुहुन्छ –‘गााउ भएकाले कम मूल्यमा दूध बेच्नुपरेको छ ।’ कम मल्यमा दूध बेच्दा पनि उहााले अहिले मासिक सम्पूर्ण खर्च कटाएर २५ हजार आम्दानी गर्नुहुन्छ । 
उहाा भन्नुहुन्छ–‘स्वरोजगार कोष अन्तर्गत मैले ऋण पाएकी थिइान भने सायद मेरो श्रीमान अहिले वैदेशीक रोजगारीमा पुगिसक्नुभएको हुन्थ्यो ।’
युवा स्वरोजगार कोषको सहकार्यमा उर्लाबारीस्थित सिर्जना बचत तथा ऋण सहकारी सस्थाले महिलाहरुलाई बिना धितो सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउदै आएको छ । ऋण पाएर कतिपय स्वरोजगार भइसकेका छन् त कोही स्वरोजगार बन्ने क्रममा छन् । स्वरोजगार कोषबाट पाएको रकमबाट महिला उद्यमीहरुले उत्पादनमुखी क्षेत्रमा लगानी गरेर मनग्गे आम्दानी गरिरहेका छन् । समाजमा उनीहरुले कृषि क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल पनि भएका छन् । उर्लाबारी स्थित नारी सिर्जना बचत तथा ऋण सहकारी मार्फत् युवा स्वरोजगार कोषको रकम लिएर धेरै महिलाले स्वरोजगार बन्ने अवसर पाएका छन् । 
गाईको दूध र दूधजन्य वस्तुको बढ्दै गर्दा गाईपालन व्यवसायिक रुपमा अघि बढेको हो । जिल्ला पशु सेवा कार्यालयका अनुसार अहिलेसम्म मोरङ जिल्लामा ४४ वटा आधुनिक गाई फार्म व्यवसायिक रुपमा सञ्चालनमा छन् । अहिले युवा स्वरोजगार कोषबाट कम व्याजदरमा ऋण पाउन थालेपछि राजनीतिक दलमा लागेका युवा, समाजसेवी र विदेशबाट फर्किएका युवाहरु पनि व्यवयायिक पशु पालनमा लागेका छन् । जिल्लामा उत्पादन हुने दूधको ७५ प्रतिशत उत्पादन यी गाई फार्मबाट हुने गरेको छ । जिल्लामा दैनिक ३० लाख लिटर दूध उत्पादन हुने गरेको छ । जिल्ला पशु सेवा कार्यलय मोरङका प्रमुख डा. आशोककुमार सिंहले अधिकांश फार्महरुलाई युवा स्वारोजगार कोष अन्तर्गत कर्जा प्रभाह गरिनुका साथै यसबाट कोषले समयमै किस्ता पाउने गरेको जानकारी दिनुभयो । 
उसै पनि कृषिप्रधान देश नेपालमा कृषि क्षेत्रमा लाग्नुलाई  स्वाभाविक नै मान्न सकिन्छ, तर मानिसहरु कृषि क्षेत्रमा कमै मात्र लाग्ने गरेकाले यसमा आफ्नो उपस्थितिलाई देखाउन सकिरहेका छैनन् । पछिल्लो समयमा वैदेशिक रोजगारबाट फकर््ेmर स्वदेशमै केही गर्नुपर्छ भन्नेहरुको संख्या धेरै छ । त्यसमा पुरुष संख्या धेरै भएतापनि पुरुषप्रदान देश नेपालमा महिलाहरुले थालनी गरेको गाईपालन व्यवसायलाई एक उदाहरणका रुपमा लिन सकिन्छ । पशु सेवा कार्यालय मोरङका प्रमुख डा. अशोक सिंह जिल्लामा कृषि सम्बन्धि हुने गरेका विभिन्न अन्तिरक्रिया, सभा/समारोह, गोष्ठिमा महिलाहरुको सहभागिता धेरै हुने गरेको बताउनुहुन्छ ।

विहीबारेमा वडास्तरीय फुटबल प्रतियोगिता हुने

कुरकुरे डटकम
बयरवन । असारको दोस्रो सातादेखि विहीबारेमा वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । स्थानियस्तरमा खेलकुदको विकास गर्ने उद्देश्यले यहाास्थित हिमाल युनाइटेड क्लबको आयोजनामा आगामी असार ९, १० र ११ गते प्रतियोगिता सञ्चालन हुने भएको हो । 
करिव ९ वटा टिम सहभागि हुने उक्त प्रतियोगिताको प्रथम हुनेलाई ५ हजार रुपैयाा र ट्रफि, दोस्रो हुनेलाई ३ हजार रुपैयाा तथा ट्रफि प्रदान गरिने क्लबका सल्लाहकार खड्ग बस्नेतले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्नका लागि हिमाल युनाइटेड क्लबका सल्लाहकारद्वय खड्ग बस्नेत, चन्द्र खड्का र क्लबका अध्यक्ष विवेक लिम्बू रहेको समायोजन समिति गठन गरिएको छ । 
यसैगरी, क्लबकी कोषाध्यक्ष चन्द्रा खरेलको संयोजकत्वमा आर्थिक श्रोत व्यवस्थापन तथा परिचालन उप–समिति समेत गठन गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव ६० हजार रुपैयाा खर्च हुने आयोजकको अनुमान छ । जसमा बयरवन गाउा विकास समितिको तर्फबाट ४० हजार रुपैयाा प्राप्त भएको छ । 
यसैबीच केही समय अघि स्थानीय खेलाडी र खेलप्रेमीहरुको भेलाले हिमाल युनाइटेड क्लबको नयाा नेतृत्व चयन गरेको छ । जसमा विवेक लिम्बू अध्यक्ष, युवराज राई उपाध्यक्ष, जेवी आलेमगर सचिव, भीम खजुम सह–सचिव र चन्द्रा खरेल कोषाध्यक्षमा चयन हुनुभएको छ । समितिको सदस्यहरुमा अशोक परियार, भिजन राई, राजकुमार लिम्बूलगायत रहनुभएको छ । 
सोही भेलाले क्लबको सल्लाहकारहरुमा हेमसागर खतिवडा, चन्द्रबहादुर खड्का, खड्ग बस्नेत, महेन्द्र बोहोरा, शिवकुमार राई, गोकुल भट्टराई, अजय राई, दिपक खरेललाई मनोनित गरेको छ । 

स्वास्थ्य संस्था नै विरामी भएपछि...

कुरकुरे डटकम
बयरवन । एउटा सरकारी निकाय आगामी चैत मसान्तभित्रमा गाविसलाई खुल्ला दिसा मुक्त घोषणा गर्ने अभियानमा जुटिरहादा अर्को सरकारी निकाय
ले भनें असहयोग गरेको पाइएको छ । यहाास्थित स्वास्थ्य चौकी बयरवनमा चर्पी नभएका कारण आएका सेवा ग्राहीहरु खुल्ला ठाउा मै शौच गर्न बाध्य छन् ।
बयरवन गाउा विकास समितिको कार्यालयले एक घर एक चर्पी निर्माण गर्नका लागि दवावमूलक कार्यक्रमहरु गरे पनि स्वास्थ्य चौकी जस्तो अति संवेदनशिल संस्थामा विरामीका लागि नै चर्पी नभएको पाइएको छ । बयरवन ६ मा रहेको स्वास्थ्य चौकीमा विगत एक वर्षदेखि चर्पी प्रयोग विहीन भएको हो । स्वास्थ्य चौकीमा रहेको चर्पीको संरचना भत्किए पनि व्यवस्थापनले मर्मत नगर्दा विरामीहरुलाई दिसा पिसाब गर्न समस्या परेको छ । चर्पी नभएका कारण विरामी र तिनका कुरुवाहरुले भवनको भित्ताको आडमा छेलिएर दिसा र पिसाव गर्ने गरेका छन् । 
स्वास्थ्य चौकीमा रहेको चर्पीमा ढोका नभएको, प्यान फोहोरले भरिएको र पानीको व्यवस्था नभएकोले दुगन्धीत भएका कारण बाहिरै दिसा पिसाब गर्नु परेको उपचार गर्न पुगेका विरामीको गुनासो रहेको छ । ‘चर्पीभित्र पस्नै सकिंदैन, दिसाले भरिएको छ’– बयरवन ९ बाट टिवीको औषधि सेवन गर्न नियमित जाने गरेका अशोक राईले भने ‘खुल्ला ठाउामा दिसा पिसाब नगर्नु भनिन्छ तर चर्पी नै नभएपछि कहाा गर्नु ?’
गाविसको खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले सरसफाई सम्बन्धि चेतनामुलक कार्यक्रमहरु गरे पनि स्वास्थ्य चौकीले त्यसको धज्जी उडाएको स्थानीयको आरोप छ । स्वास्थ्य चौकीका उपचार कक्ष र वरीपरि समेत सरसफाई नगरेका कारण दुर्गन्धले विरामीले अझ सास्ती व्यहोर्नु परेको छ । 
यता स्वास्थ्य चौकीका इन्चार्ज जनस्वास्थ्य निरीक्षक निरञ्जनप्रसाद यादवले भनें चर्पी बजेट अभावमा मर्मत नभएको भन्दै जिम्मेवारीबाट पन्छिएका छन् । ‘हामीले चाहेर पनि बजेट नभएका कारण बनाउन सकेका छैनौं’–इन्चार्ज यादवले भने ‘त्यसका लागि श्रोत जुटाउने प्रयास भइरहेको छ ।’

पथरीमा रेडियो सिम्रीक

कुरकुरे डटकम
पथरी । मोरङको पथरीमा यही फागुन महिनाबाट ‘रेडियो सिम्रिक’ घन्किने भएको छ । बढ्दो शहरीकरणसागै मिडियाको सहज पहुाच पुर्‍याउने लक्ष्यका साथ क्षितिज मिडिया प्रालिको नाममा ९६ दशमलव ५ मेघाहर्जमा रेडियो सिम्रिक प्रशारण हुने भएको हो ।
    एफ रेडियो सञ्चालनको लागि अमिर राईको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिती गठन भएको छ । समितिको उपाध्यक्षमा रविन कन्दङ्वा, सचिवमा तुलसी ढकाल, सह–सचिव जितन कार्की र कोषाध्यक्षमा माधव कोइराला रहेका छन् ।
    त्यस्तै सदस्यमा लोकबहादुर चौहान, अशोक साम्पाङ, देव गुरुङ, केशर गुरुङ, देवीमाया राई, पृथ्वी आलेमगर, आशा राई र केवी गुरुङ रहेका छन् ।
पथरी–१ को रत्नचौकमा रेडियोको कार्यालय रहने र यही महिनाबाट एफएमको परिक्षण प्रशारण गर्ने अध्यक्ष राईले जानकारी दिए ।

खसीकपको उपाधि हिमाल युनाइटेडलाई

अफ्नो टिमले विजय हासिल गरेपछि खसी पुरस्कार उचाल्दै हिमाल युनाइटेड क्लबका सदस्यहरु ।
कुरकुरे डटकम
बयरवन । मोरङको बयरवन ८ स्थित हिमाल यनाइटेड क्लबको आयोजनामा सम्पन्न अन्तर क्लब मैत्रीपूर्ण खेल (खसी कप)को उपाधि अन्य ६ वटा टिमलाई पछि पार्दै आयोजकले कब्जा गरेको छ ।
    बुधबार सााझ सम्पन्न फाइनल खेलमा नव प्रगतिशिल युवा क्लब केरौन–१ जदहालाई शुन्य का विरुद्ध ३ गोलले पराजित गरी आयोजक हिमालले उपाधि हात पारेको हो । विजयी टिमलाई खसी पुरस्कार प्रदान गर्दै एमाले बयरवनका सहसचिव एवं ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष खड्ग बस्नेतले खेलप्रति सरकारले चासो नदिएका कारण र वैदेशिक रोजगारीमा युवा विदेश पलायन भएका कारण खेलकुदको विकास नभएको भन्दै सबैले यसप्रति चासो दिनुपर्ने बताएका थिए ।
स्थानीय पञ्चज्योति निमाविको खेल मैदानमा सञ्चालन भएको उक्त प्रतियोगितामा छिमेकी गाविस सहित ७ वटा टिमले सहभागिता जनाएका थिए । ग्रामिण क्षेत्रमा खेलकुदको विकासका साथै छिमेकी फुटबल क्लबहरुबीच मित्रता सुमधुर गर्ने उद्देयले प्रतियोगिता आयोजना गरिएको आयोजक हिमाल युनाइटेड क्लबका अध्यक्ष अजय राईले जानकारी दिए ।
    उक्त प्रतियोगितामा आयोजक हिमाल युनाइटेडका साथै पथरी फुटबल क्लब, नवप्रगतिसिल युवा क्लब जदहा, बसन्त युवा क्लब जााते, मितेरी युवा क्लब आइतबारे, शनिश्चरे फुटबल क्लब र रमाइलो फुटबल क्लबले सहभागिता रहेको छ ।

शौचालय नबनाएकोबारे अनुगमन गरिने

बयरवन । आगामी चैत मसान्तसम्ममा खुल्ला दिसा मुक्त घोषणा गर्ने लक्ष लिएको मोरङको बयरवन गाविसले आगामी फागुन ५ गतेदेखि नियमित अनुगमन गर्ने भएको छ । जसका लागि एक अनुगमन समिती गठन गरी दशदिनभित्र चर्पी निर्माण नगर्ने घरको संख्या र यसका चुनौति पहिचान गर्ने उद्देश्य राखेको हो ।
खुल्ला दिसाको उचित व्यवस्थापन मात्रले पनि सरसफाइसम्बन्धी उपलब्धि हासिल गर्न सहज हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर बयरवन गाविसले लक्ष्य समय सीमाभित्र पूरा गर्नका लागि योजनाबद्ध रुपमा कार्य सञ्चालन गर्न रणनीतिक योजना निर्माण गर्ने क्रममा उक्त समिती गठन गरेको हो । यसैगरी गाविसले खुल्ला दिसा सरसफाइको मुख्य चुनौती हो भन्ने कुरालाई मध्य नजर गरी मोरङ जिल्लाको लक्ष्यभन्दा एक वर्ष अगाडि नै अर्थात् चैत मसान्त भित्रमा खुल्ला दिसामुक्त घोषणा गर्ने रणनीति तय गरेको हो ।
स्वास्थ्य तथा वातावरणको दृष्टिकोणले बयरवन गाविसलाई नमूना गाविसको रुपमा विकास गर्ने उद्देश्यले गठन गरिएको समितीको संयोजक विशाल (तिरुवा)विश्वकर्मा रहेका छन् भनें सचिव टंक राई रहेका छन् । त्यसैगरी सदस्यहरुमा टंकेश्वरी याख्खा, खड्ग बस्नेत, अम्बिका अर्याल, नारायण काफ्ले, नगेन्द्र बस्नेत, अमृत लिम्बू, रत्नमाया धिमाल, गोपाल कार्कीलगायत रहेका छन् ।
सरसफाइको सुविधाको प्रयोग तथा सरसफाइसम्वन्धी बानी व्यवहारमा सकारात्मक परिवर्तन गर्ने लक्ष लिएर अभियान सञ्चालन गरिए पनि लक्ष अनुरुप कार्य हुन सकेको छैन । सरसफाइ कार्यक्रमलाई राजनैतिक पार्टी, विभिन्न संघसंस्था तथा संचारक्षेत्रको प्राथमिकतामा पार्ने उद्देश्य राखे पनि स्थानीय राजनीतिक दलका नेताहरु कै घरमा शौचालन निर्माण भएका छैनन् । खुल्ला ठाउामा दिसा गर्ने परापूर्व कालदेखिको प्रवृत्तिका कारण गउाका अगुवाहरुले नै गाविसको अभियानमा नसघाएको अभियन्ताहरुको गुनासो छ । त्यतिमात्र हैन, राजनैतिक दल तथा नीतिनिर्माण र निर्णयकर्ताको प्रथमिकतामा शौचालय नपर्नु पनि अर्को चुनौति हो ।
त्यसैगरी अनुदान पाइने आशामा अधिकांश समुदाय अनुदान पाउन पर्खिबसेका कारण पनि ओडिएफ घोषणामा ढिलाई भएको देखिन्छ । लक्षित तथा पिछडिएका वर्गमा कार्यक्रम पुग्न नसक्नु तथा पुगेका ठाउामा समेत उचित प्रयोग हुन नसक्नु, संघसंस्था, स्थानीय निकाय, राजनैतिक पार्टी आदि सरसफाइको क्षेत्रमा प्रतिबद्ध नहुनु, दिसाको कारण स्वास्थ्यमा प्रतिकुल असरपर्छ भन्ने जानकारी नहुनु वा महसुस नगर्नु, प्रचारप्रसार तथा जनचेतनामा कमी, प्रभावकारी अनुगमन तथा मूल्याङ्कनको अभाव, चर्पीको अभावमा दिसा खाइन्छ भन्ने जानकारी नहुनु आदि चुनौतिलाई सहज रुपमा समाधान गर्न निक्कै मुश्किलको कुरा हो ।
त्यसैगरी खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने तयारीमा रहेको मोरङको राजघाट गाविसमा बुधबार आयोजित छलफल कार्यक्रमका वक्ताहरुले आशामुखी प्रवृत्ति र अटेरीपनका कारण खुल्ला दिसामुक्त घोषणा कार्यक्रम लक्षीत समयमा सम्पन्न हुन नसकेको बताएका छन् ।
प्लान नेपाल र नेवाको सहयोगमा खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिती राजघाटको आयोजनामा सम्पन्न छलफल कार्यक्रमका सहभागिहरुले गाविसलाई खुल्ला दिसामुक्त घोषणा गर्ने अभियानमा आर्थिक विपन्नता अर्को चुनौतिको रुपमा खडा भएको बताए । उनीहरुले सम्बन्धित निकायबाट नियमित प्रभावकारी अनुगमन गर्नुपर्ने समेत औंल्याएका थिए । त्यस्तै सुकुम्बारी वस्तीमा आफ्ने जग्गा नभएकाहरुलाई पनि चर्पी निर्माणमा समस्या भएको उनीहरुले बताएका छन् ।
कार्यक्रममा गाविस सचिव एवं खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितीकी अध्यक्ष इन्दिरा राउत, नेवाका शिव बस्नेत, जिविसबाट उमेश भट्टराई, प्लानबाट कमल प्रधानले बोलेका थिए ।
राजघाट गाविसका चार स्थानमा सार्वजनिक शौचालय आवस्यक रहेकोले सरकारी निकायबाटै त्यसका लागि पहल गर्नुपर्ने सहभागीहरुको सुझाव थियो । जम्मा २ हजार ६२९ घरधुरी र १४ हजार ३३६ जनसंख्या रहेको राजघाट गाविसमा २ हजार २०९ वटा पक्की, १५६ वटा कच्ची शौचालय निर्माण भइसकेका छन् । त्यस्तै २६४ घरले खुल्ला ठाउामा दिसा गर्ने गरेका छन् । गाविसका चार वडाहरु १, ५, ६ र ९ चाहीं यसअघि नै खुल्ला दिसामुक्त घोषणा भइसकेका छन् ।
सो अवसरमा स्थानीय कुलबहादुर कार्की, नरबहादुर मोक्तान, तिलक नेपाली लगायतले बोलेका थिए ।

रविनको ‘कोशौं टाढा’ श्रोता नजिक हुदै

    पहिलो एल्वम ‘दिलहिरा’बाट मनग्गै चर्चा कमाएका मोरङ पथरीका गायक रविन कङदङवा दोस्रो गीति एल्बम निकाल्न हौसिएका छन् । दोस्रो गीति एल्वम ‘कोशौ टाढा’ ल्याउने तयारीमा छन् उनी । भन्छन् –‘त्यही उर्जाले यो अर्को एल्बम निकाल्ने मलाई हौसला मिलेको हो ।’
    हुन त रविनको लाइन सुगम संगीत नै भएपनि सबै किसिमको गीत गाउने गायकी खुवी उनमा छ । त्यसैले उनले कोशौं टाढामा पप, राष्ट्रिय, आधुनिक, लोकगीत पनि समावेश गरेका छन् । पहिलो एल्बमको भन्दा यस पटकको एल्बमका गीतहरु राम्रा भएकोले यस कोशौं टाढाका लाििग निक्कै नै निखारपन ल्याउने ध्याउन्नका साथ ‘क्वालिटी’ संगीत सृजनामा व्यस्त छन् । यो मेहनतलाई हेर्ने हो भनें उनले अबका दिनमा संगीतमा निश्चय नै छलाङ मार्ने देखिन्छ । तर पनि संगीतलाई शौखको रुपमा मात्र लिन्छन् उनी । किनभनें उनी एउटा गायक मात्र नभएर पथरीकै पहिलो निजी विद्यालय
एभरेष्ट उच्च माविका निर्देशक समेत हुन् । त्यसैले उनको मुख्य पेशा त शिक्षण नै हो ।
    मुख्य पेशा शिक्षाक्ष भएपनि सानैदेखिको गाउने रुची भएका कारण रविन गायनलाई आफ्नो रहर मात्र भएको बताउाछन् । कार्य व्यस्तताले गायन क्षेत्रमा पूर्णरुपले न्याय गर्न सकेको जस्तो उनलाई लागेको छैन । ‘तथापि आफुमा भएको कला मर्नु हुादैन भन्ने मेरो सोंच छ’–उनी भन्छन् ‘त्यसैले भ्याइनभ्याई यसमा केही न केही योगदान गरौं भन्ने सोंचले अगाडि बढिरहेको छु ।’ जति धेरै व्यस्त भएपनि संगीत बिना चाहिा उनी आफुलाई अधुरो भएको महसुस गर्छन् रे । त्यसैले दोस्रो गीति एल्वम कोसौं टाढाको अन्तिम तयारीमा जुटेका छन् । सम्भवत: नयाा वर्षसागै उनको एल्वम बजारमा आउनेछ ।   
    थुप्रै गायकहरु चुनाव ताका पार्टीको गीत गाएर चर्चा बटुल्न सफल भएका छन् । तर रविन भनें पार्टीप्रति आस्था राख्ने तर पार्टीकै गीत गाएर हिड्न चाहिा रुचाउादैनन् रे ।
    कोशौं टाढा एल्बमभित्रका आठवटा गीत मध्ये उनलाई सबैभन्दा मन परेको ‘कोशौं टाढाको घाम हेरें बादलपारीको जुन हेरें, छेउमै रैछ तिम्रो छायाा हेर्न भुलेछु त्यही छायाामा अल्झिएर लडिगएा
    एल्वममा अनमोलमणि पौडेल, राजुबाबु श्रेष्ठ, कृष्णहरि बराल लगायतका शब्दहरु रहेका छन् भने सबै गीतको संगीत हरि लम्सालले भरेका छन् ।
    रहरैरहरमा निकालेको भएपनि पहिलो एल्वम दिलहीराको ‘तिमी मेरी दिलहिरा..’ बोलको गीत निक्कै नै चर्चामा रह्यो । उक्त गीतको म्यूजिक भिडियो पनि नेपाली सांगीतिक माहौलमा एक उच्चस्तरकै भिडियो निर्माण भएको थियो । भर्खरै स्टार म्युजिक अवार्डमा सर्वाेत्कृष्ट संगीत विधा अन्तर्गत उनका गीत मनोनयन परेको छ ।
.........’ बोलको गीत रहेछ । यो एउटा सुगम संगीतले भरिपूर्ण गीति एल्वम हो । जसमा माया प्रेम र देशप्रेमका भावहरू छन् । यसमा जम्मा ८ वटा गीत समाविष्ट हुनेछन् ।

पुल बन्ने भएपछि स्थानीय हर्षित

डोजरद्वारा सडक फराकीलो गरिंदै ।
पथरी, १८ माघ । बयरवन ८ मा रहेको दहिखोलामा पुल बन्ने भएपछि स्थानियवासी हर्षित भएका छन् । गाउा विकास समितीले पुल निर्माणका लागि २ लाख रुपैयाा छुट्याएपछि उनीहरुमा खुशी छाएको हो ।
    गाविसले बजेट विनियोजन गरे लगत्तै खोलाको दायाा बायााको बाटो खन्ने काम युद्धस्तरमा भइरहेको छ । उक्त पुल तथा बाटो निर्माणका लागि राखी राईको अध्यक्षतामा निर्माण समिती समेत गठन गरिएको छ । समितीको उपाध्यक्षमा रुपा भूजेल, सचिवमा मेनुका खनाल, सहसचिवमा अनिता भट्टराई र कोषाध्यक्षमा शंकरबहादुर मगर रहेका छन् । त्यसैगरी सदस्यहरुमा मुनादेवी विक, पवित्रा बस्नेत, दुर्गामाया लिम्बू, गोमा तामाङ, डिकबहादुर मगर र धनबहादुर विक रहेका छन् ।
    उक्त दहि खोलामा पुल निर्माण भएपछि सो सडकबाट बिहीबारे, मुलगाउा, हात्तिडुब्बालगायतका बासिन्दालाई पूर्वपश्चिम राजमार्ग हुादै कानेपोखरी र पथरी जानका लागि सहज हुने छ । त्यस्तै दहिधाप र सुन्तोलीका बालबालिकालाई विद्यालय जानदेखि लिएर हाटबजार जान समेत सुविधा हुने स्थानीय अजय राईले बताए ।

छ वर्षदेखि थलिएकी तुलसा उपचारको आशमा

मोरङ, १८ माघ । विगत ६ वर्षदेखि उपचार अभावमा ओछ्यान परेकी मोरङ शनिश्चरे ३ कि तुलसा पौडेलका परिवारले सहयोगकोलागि याचना गरेका छन् ।
सास रहेसम्म आश भने झैं आर्थिक अवस्था नाजुक भएका पौडेल परिवारले तुलसाको उपचारमा अहिलेसम्म दुई लाख रुपैयााभन्दा बढी खर्च गरिसकेका छन् । ‘आमाको दवाई गर्न धेरैपल्ट घोपा, कोसी अस्पताल लग्यौं र पनि निको नभएपछि हामीले त माया मारिसकेका थियौं’–तुलसाकी छोरी चन्द्रकलाले भनिन् ‘तर फेरी आजकाल केही बोल्न थाल्नुभयो अनि आस पलाएर आएको छ ।’
सुरुमा क्षयरोग लागेर औषधि खाइरहेकी तुलसाको एक्कासी दाात दु:ख्ने र गिजा पाक्ने समस्या आएको थियो । त्यसपछि उपचारका लागि विभिन्न अस्पताल पुर्‍याउदा विसेक हुनुको साटो तुलसाको बोली बन्द हुनुको साथै दुवै हात खुट्टा चल्न छाडेको श्रीमान नरपती पौडेलले बताए । साथीसंगीहरुसंग खेल्ने र पढ्ने उमेरमा १५ वर्षिया छोरी चन्द्रकला विरामी भई ओछ्यान परेकी आमाको स्याहार गर्दै दिन वित्छ । स्थानीय भागीरथ उच्च मावि कक्षा ७ मा अध्ययनरत चन्द्रकला दिउासो स्कुल जान्छिन् भने विहान बेलुका बोल्न र हिड्डुल गर्न नसक्ने आमाको स्याहार सुसार गर्छिन् । घरको आर्थिक अवस्था अत्यन्तै दयनी
श्रीमतीको उपचार गर्दैमा भएभरको सम्पती सकिएपछि ज्यालामजदुरी गर्ने नरपतीलाई छोराछोरीको पढाई खर्च र दैनिक हातमुख जोर्न धौ धौ पर्छ । पौडेल परिवारले तुलसाको उपचारका लागि सहयोगी संघ संस्था वा व्यक्तिलाई सहयोगको लागि आग्रह गरेका छन् । ‘भएदेखि उपचार खर्च नभए यिनै छोराछोरीको शिक्षादिक्षामा सहयोग गरेदेखि म जीवनभर ऋणी हुनेछु’– आाखाभरी टिलपील आाशु पार्दै नरपतीले भने ‘आमा विरामी भएदेखि यिनीहरुले इच्छाएको कुरा खान र लाउनसम्म पाएका छैनन्, त्यहीमाथि पढाउन पनि सकिन भने यी कलिला नानीहरुको श्राप मलाई लाग्ने छ ।’ दैनिक गर्जो टार्ने समस्या भएकोले उज्यालो हुादा काममा गएर सााझ मात्र फर्कने भएकोले छोराछोरी र विरामी श्रीमतीको ख्याल गर्न समेत नभ्याएको उनले बताए ।
य भएकाले उनका दाजु अमित मजदुरी गर्दै विराटनगरमा बसेर पढ्दैछन् ।

शेयर सदस्यले लगाए सहकारीमा ताला

ताला लगाउादै सहकारीका शेयर सदस्यहरु ।
पथरी, १६ माघ । सहकारी नीति विपरीत कर्मचारी नियुक्त गर्न लागिएको भन्दै बयरवन ९ शुक्रबारेको जनसम्पर्क वचत तथा ऋण सहकारी संस्था लि.का शेयर सदस्यहरुले बुधबार कार्यालयमा ताला लगाएका छन् ।
    सञ्चालक समितीका केही व्यक्तिले मात्र एकलौटी ढंगले संस्था सञ्चालनमा अयोग्य व्यक्तिलाई कार्यालय सहायक पदमा नियुक्ति गर्न खोजेकोले योग्य र दक्ष व्यक्ति नियुक्तिको लागि निर्णय सच्याउन माग गर्दै सदस्यहरुले ताला लगाएका हुन् । सञ्चालक समितीका सीमित व्यक्तिहरु सहकारी नीति विपरीत गई कार्यालय सहायक पदमा विज्ञापन निकालेको उनीहरुको आरोप छ । ‘सहकारी सिद्धान्त अनुसार कार्यालय सहायक पदका लागि कम्तिमा आए ए पास र १९ वर्ष माथि ३० वर्ष ननाघेको हुनुपर्छ’– लेखा समिती संयोजक समेत रहेका संघर्ष समितीका सदस्य जीतबहादुर लिम्बूले भने ‘तर यहाा अयोग्य व्यक्तिलाई जागीर दिनकै लागि एसएलसी पास र उमेरको हदमा २३ वर्षमाथि ४५ वर्ष ननाघेको व्यक्ति भनेर तोकिएको छ ।’ सञ्चालक समितीले अन्य योग्य व्यक्ति प्रवेशमा रोक लगाई आइए समेत पास नगरेका संस्थाका पूर्व कोषाध्यक्ष टंकप्रसाद घिमिरेलाई नियुक्ती गर्ने नियतले धरौटी रकम पनि २० लाख तोकेको लिम्बूले बताए । ‘जवकी छिमेकी अन्य ठूला सहकारीले पनि यति ठूलो रकम धरौटी तोकेको छैन’– उनले भने ।     सहकारीले माघ १० गते कार्यालय सहायक पदका लागि विज्ञापन प्रकाशित गरेको छ ।
    ग्रामिण स्तरका जनतालाई बैंङ्कीङ सेवा दिइरहेको सहकारीमा अयोग्य व्यक्ति नल्याई सहकारी सिद्धान्त भित्र रहेर योग्य व्यक्ति चयन होस भन्ने उद्देश्यले नीति विपरित खुलाईएको विज्ञापन रद्द गरी पुन: नीति नियम अनुरुप कर्मचारी नियुक्ती गर्न माग गरिएको सञ्चालक समितीका सदस्य समेत रहेका गोविन्दबहादुर कार्कीले बताए । सञ्चालक समितीलाई लिखित रुपमा जानकारी गराउादा पनि बेवास्ता गरिएको ताला लगाउन बाध्य भएको उनको भनाई छ । उनीहरुले नियम विपरीत कर्मचारी नियुक्ती रोक्न माग गर्दै डिभिजन सहकारी कार्यालय विराटनगर र जिल्ला वचत तथा ऋण सहकारी संस्थामा समेत निवेदन दिएका छन् ।
    नेपाल वचत तथा ऋण केन्द्रीय सहकारीले संस्था सञ्चालनका लागि प्रकाशित गरेको पुस्तकमा सहायक पदका लागि वाणिज्य विषय वा अर्थशास्त्र लिई दश जोड दुई उर्तीण १९ वर्ष पुरा भई ३० वर्ष ननाघेको कम्प्युटर सञ्चालन सम्बन्धि ज्ञान भएको हुनुपर्ने उल्लेख छ ।
यता संस्थाकी अध्यक्ष शान्ता माझीले डिभिजन सहकारी र संस्थाको नियम अनुसार नै कार्यालय सहायक पदका लागि विज्ञापन प्रकाशित गरिएको दावी गरिन् । ‘हामीले डिभिजन सहकारीलाई जानकारी गराईकन सञ्चालक समितीले निर्णय गरेका हौं’– अध्यक्ष माझीले भनिन् ‘डिभिजन सहकारीको नीतिमा कार्यालय सहायक पदका लागि एसएलसी पास भए पुग्ने लेखिएको छ ।’ केही असन्तुष्ट व्यक्तिहरुले विरोध गर्दैमा आफूहरु नियम विपरित नगएकोले पुरानो निर्णय फेरबदल नगर्ने समेत माझीले बताइन् ।
    २०५८ सालमा स्थापना भएको र ५३४ जना शेयर सदस्य रहेको उक्त सहकारीमा हालसम्म कुनै पनि कर्मचारी राखिएको छैन ।

शौचालय नबनाउनेलाई सरकारी सेवाबाट बञ्चित गरिनेछ

फडिन्द्रनाथ अधिकारी गाविस सचिव
अध्यक्ष
खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिती बयरवन, मोरङ

गाविसलाई कहिले खुल्ला दिसामुक्त (ओडिएफ) घोषणा गर्दै हुनुहुन्छ ?
हामी २०६८ साल साउनदेखि यस गाविसलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा छौं । शौचालय किन आवस्यक छ भन्ने बारे हामीले निरन्तर काउन्सिलिङको काम गरिरहेका छौं । २०६८ सालमा हामीले काउन्सिलिङ सुरु गर्दा ४० प्रतिशत मात्र घरपरिवारमा शौचालय थियो । यो २ वर्षको दौरानमा ८० प्रतिशतको घरमा शौचालय बनिसकेको अवस्था छ । अब चैत मसान्तभित्र ९५ प्रतिशत या त्यो भन्दाबढी घरमा शौचालय निर्माण गरेर यो गाविसलाई खुल्ला दिसामुक्त घोषणा गर्ने अभियानमा छौं । नेपाल सरकारको नियम अनुसार ९० प्रतिशत शौचालय बनाईसकेपछि त्यस गाविसलाई खुल्ला दिसामुक्त घोषणा गर्न मिल्छ । हामीले सकेसम्म पुरै गरौं नसके कम्तिमा ९५ प्रतिशतसम्म पुरा गरेर खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष लिएका छौं ।
अहिलेसम्मको नतिजाले चैत मसान्तसम्ममा गाविसलाई ओडिएफ घोषणा गर्ने आधार तयार भएको देखिन्छ त ?
हामीले लिएको लक्ष पुरा हुने देखिन्छ । वडा नं. १,२,३ मा केही समस्या छ । त्यसमा अलिबढी मेहनत गर्नुपर्ने छ । अरु वडामा त लगभग पुरा भईसकेको अवस्था छ ।
वडा नं. १,२,३ मा चाहीं के समस्या रहेछ ?
समस्या त खासगरी कमजोर आर्थिक अवस्था नै हो । चेतनाको अभाव पनि त्यसमा संगसंगै जोडिन्छ । पहिला हामी काउन्सिलिङको चरणमा थियौं, अहिले दबावमूलक कार्यक्रमको चरणमा छौं । शौचालय बनाउनेलाई हामीले सरसफाई परिचयपत्र वितरण गरेका छौं । जोसंग परिचयपत्र छैन उसको गाविसबाट हुने सबै सेवाहरु रोका छौं । गत साउनदेखि सरसफाई परिचयपत्र अनिवार्य भनेर लागू गरेपछि घरमा चर्पी नहुने केहीले ३ महिनापछि बनाउने प्रतिबद्धता जनाएका छन् । आब आउादा पनि उनीहरुले नबनाएको पाइएमा त्यस्ता व्यक्तिको कुनै काम गर्दैनौं ।
आर्थिक अवस्था कमजोर भएकै कारणले शौचालय बनाउन नसक्नेहरुका लागि के  गर्ने योजना छ ?
त्यस्ता परिवारको संख्या एकदमै न्यून होला, जहासम्म १/२ प्रतिशत मात्र होला । तिनीहरुको पहिचान गरी अन्त्यसम्ममा न्यूनतम मूल्यमा सामाग्री उपलब्ध गराएर शौचालय बनाउन उत्प्रेरित गर्नेछौं ।
यो अभियानमा राजनीतिक दलको तर्फबाट कत्तिको सहयोग मिलेको छ ?
सहयोग पाइरहेका छौं । हाम्रो एउटा गाविसस्तरीय सरसफाई समिती छ, त्यसमा राजनीतिक दल र लक्षित वर्गका प्रतिनिधिहरु हामी सबै एकै ठाउामा बसेर कार्ययोजना बनाएर काम गरिरहेका छौं ।
विद्यालयहरुमा दिसा धोएपछि साबुनपानीले हात धुनुपर्छ भनेर सिकाइन्छ तर तिनै विद्यालयमा साबुन र पानीको व्यवस्था छैन, त्यस्ता विद्यालयहरुलाई के गर्नुहुन्छ ?
हामी विद्यालयका शिक्षक प्रतिनिधिसंग चााडै मिटिङ बस्दैछौं । वातावरण दिवसका अवसरमा गाविसको तर्फबाट केही साबुन खरिद गरिदिने योजना छ । साथै शिक्षक, विद्यार्थीसंग बसेर अन्तरकृया र काउन्सिलिङ गर्ने छौं ।
एउटा शौचालय बनाएर मात्र सरसफाईका सबै प्रकृया पुरा हुन्छन् ?
हुादैन ।
अरु के के गर्नुपर्छ होला ?
शौचालय बनाएर मात्र हुादैन । सबैभन्दा ठूलो कुरा शौचालय प्रयोग गर्नुपर्छ । त्यो संगसंगै बाटो सडक किनारमा गाई वस्तु बााध्ने, फोहोर फाल्ने दिसा गर्ने जुन परम्परा छ त्यसलाई जबसम्म तोड्दैनौं तबसम्म हामी स्वस्थ र सभ्य हुन सक्दैनौं ।
कुराकानीको अन्त्यमा बयरवनवासीलाई केही भन्नु छ की ?
सरसफाईको लागि हामीलाई शौचालयको आवस्यकता पर्छ । जोसंग जति पूाजी छ, जस्तो आर्थिक हैसियत छ त्यो अनुसारको शौचालय बनाऔं । अर्काको नक्कल नगरौं । अर्काको राम्रो शौचालय देखेर त्यस्तै कल्पना नगरौं । आफ्नो पूाजी अनुसारको बनाऔं । फोहोर लुकाउनु पर्ने हो, त्यसका लागि हाम्रो आर्थिक अवस्थाले जे जति भ्याउाछ त्यसलाई मध्यनजर गरेर मात्र शौचालय बनाऔं । बाटाघाटामा गाईवस्तु नबााधौं । फोहोर नगरौं, यसले गाविसको व्ययभार घट्छ साथै तपाई हाम्रो स्वास्थ्य राम्रो हुन्छ ।